काठमाडौं । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
मिश्र बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा शुक्रबार साँझ बहस सकिएपछि उनलाई रिहा गर्न अदालतले आदेश दिएको हो ।
उनलाई शुक्रबार बिहान अदालतमा उपस्थित गराइएको थियो ।
बुधबार सर्वोच्च अदालतले बन्दी रविन्द्र मिश्रसहित अदालतमा उपस्थित हुन आदेश दिए पनि बिहीबार उनलाई हाजिरमात्र गराएर फर्काइएको थियो ।
शुक्रबार भने उनलाई बिहानै सर्वोच्च अदालतमा पेस गरिएको थियो ।
काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा उनी पक्राउ परेका थिए ।