भुर्र उड्दै गरेको चरो
अहो ! बिरामी चरो
एक्कासी खुसिले सलबलायो
मनको कुरा आकाशमै चिर्विरायो ।।
खुल्ला आकाशको पाएको साथ्
म म नभनी आकाशको वेगमा तैरेको
हरेक वेगलाई आफ्नो पंखले अंगाली
म म नभनी चिसो आकाशमै हराएको ।।
कहिले निलो कहिले सेतो
आफ्नै रंग बिर्सिए
कालो भएर चम्किदै कराउँदा
प्वाँख झरी खुशीको, म पुरै नांगिए ।।