आश र भरोसा दुवै
सबै सबैको आक्रमण !
तगारो, झटारो धारे हातहरू
बिर्सिएर सम्झिरहेँ तिमीहरूलाई मात्र
मात्र तिमीहरुलाई ।
हरेक बिसौनीमा एक सर्को सास फेर्दै,
गर्दा र पाउँदा तिमीहरूकै आगमनको
आश र भरोसामा दिन र रात गनिरहेको हुन्छु
र, सकीनसकी जाँगर पस्केर लगाउँथे अन्नबाली
त्यसमा आफ्ना रहरहरू रोपेर लहलह बनाउँथे ।
दुर्भाग्यवश !
भनौँ या बेइमान समयले बगाइदियो
अब रहेन त्यही बाँकी रहेको
तिम्रो एक झिल्को माया विश्वास पनि
त्यही पनि छ एक झिल्को
आश र भरोसा तिमीमाथि ।
काठमाडौँ
बुढानिलकण्ठ नगरपालिका ।