उर्लाबारीको ज्वेलर्समा अनौठो चोरी : सुन छोडेर चाँदीमात्र लगियो

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १९ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको उर्लाबारीमा रहेको ज्वेलर्स (सुनचाँदी पसल)मा अनौठो खालको चोरी भएको छ । अज्ञात समूहले ज्वेलर्स फोडेर ठूलो परिमाणमा चाँदीका गरगहना चोरी गरेको छ ।

करिब २ तोलाको तिलहरीबाहेक सुनका अरु गहना भने त्यत्तिकै छाडिएको छ । ज्वेलर्सबाट २५ किलो चाँदीका गहना, २ तोला सुनको तिलहरी र १५ हजार रूपैयाँ नगद चोरी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार उर्लाबारी नगरपालिका–४ आइतबारेमा कुमार लिम्बूको घर भाडामा लिएर रमेश विकले न्यू पाथीभरा ज्वेलर्स सञ्चालन गर्दै आएका थिए । उक्त ज्वेलर्समा आइतबार राति चोरी भएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा सोमबार बिहान १० बजेतिर मात्रै जानकारी पाएको थियो ।

पसलको गाह्रो भत्काएर चोरी गरेको पाइएको डीएसपी जोशीले बताए । उनका अनुसार ज्वेलर्स सञ्चालकले २५ किलो चाँदीका गरगहना, २ तोलाको सुनको तिलहरी र १५ हजार रूपैयाँ नगद चोरी भएको जानकारी गराएका छन् ।

तर, पसलमा रहेको अरु सुन भने चोरी नभएको प्रहरीले जनाएको छ । ‘ठूलो परिमाणमा चाँदीका गहना र करिब २ तोला सुनको तिलहरीसहित केही नगद लगेको पाइयो । तर, पसलमा भएको अरु सुन जस्ताको तस्तै छाडिएको रहेछ,’ डीएसपी जोशीले भने ।

प्रहरीका अनुसार चोरीमा संलग्नले पसलभित्र रहेको सीसी क्यामेराको ‘ब्याकअप स्टोरेज’ नै लिएर गएको पाइयो । चोरीमा संलग्नको पहिचान हुन बाँकी रहेको र खोजीका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर राकेश यादवको नेतृत्वमा टोली परिचालन गरिएको डीएसपी जोशीले बताए । उनका अनुसार विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको छ ।

उर्लाबारीमा पछिल्लो समय चोरीका घटना बढेका छन् । गत माघ २१ गते बिहानका राति मोबाइल पसलमा चोरी भएको थियो । त्यसयता सानातिना चोरी भइरहेका छन् । उर्लाबारी नगरपालिका–५ मा योगराज कार्कीले सञ्चालन गरेको मोबाइल वल्र्ड नामक पसलबाट ३ करोड रूपैयाँभन्दा बढीको मोबाइल चोरी भएको प्रहरीले जनाएको छ ।

मोबाइल पसल नै खाली गरेर चोरी गरिएको उक्त घटनामा संलग्न हालसम्म पक्राउ परेका छैनन् । प्रहरीले खोजी गरिरहेको छ । मोबाइल चोरीमा भारतीय नागरिक संलग्न रहेको हुनसक्ने प्रहरीको अनुमान छ । पसलबाट ४ सय ५० वटाभन्दा बढी मोबाइल चोरी भएको प्रहरीको भनाइ छ ।

-मुलुकी खबरबाट

प्रकाशित समय: सोमबार १९ फाल्गुण, २०८१, १६:३१:२१
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०