बिहेले नै सक्यो छविराजलाई : शिल्पालाई चार करोडको घर दिएर सरे डेरामा !

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ८ माघ, २०८१
२ वर्षअघि

काठमाडौं । नेपाली चलचित्र उद्योगका एक चर्चित तर विवादास्पद व्यक्ति छवि ओझा बिहेकै कारण डेरामा सर्न बाध्य भएका छन् ।

२०४१ सालदेखि २०७३ सालसम्म चार पटक बिहे गरेका छवि करोडौंको घर छोडेर डेरामा सर्न बाध्य भएका हुन् ।

छविकी चार श्रीमतीमध्ये तीन जनाले उनीसँग डिभोर्स नै गरिसकेका छन् भने एक जनाले आत्महत्या गरेकी थिइन् ।

झन्डै डेढ दशकअघि अभिनेत्री रेखा थापासँगको वैवाहिक जीवन सम्बन्धविच्छेदमा टुंगाएका छविको अर्की नायिकासँगको डिभोर्सको मुद्दा किराना लागेको छ ।

निर्माता ओझा र नायिका शिल्पा पोखरेलबीचको सम्बन्ध विच्छेदको मुद्दा किनारा लागेको हो ।

जसअनुसार छविले शिल्पालाई चार करोड पर्ने काठमाडौंको गौरीघाटमा रहेको घर दिएका छन्, भने आफू भाडामा डेरा लिएर बसेका छन् ।

शिल्पा भने ४० लाख खर्चेर मर्मतसम्भार गरेपछि घरमा बस्दै आइरहेकी छन् ।

आफू श्रीमानबाटै असुरक्षित भन्दै शिल्पाले २०७६ साल असारमा प्रहरीमा उजुरी दिएकी थिइन् ।

सोही वर्ष नै उनले काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्धा पनि दर्ता गरेकी थिइन् ।

२०७९ सालमा अदालतले शिल्पाको पक्षमा फैसला सुनाएको थियो ।

त्यसबेला अदालतले सम्बन्ध विच्छेद गरी शिल्पालाई आधा सम्पत्ति दिन आदेश दिएको थियो ।

अंशबन्डामा कुरा नमिल्दा लामो समयसम्म मुद्दा टुंगोमा पुग्न सकेको थिएन् ।

छविले आफू भन्दा ३० वर्ष कान्छी शिल्पासँग २०७३ सालमा विवाह गरेका थिए ।

तर, तीन वर्षपछि अर्थात् २०७६ असार ८ गते फिल्म हेर्न जाने निहुँमा उनीहरूबीच विवाद उत्पन्न भएपछि छविले शिल्पालाई कानको जालीमा प्वाल पर्ने गरी कुटपिट गरेका थिए ।

बिहे गरेको एक महिनादेखि नै आफूले हिंसा वेहोर्दै आएको र हिंसाको हद पार भएपछि शिल्पा डिभोर्सको निर्णयमा पुगेकी थिइन् ।

शिल्पा छविकी चौथो श्रीमती हुन् । छविले हेमासँग २०४१ सालमा बिहे गरेका थिए । हेमाका तर्फबाट उनका दुई सन्तान छन्, राजिव र महेश ।

बिहे गरेको ८ वर्षपछि उनीहरू अलग्गिए ।  त्यसपछि अभिनेत्रीहरूसँग उनको वैवाहिक यात्रा सुरु भएको हो ।

फिल्म ‘नाता’मा काम गर्ने क्रममा भेट भएकी गीताञ्जली सुनुवारसँग उनले दोस्रो बिहे गरेका थिए । डिप्रेसनका कारण गीताञ्जलीले आत्महत्या गरिन् । गीताञ्जलीका तर्फबाट एक छोरा छन् ।

गीताञ्जलीपछि छविले रेखासँग तेस्रो बिहे गरेका थिए । रेखालाई उनैले फिल्म ‘हिरो’बाट अभिनयमा अवसर दिएका थिए ।

छविसँग रेखाको सम्बन्ध १२ वर्षसम्म टिकेको थियो । अलग्गिएको चार वर्षपछि ०७३ साल असारमा रेखा र छविले औपचारिक रूपमा डिभोर्स गरेका थिए ।

प्रकाशित समय: मङ्गलबार ८ माघ, २०८१, २०:४४:२८
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०