जाडो मौसममा खुट्टा तात्दैनन् ? यी पाँच रोगको संकेत हुनसक्छन्

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २६ पुस, २०८१
२ वर्षअघि

विराटनगर । जाडोयामले केही मानिसलाई अत्यधिक समस्या उत्पन्न गराउँछ ।

त्यस्ता मानिस जाडोबाट बच्नका लागि अति नै तातो लुगा लगाउँछन् र चिसो पानीबाट टाढा रहन्छन्, तर पनि उनीहरूलाई चिसो लाग्छ ।

Advertisement

शरीर त तातो लुगाले न्यानो हुन्छ, तर हात–खुट्टामा धेरै ठिऱ्याउँछ । हात–खुट्टा तातो बनाउनका लागि उनीहरू हातमा पञ्जा लगाउँछन्, खुट्टामा मोजा लगाउँछन् ।

वास्तवमा रक्त प्रवाहका कारण हात–खुट्टा चिसो हुन्छ । रक्त प्रवाह हात र खुट्टामा पुग्दा–पुग्दै कम हुन थाल्छ, जसका कारण केही मानिसको हात–खुट्टा अत्यधिक चिसो हुन्छ ।

बाहिर धेरै चिसो हुँदा हात–खुट्टाको रक्त वाहिका खुम्चिन थाल्छ, जसका कारण केही मानिसको हात–खुट्टा चिसो हुन थाल्छ ।

जाडोयाममा हात–खुट्टा चिसो हुनु सामान्य प्रक्रिया हो । तर, यदि तपाईं न्यानो कपडा लगाउँदा र सही खानपानपश्चात् पनि यस्तो महसुस गर्नुहुन्छ भने यो ठुलो समस्याको कारण पनि हुनसक्छ ।

हाइपोथाइराइडिजमको अर्थ यो हो कि तपाईंलाई थाइराइडसँग सम्बन्धित समस्या छ । यो एउटा यस्तो स्थिति हो जसमा शरीरले पर्याप्त मात्रामा हर्मोन्सको उत्पादन गर्दैन ।

यो हर्मोनले तपाईंका विभिन्न अंगलाई प्रभावित गर्छ र खानालाई उर्जामा बदल्न मद्दत गर्छ । यदि चिसो मौसममा तपाईंको खुट्टा सधैं चिसो रहन्छ भने यो हाइपोथाइराइडिजम हुनसक्छ ।

रेनोडः

यसैगरी, रेनोडको समस्या हुँदा शरीरले चिसोप्रति बढी नै प्रतिक्रिया जनाउँछ । जब तापक्रम कम हुन्छ मानिसको हात–खुट्टा बरफजस्तो चिसो हुन्छ ।

यस्तोमा तपाईंको हात खुट्टाको रङ पनि फेरिन सक्छ । यदि हात खुट्टाको रङ पहेँलो र निलो भएपछि क्रमशः रातो हुन्छ भने यसलाई गम्भीरताका साथ लिन आवश्यक छ ।

रेनोडको समस्या त्यतिबेला हुन्छ जब चिसोका कारण हाम्रा धमनी पातलो हुन्छन् ।

मधुमेहः

मधुमेह रोगीमा हाई ब्लड सुगर हुनु सामान्य हो । बारम्बार पिसाब आउनु वा संक्रमण हुनु यसको प्रमुख लक्षण हो ।

यदि तपाईंको घाउ चाँडै निको हुँदैन भने यो पनि मधुमेहको लक्षण हुनसक्छ । डाक्टरका अनुसार खुट्टा तात्दैनन् भने मधुमेहको लक्षण पनि हुनसक्छ ।

हाई कोलेस्ट्रोलः

हाई कोलेस्ट्रोलको समस्या शरीरमा सञ्चारको समस्यालाई बढाउने काम गर्छ जसका कारण हाम्रो हातखुट्टा सधैं चिसो हुन्छ ।

यदि तपाईंलाई पनि यस्तै हुन्छ भने यसले रक्तनलीमा कोलेस्ट्रोल वा इन्फ्लेमेशनको समस्या हुनसक्छ । उच्च कोलेस्ट्रोल स्ट्रोक र हार्ट अट्याकजस्ता समस्याको कारण पनि बन्न सक्छ ।

स्ट्रेसः

स्ट्रेसका कारण पनि हाम्रो शरीरको रक्तप्रवाह प्रभावित हुन्छ भन्ने थाहा छ ? शरीरको खराब रक्तसञ्चारका कारण हातका र खुट्टाका औंला चिसो हुनसक्छन् ।

त्यसैले धेरै तनाव भइरहेको स्थितिमा डाक्टरसँग सम्पर्क गर्न अत्यावश्यक छ ।

अब जाडोबाट जोगिन के गर्ने त ?

चिसोमा यो समस्याबाट बच्नका लागि केही विशेष उपाय अपनाउन सकिन्छ । हात–खुट्टामा बाक्लो पञ्जा र मोजा लगाउने जाडोयाममा हात–खुट्टा प्राय चिसो रहन्छ ।

हात–खुट्टामा तातो लुगा लगाउनु पर्छ । घरबाट बाहिर निस्कहृदा हातमा पञ्जा र खुट्टामा मोजा लगाउनु पर्छ ।

हात–खुट्टा चिसो हुन्छ भने मनतातो तोरीको तेलले मालिश गर्नु पर्छ । तेलले मसाज गर्दा हातको हत्केला र खुट्टाको पैतालामा रक्त सञ्चार राम्रो हुन्छ र अक्सिजनको सप्लाई पनि राम्रो हुन्छ ।

खुट्टा बाउँडिने र चिलाउने हुँदैन र हात–खुट्टा तातो भइरहन्छ ।

यदि हात–खुट्टामा धेरै चिसोको महसुस हुन्छ भने दिनहुँ व्यायाम गर्नु पर्छ । व्यायामले रक्त सन्चार राम्रो हुन्छ र हात–खुट्टामा चिसो पनि कम हुन्छ ।

जाडोयाममा हात–खुट्टा चिसो भइरहन्छ भने इलेक्ट्रिक हहटिङ प्याडले सेक्नु पर्छ । हिटिङ प्याड–हट वाटर व्यागले शरीरलाई तातो राख्नुको साथै जाडोयाममा रक्त सञ्चार पनि सहि रहन्छ ।

सधैं नुनले शरीरलाई भित्रबाट तातो राख्नुको साथै दुखाई र सूजनबाट पनि राहत प्रदान गर्छ । एउटा बाटामा मनतातो पानी र सिधे नुन हालेर हात–खुट्टा सेक्नाले हात–खुट्टा तातो रहनुको साथै चिलाउने समस्या पनि रहँदैन ।

आइरनको कमी एनोमियाका कारण हुन सक्छ । त्यसैले भोजनमा चुकन्दर, पालुंगो, ओखर, भटमास, स्याउ जस्ता आइरनयुक्त खाना सेवन गर्नु पर्छ ।

जाडोयाममा प्यास धेरै लाग्दैन, जसका कारण हामी पानी धेरै पिउँदैनौं । यसले गर्दा शरीरलाई धेरै नोक्सान पुऱ्याइरहेको हुन्छ ।

शरीरमा पानीको कमीका कारण रक्त सञ्चार राम्रो हुँदैन र हात–खुट्टामा धेरै चिसो लाग्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०