विराटनगर । जाडोयामले केही मानिसलाई अत्यधिक समस्या उत्पन्न गराउँछ ।
त्यस्ता मानिस जाडोबाट बच्नका लागि अति नै तातो लुगा लगाउँछन् र चिसो पानीबाट टाढा रहन्छन्, तर पनि उनीहरूलाई चिसो लाग्छ ।
शरीर त तातो लुगाले न्यानो हुन्छ, तर हात–खुट्टामा धेरै ठिऱ्याउँछ । हात–खुट्टा तातो बनाउनका लागि उनीहरू हातमा पञ्जा लगाउँछन्, खुट्टामा मोजा लगाउँछन् ।
वास्तवमा रक्त प्रवाहका कारण हात–खुट्टा चिसो हुन्छ । रक्त प्रवाह हात र खुट्टामा पुग्दा–पुग्दै कम हुन थाल्छ, जसका कारण केही मानिसको हात–खुट्टा अत्यधिक चिसो हुन्छ ।
बाहिर धेरै चिसो हुँदा हात–खुट्टाको रक्त वाहिका खुम्चिन थाल्छ, जसका कारण केही मानिसको हात–खुट्टा चिसो हुन थाल्छ ।
जाडोयाममा हात–खुट्टा चिसो हुनु सामान्य प्रक्रिया हो । तर, यदि तपाईं न्यानो कपडा लगाउँदा र सही खानपानपश्चात् पनि यस्तो महसुस गर्नुहुन्छ भने यो ठुलो समस्याको कारण पनि हुनसक्छ ।
हाइपोथाइराइडिजमको अर्थ यो हो कि तपाईंलाई थाइराइडसँग सम्बन्धित समस्या छ । यो एउटा यस्तो स्थिति हो जसमा शरीरले पर्याप्त मात्रामा हर्मोन्सको उत्पादन गर्दैन ।
यो हर्मोनले तपाईंका विभिन्न अंगलाई प्रभावित गर्छ र खानालाई उर्जामा बदल्न मद्दत गर्छ । यदि चिसो मौसममा तपाईंको खुट्टा सधैं चिसो रहन्छ भने यो हाइपोथाइराइडिजम हुनसक्छ ।
रेनोडः
यसैगरी, रेनोडको समस्या हुँदा शरीरले चिसोप्रति बढी नै प्रतिक्रिया जनाउँछ । जब तापक्रम कम हुन्छ मानिसको हात–खुट्टा बरफजस्तो चिसो हुन्छ ।
यस्तोमा तपाईंको हात खुट्टाको रङ पनि फेरिन सक्छ । यदि हात खुट्टाको रङ पहेँलो र निलो भएपछि क्रमशः रातो हुन्छ भने यसलाई गम्भीरताका साथ लिन आवश्यक छ ।
रेनोडको समस्या त्यतिबेला हुन्छ जब चिसोका कारण हाम्रा धमनी पातलो हुन्छन् ।
मधुमेहः
मधुमेह रोगीमा हाई ब्लड सुगर हुनु सामान्य हो । बारम्बार पिसाब आउनु वा संक्रमण हुनु यसको प्रमुख लक्षण हो ।
यदि तपाईंको घाउ चाँडै निको हुँदैन भने यो पनि मधुमेहको लक्षण हुनसक्छ । डाक्टरका अनुसार खुट्टा तात्दैनन् भने मधुमेहको लक्षण पनि हुनसक्छ ।
हाई कोलेस्ट्रोलः
हाई कोलेस्ट्रोलको समस्या शरीरमा सञ्चारको समस्यालाई बढाउने काम गर्छ जसका कारण हाम्रो हातखुट्टा सधैं चिसो हुन्छ ।
यदि तपाईंलाई पनि यस्तै हुन्छ भने यसले रक्तनलीमा कोलेस्ट्रोल वा इन्फ्लेमेशनको समस्या हुनसक्छ । उच्च कोलेस्ट्रोल स्ट्रोक र हार्ट अट्याकजस्ता समस्याको कारण पनि बन्न सक्छ ।
स्ट्रेसः
स्ट्रेसका कारण पनि हाम्रो शरीरको रक्तप्रवाह प्रभावित हुन्छ भन्ने थाहा छ ? शरीरको खराब रक्तसञ्चारका कारण हातका र खुट्टाका औंला चिसो हुनसक्छन् ।
त्यसैले धेरै तनाव भइरहेको स्थितिमा डाक्टरसँग सम्पर्क गर्न अत्यावश्यक छ ।
अब जाडोबाट जोगिन के गर्ने त ?
चिसोमा यो समस्याबाट बच्नका लागि केही विशेष उपाय अपनाउन सकिन्छ । हात–खुट्टामा बाक्लो पञ्जा र मोजा लगाउने जाडोयाममा हात–खुट्टा प्राय चिसो रहन्छ ।
हात–खुट्टामा तातो लुगा लगाउनु पर्छ । घरबाट बाहिर निस्कहृदा हातमा पञ्जा र खुट्टामा मोजा लगाउनु पर्छ ।
हात–खुट्टा चिसो हुन्छ भने मनतातो तोरीको तेलले मालिश गर्नु पर्छ । तेलले मसाज गर्दा हातको हत्केला र खुट्टाको पैतालामा रक्त सञ्चार राम्रो हुन्छ र अक्सिजनको सप्लाई पनि राम्रो हुन्छ ।
खुट्टा बाउँडिने र चिलाउने हुँदैन र हात–खुट्टा तातो भइरहन्छ ।
यदि हात–खुट्टामा धेरै चिसोको महसुस हुन्छ भने दिनहुँ व्यायाम गर्नु पर्छ । व्यायामले रक्त सन्चार राम्रो हुन्छ र हात–खुट्टामा चिसो पनि कम हुन्छ ।
जाडोयाममा हात–खुट्टा चिसो भइरहन्छ भने इलेक्ट्रिक हहटिङ प्याडले सेक्नु पर्छ । हिटिङ प्याड–हट वाटर व्यागले शरीरलाई तातो राख्नुको साथै जाडोयाममा रक्त सञ्चार पनि सहि रहन्छ ।
सधैं नुनले शरीरलाई भित्रबाट तातो राख्नुको साथै दुखाई र सूजनबाट पनि राहत प्रदान गर्छ । एउटा बाटामा मनतातो पानी र सिधे नुन हालेर हात–खुट्टा सेक्नाले हात–खुट्टा तातो रहनुको साथै चिलाउने समस्या पनि रहँदैन ।
आइरनको कमी एनोमियाका कारण हुन सक्छ । त्यसैले भोजनमा चुकन्दर, पालुंगो, ओखर, भटमास, स्याउ जस्ता आइरनयुक्त खाना सेवन गर्नु पर्छ ।
जाडोयाममा प्यास धेरै लाग्दैन, जसका कारण हामी पानी धेरै पिउँदैनौं । यसले गर्दा शरीरलाई धेरै नोक्सान पुऱ्याइरहेको हुन्छ ।
शरीरमा पानीको कमीका कारण रक्त सञ्चार राम्रो हुँदैन र हात–खुट्टामा धेरै चिसो लाग्छ ।