विराटनगर । नोबेल साकोस साहित्य संस्था विराटनगर शाखामा दुई आजीवन सदस्यको आगमन भएको छ ।
साकोस शाखाले दाहाल प्रतिष्ठानमा शनिबार आयोजना गरेको काव्य गोष्ठीमा जयन्त प्रधानाङ्ग र सुरेशकुमार अग्रवालको आगमन भएको हो ।
साकोस विराटनगर शाखाकी अध्यक्ष मन्जु घिमिरे(दाहालको )अध्यक्षतामा प्रमुख अतिथी पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अतिथ्यतामा सम्पन्न भएको थियो ।
विशिष्ट अतिथिमा चारुका अध्यक्ष डा. देवी पन्थी, मुक्तक प्रतिष्ठानका अध्यक्ष श्री बाबुराम पोखरेल, नाट्य समूहका अध्यक्ष भरत गुरागाई बर्बरिक र लेखक संघका अध्यक्ष दिनेश सुवेदी, डियर कल्याणको अध्यक्ष विनोद घिमिरे,अग्रज साहित्यकार उमनाथ भट्टराई,मुक्तकार नवराज पोखरेलको उपस्थिति थियो ।
आमन्त्रित पाहुनाहरूलाई कार्यक्रममा स्वागत संस्थाका सदस्य शान्ता भट्टराईले गरेकी थिइन् ।
९ वर्षकी बालिका प्रज्ञा कट्टेलले बाल कविता वाचन गरेर सबैलाई नि:शब्द बनाइन् ।
सन्देशमूलक र मार्मिक रचना उमेश लुइँटेल, प्रयाग न्यौपाने, हरि कट्टेल, प्रमोद ढ्काल, चुडामणि घिमिरे, नानुमैया सुवेदी, राधा भट्टराई, ऋषि तिवारी, भूपाल अधिकारी, कुमार श्रेष्ठ, रेनुका राई, शान्ता भट्टराई, किस्मत खतिवडा, आयुष्मा खतिवडा आदिको वाचन भएको थियो ।
कार्यक्रम सञ्चालन सचिव सुजाता राईले गरेकी थिइन् । करिब तीन दर्जन कविहरूले विभिन्न विधामा रचना सुनाएका थिए ।