शारदा कार्कीद्वारा लिखित शोककाव्य ‘आमा’ को लोकार्पण

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३० मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । कवि शारदा कार्कीको शोककाब्य ‘आमा’ को लोकार्पण भएको छ ।

छन्दवाटिका नेपाल, विराटनगरको आयोजनामा आयोजित एक भव्य कार्यक्रमका बीच कार्कीको शोककाब्य ‘आमा’को लोकार्पण भएको हो ।

Advertisement

छन्दवाटिका नेपालका अध्यक्ष कवि हरि कट्टेलको सभापतित्वमा तथा प्राज्ञ गंगा सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि, आयोजक संस्थाका अध्यक्ष र अतिथिहरूले संयुक्त रूपमा उक्त कृतिको लोकार्पण गरेका थिए ।

समीक्षक प्रा. भूषण ढुंगेलले विमोचित कृतिको समीक्षा गरेका थिए । कृतिको बारे बोल्दै उनले भने, ‘शारदा कार्कीले उहाँकी आमाको समर्पणमा लेखेको यो कृति सुन्दर छ।’

उनले कृतिका विभिन्न श्लोकहरूको उदाहरण दिँदै कृति छन्दमा बगेको र पठनीय रहेको बताए ।

प्रमुख अतिथि गंगा सुवेदीले यो कृति प्रकाशन गरेर कविले सबैलाई आमाप्रतिको श्रद्धा भाव जागृतिका निम्ति स्मरण गराएको बताइन् ।

छन्दवाटिकाका अध्यक्ष हरि कट्टेलले कवि शारदा कार्की विराटनगरमा समर्पित भएर छन्दोबद्ध कविता लेखनमा लागेको पाएको र छन्दोबद्ध सिर्जना र सर्जकलाई मञ्च दिने र थप प्रोत्साहित गर्ने संस्थाकाो उद्देश्य रहेअनुरूप यो कृति विमोचनको कार्यक्रम आयोजना गरिएको बताए ।

उनले थपे ‘कवि शारदा विराटनगरमा देखिएकी छन्दमा आसलाग्दी नारी स्रष्टा हुनुहुन्छ, उहाँले अझै आफूलाई परिस्कृत गर्दै यसै गरी मेहनत गर्नुभयो भने यो फाँटमा उहाँको भविष्य राम्रो छ।’

कार्यक्रममा विशिष्ट अतिथि कविराज न्यौपाने, झापाका कवि तुलसी भट्टराई, गजलकार मधु पोखरेल, देबी पन्थीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

छन्दवाटिका सदस्य कविता चापागाईंको स्वागत मन्तब्य रहेको यस समारोहमा झापाका कवि दूर्गा सिग्देलले विमोचित कृतिभित्रबाट केही श्लोक कविता पनि वाचन गरेका थिए ।

कार्यक्रम लेखनाथ वाचनालय विराटनगरको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा झापा मोरंग सुनसरीका साहित्यकारहरूको बाक्लो उपस्थिति थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’
आईतबार २५ असोज, २०८३
कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक
आईतबार २५ असोज, २०८३
क्यानडाविरुद्ध रोहित पौडेलको शतक
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि झलनाथ खनालको आग्रह : उद्धार र जीवनरक्षामा जुट्न निर्देशन
आईतबार २५ असोज, २०८३
रिहा भएपछि ध्रुव राठीको आरोप– ‘पुलिसले मलाई किडन्याप नै गरेको हो’
आईतबार २५ असोज, २०८३
बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु
आईतबार २५ असोज, २०८३
दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ
आईतबार २५ असोज, २०८३
घटस्थापनाको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
आईतबार २५ असोज, २०८३
बूढीगण्डकीमा आएको बाढीप्रति देउवाद्वारा दुःख व्यक्त
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०