लघुकथा : लास्ट बेन्च

-ऋषि तिवारी
बिहिबार २७ मङ्सिर, २०८१
२ वर्षअघि

‘ऊबेला म पढ्न जेहेन्दार थिएँ ।’
म प्रथम हुन्थेँ भने, अर्को साथी द्वितीय हुन्थ्यो । अर्थात् फस्ट ब्वाय र सेकेन्ड ब्वायपछि अरू क्रमशः अरू ब्वाय अनि गर्ल हुन्थे ।

रुचि थियो सानैमा पढ्न । कम्पिटिसन चल्थ्यो, पढाइमा । एकसालको वार्षिक परीक्षामा सेकेन्ड ब्वाय प्रथम भइदिन्थ्यो । म सेकेन्ड हुन्थेँ । कमजोर भएछु पढाइमा भन्दै पुन: प्रयास गरिन्थ्यो । फेरि परिणाम प्रथम हुन्थेँ ।

Advertisement

पढाइको रफ्तारसँगै हाइ स्कुल प्रवेश गर्‍यो । हामी प्रथम ब्वाय र सेकेन्ड ब्वाय छुटिनौं । लगनशील भएर पढ्दै बढ्दै थियौं ।

कक्षा उक्लिँदै जाँदा, मास्टर साहबहरूले कमजोर विद्यार्थीहरूलाई अगाडि बेन्च, पढाइमा बढी जान्नेहरूलाई पछाडिको सिटमा बस्न तालिका मिलाए ।

म प्रथम छात्र भएकोले सिट पछाडि । सेकेन्ड साथी अघि पर्‍यो । म पछि परेँ । साथी छुटेपछि न्यास्रो लाग्यो । खैर चित्त बुझाएँ ।

सात कक्षा पढ्दा पढ्दै सहर पसेँ। गाउँजस्तो पढाइमा वातावरण मिलेन । फिलिम हेर्ने बानी बस्न थाल्यो । लड्दै पढ्दै बढ्दै गएँ । कलेजको मुख त देखियो । तर एड्मिसन हुने चान्स नै पाइनँ ।

त्यही सेकेन्ड साथी अचानक बजारमा भेट भयो । उसैले बोलायो । ‘ओइ फस्ट ब्वाय के छ खबर ?’ फर्केर हेरेँ । ‘ओहो तँ यहाँ हाम्रो सहरमा ?’ ‘हो यार ।’ उसले भन्यो ।

फेरि कोट्याएर सोध्न थाल्यो, ‘सहर पसेर पढाइ कहाँ पुर्‍याइस् ?’ मैंले हाँस्दै जवाफ फर्काइदिएँ । ‘पढाइ मैंले फिलिम हलसम्म पुर्‍याएँ ।’

ऊ मजाक सोच्दै थियो । र, भन्दै थियो, ‘मजाक नगर न ।’ मैंले सोध्न थाले उसलाई, ‘तैँलेचाहिँ, कहाँ पुर्‍याइस पढाइ ?’ उसले भन्न थाल्यो । ‘डिग्री पास गरेर, खरिदारमा जागिर खाँदैछु ।’ मैंले यति भनें, ‘लु बधाई छ ।’

मेरो पढाइ र, पेशाको निक्यौल निकाल्न कसरत गर्दै थियो । मेरो हातमा पत्रिका थियो । उसलाई पत्रिका हातमा दिएँ ।

ऊ भन्न थाल्यो, ‘पत्रकार भइस् ?’ मैंले मुन्टो हल्लाएँ । ‘होइन’ भनें । पत्रिका हेर्दै थियो । भन्न थाल्यो, ‘तँ, साहित्यकार पो ? लास्ट बेन्चमा बसेर, साथी साहित्यकार पो भएछ ।’

विराटनगर-६, ममता-मार्ग ।
मितिः २०८०/१०/२४

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको आदिवासी जनजाति खुला सदस्यमा तीर्थ लामाको अग्रता कायमै
मङ्गलबार २७ असोज, २०८३
सहमहामन्त्री महिला पदमा प्रतिमा गौतमको मत ३ हजार नाघ्यो
मङ्गलबार २७ असोज, २०८३
कांग्रेस नेतृत्वमा समावेशिता खोइ? अमरेशकुमार सिंहको प्रश्न
मङ्गलबार २७ असोज, २०८३
एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी
सोमबार २६ असोज, २०८३
मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध
सोमबार २६ असोज, २०८३
पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ
सोमबार २६ असोज, २०८३
सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो
सोमबार २६ असोज, २०८३
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी
सोमबार २६ असोज, २०८३
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान
सोमबार २६ असोज, २०८३
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता
सोमबार २६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०