छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा होस्टल सञ्चालक पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३० फाल्गुण, २०८०
१ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका–८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मी पक्राउ परेकी छन् ।

रेग्मीलाई बुधबार दिउँसो पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

मंगलबार साँझ विराटनगर नर्सिङ क्याम्पसमा बिएनएस र बीएससी नर्सिङमा अध्ययनरत तीन जना छात्रामाथि होस्टलको कोठाभित्र हातपात गरेको आरोपमा उनलाई पक्राउ गरिएको एसपी कार्कीले जनाए ।

पीडित छात्राले उजुरी दिएपछि पक्राउ गरिएको जनाउँदै एसपी कार्कीले पक्राउ परेकी रेग्मीलाई मोरङ प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गर्ने तयारी भएको सुनाए ।

होस्टलकी सञ्चालक रेग्मीले अग्रिम रूपमा भाडा माग्दै छात्रालाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो ।

आफू काठमाडौं जानुपर्ने जनाउँदै रेग्मी अग्रिम रूपमा भाडा माग्न मंगलबार साँझ ६ बजेतिर होस्टल पुगेकी थिइन् ।

रेग्मीले महिना नमरेको भए पनि अहिले तीन–तीन हजार रुपैयाँ दिएर सहयोग गर्न भनेकी थिइन् ।

तर, ती छात्राहरूले पनि आफूहरूसँग अहिले नभएको भनेपछि विवाद सुरु भएको थियो ।

विवाद बढ्दै जाँदा रेग्मीले छात्राहरूका किताब–कापी फ्याँकेकी थिइन् ।

सो होस्टलको उक्त रुममा तीन छात्रा बस्दै आएका थिए । उनीहरू विराटनगरस्थित नर्सिङ क्याम्पसको बिएनएस, बिएससी र नर्सिङ प्रथम वर्षमा अध्ययन गर्न आएका छात्रा हुन् ।

केही दिनयता मात्र उक्त होस्टलमा बस्न थालेका ती छात्राहरूले होस्टललाई दिनुपर्ने फागुन महिनाको सम्पूर्ण फी दिइसकिएको बताएका छन् ।

भोलिसम्ममा त्यो होस्टेल छोड्ने योजनामा रहेको भए पनि होस्टलकी सञ्चालिकाले चैत्रको पनि ती–तीन हजारका दरले ‘एड्भान्स’ दिनुपर्ने बताउँदै राति होस्टेल छोड्न धम्की दिएको छात्राहरूको आरोप छ ।

होस्टल सञ्चालकले डर देखाउँदै गाली–गलौच तथा हातपात गरेकी जनाउँदै ती छात्राहरूले सम्बन्धित निकायप्रति ध्यानाकर्षण गरेका छन् ।

यता, मोरङ प्रहरीले भने हालसम्म उक्त घटनालाई लिएर जाहेरी नपरेका कारण कारबाही प्रक्रिया अगाडि बढाउन नसकेको जनाएको छ ।

मोरङ प्रहरीका इन्स्पेक्टर दुर्गा राईले आफूहरूले घटनाबारे जानकारी लिएको भए पनि अहिलेसम्म पीडित पक्षले उजुरी नदिएकोले कारबाही प्रक्रिया थालनी नगरेको सुनाए ।

दुर्व्यवहारमा परेका विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका जुम्ला, पाल्पा र कन्चनपुर घर भएका विद्यार्थी हुन् ।

उक्त होस्टेलमा ३ फागुनदेखि बसिरहेका उनीहरुले ३ चैतसम्मका लागि अग्रिम आठ हजार रुपैयाँ बुझाएका थिए ।

कलेजकै होस्टेलमा बस्नेहरूको सूचीमा भर्खरै उनीहरूको पनि नाम निस्किएको थियो ।

उनीहरू बुधबारदेखि कलेजको होस्टेलमा बस्ने तयारी गरेका थिए । त्यसैले उनीहरू मुनलाइट गर्ल्स होस्टल छाडेर कलेजकै होस्टेलमा सर्ने तरखरमा थिए ।

प्रकाशित समय: बुधबार ३० फाल्गुण, २०८०, १६:२३:५३

सम्बन्धित खबर

भारतीय नागरिक १० किलो गाँजासहित पक्राउ
मङ्गलबार ३० ब‌ैशाख, २०८२
आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नगर्नुहोस् : कमल थापा
मङ्गलबार ३० ब‌ैशाख, २०८२
नेपालमा सीए शिक्षामा अब नयाँ पाठ्यक्रम
मङ्गलबार ३० ब‌ैशाख, २०८२
कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री
मङ्गलबार ३० ब‌ैशाख, २०८२
विस्थापितलाई पुनर्स्थापना गर्न भूमि ऐन तत्काल चाहियो : एमाले सांसद तामाङ
मङ्गलबार ३० ब‌ैशाख, २०८२
पनौतीको बाढीमा परेर बेपत्ता महिलाको खोजी जारी
मङ्गलबार ३० ब‌ैशाख, २०८२
धुलिखेलको खड्पुमा घरभित्रै छिर्‍यो टिपर
मङ्गलबार ३० ब‌ैशाख, २०८२
रुस–युक्रेन वार्ता : ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
मङ्गलबार ३० ब‌ैशाख, २०८२
पाकिस्तानले आक्रमण गरेको भनिएको पञ्जाबको आदमपुर एयरबेसमा पुगे मोदी
मङ्गलबार ३० ब‌ैशाख, २०८२
गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति संसद्‌मा ध्यानाकर्षण
मङ्गलबार ३० ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०