विराटनगर । बाँकेको कोहलपुर नगरपालिका–३, शान्तिटोलमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु भएको छ।
प्रहरीका अनुसार जेसीबीको सहायताले ट्याङ्की फुटाएर उद्धार गरिए पनि कालु थारु, प्रकाश थारु र बिर्जा थारुलाई मृत अवस्थामा बाहिर निकालिएको हो।
घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।