भूतहरूलाई उज्यालो मन पर्दैन !

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १ फाल्गुण, २०८०
३ वर्षअघि
गणेश उप्रेती 'सुशील'

-शशिकिरण
महान जनयुद्ध !
तिमी बिहानको उज्यालो थियौ,
उत्पीडितहरूको मसिहा !
प्रतिबन्धित स्वरहरूका डरलाग्दो कासन ।
तिम्रो प्रहारको चोटले,
मृत्यु शैय्यामा पुगेका प्रेतात्माहरू,
तिम्रा अनुयायीहरू कमजोर भएको बेला !
अँध्यारा खोपीबाट तिम्रो जन्मोत्सव बहिस्कारको,
निम्छरा उर्दी फलाकेर,
तिम्रो जीवनको सार्वभौमिक सत्य ,
तिम्रो जीवनको अनिवार्य लक्ष्य ,
नहुनुको बिगुल बजाउन !
तिम्रै रक्त-रञ्जित आकाशमुनि बसेर,
लाज पनि लजाउने गरी तम्सिएको थाहा पायौ !?

महान जनयुद्ध !
भूतहरूलाई जीवन मन पर्दैन !
अनि जन्मोत्सव किन मनाउनु ?
भूतहरूलाई उज्यालो मन पर्दैन  !
अनि जनयुद्ध किन रुचाउनु ?
भूतहरूलाई त विगत मन पर्छ ।
जो कहिल्यै फर्कँदैन !
भूतहरूलाई त ओइलिनु मन पर्छ ।
जो कहिल्यै फक्रँदैन !
भूतहरूलाई उल्टो गति मन पर्छ ।
जो कहिल्यै दौडिँदैन ।

Advertisement

महान जनयुद्ध !
तिमी त वर्तमान अनि भविस्य !
फूलबारीको फक्रिँदै गरेको गुलाब !
एउटा बेगवान तुफान !
भूतहरू यो गहिरो भाष्य बुझ्दैनन् !
किनकि भूतहरू कहिल्यै सोच्दैनन् ।
म सधैँ गर्व गर्छु !
तिम्रो जन्मोत्सव मनाउन,
किनकि मलाई उज्यालो मन पर्छ ।
तिम्रो उज्यालोको रापले,
आँखा गुमाएकाहरूले,
शुभ जन्मोत्सव भनुन् वा नभनुन् !
हज्जारौं लाखौं उत्पीडित एकै स्वरमा भन्छन्,
महान जनयुद्ध जिन्दावाद !
फाल्गुन १ जिन्दावाद !!

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव
सोमबार २६ असोज, २०८३
चार प्रस्तावित राजदूतको नियुक्तिअघि संसदीय समितिमा सुनुवाइ हुँदै
सोमबार २६ असोज, २०८३
कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’
आईतबार २५ असोज, २०८३
कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक
आईतबार २५ असोज, २०८३
क्यानडाविरुद्ध रोहित पौडेलको शतक
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि झलनाथ खनालको आग्रह : उद्धार र जीवनरक्षामा जुट्न निर्देशन
आईतबार २५ असोज, २०८३
रिहा भएपछि ध्रुव राठीको आरोप– ‘पुलिसले मलाई किडन्याप नै गरेको हो’
आईतबार २५ असोज, २०८३
बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु
आईतबार २५ असोज, २०८३
दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०