छड्के जाँचमा पुगेका प्रदेश मन्त्रीलाई ट्राफिक प्रहरीले धकेलेपछि…

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २८ माघ, २०८०
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले आइतबार अनौपचारिक पोसाकमा सेवाग्राही बनेर यातायात कार्यालयको ट्रायल सेन्टर अनुगमन गर्न पुगे ।

टाउकोमा क्याप, अनुहारमा कालो चश्मा र मुखमा कालै मास्क लगाएका थिए ।

सेन्टर पुगेर उनले केही सेवाग्राहीसँग कुराकानी गरे ।

सचिवालयका कर्मचारीहरूले पनि औचपारिक पोसाक लगाएका थिएनन् ।

मन्त्री राई पुग्दा टेम्पो र सिटिसफारीको ट्रायल भइरहेको थियो ।

उनी कर्मचारी भएको ठाउँमा पुगे । त्यहाँ ट्राफिक प्रहरीका सई पनि थिए ।

नचिनिँदो गरी त्यहाँको गतिविधि नियाल्न थाले ।

त्यही क्रममा यातायात कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्रप्रसाद प्रसाईं मन्त्रीको नजिकै आए र ठुलो स्वरमा ‘तपाइँ को हो यहाँबाट गइहाल्नुहोस’ भन्दै कड्किए ।

मन्त्री राई केही पर सरे । फेरि चुपचाप लागिरहे ।

हाफ भेस्ट, हाफ ज्याकेट कालो चश्मा र मास्क लगाएर यातायातका कर्मचारी तथा ट्राफिक बस्ने छेउमै गएर उभिँदा उनलाई कसैले चिनेनन् ।

सचिवालयका कर्मचारीले सरकारी पोसाकमा थिएनन् ।

मन्त्रीका पिएसओ पनि सादा पोसाकमा थिए ।

मन्त्री झन्डावाला नलिएर अर्कै गाडीमा गएका थिए ।

केहीबेर उभिएपछि मन्त्री राईलाई ट्राफिक प्रहरीले हट्न भने ।

तर उनले अटेर गरेर बसेपछि प्रहरीले यहाँ बस्न पाइँदैन भनेर धकेलेर त्यहाँबाट हटाउन खोजेका थिए ।

त्यसपछि उनले मास्क खोले । कर्मचारीहरूले उनलाई चिनेर कुर्सीमा बस्न आग्रह गरे ।

‘सेवाग्राही भएर जाँदा मलाई त प्रहरीले ठेललाल गरे,’ उनले भने, ‘सोझासाझा सेवाग्राहीले सजिलै सेवा पाउँदैन भन्ने देखेर आएँ ।’

उनले थप अनुगमन गरेर नागरिकलाई सहज हुने वातावरण बनाउने बताए ।

ट्रायलमा फेल पास ठाउको ठाउँ गर्नुपर्ने व्यवस्था बने पनि कर्मचारीले उति नै बेला केही नगर्ने गरेको पाइएको बताए ।

‘ट्राफिकले फेल पास भन्दो रहेछ,’ उनले भने, ‘तर कर्मचारीले भर्ने फाममा भने खालि नै राख्दा रहेछन् । यसले पनि आर्थिक चलखेल हुन्छ भन्ने देखाएको छ ।’

यता, यातायात व्यवस्था कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्र प्रसाद प्रसाईँले यातायात कार्यालयमा बिचौलिया प्रवेश गर्ने नदिएको बताए ।

भीड हुने गरेकाले फेल पासको उति नै बेला नलेखेको दाबी गरे ।

भने,’केही त्रुटि नहोस् भनेर पछि लेख्ने गरिएको छ । हतारमा चेक लिस्टमा नाम चढाउँदा बिग्रने डरले हुन्छ ।’

यातायातका निमत्त प्रमुख प्रसाईंले यातायात कार्यालयले सकेसम्म सेवाग्राहीलाई झन्झट नदिने प्रयास गर्दै आएको दाबी गर्दै भने, ‘फेसबुक पेज पनि बनाएका छौं । त्यसमा परीक्षा, ट्रायल आदि सबै विषयमा जानकारी राखिदिने गरेका छौं ।’

मोटरसाइकलको सेवाग्राही लाइनै जाँदा गल्ती हुनसक्ने भएकोले त्यो टेबुलबाट नउठी चेकलिस्ट नभर्ने गरिएको जिकिर गरे ।

केरमेट नहोस भनेर तत्कालै नगर्ने गरेको उनले दाबी गरे ।

इटहरी कार्यालय महिनामा पाँच पटक ट्रायल गराउने गर्दछ ।

त्यसमा हलुकादेखि ठूला सवारी साधनको पनि ट्रायल गराइन्छ ।

एक पटकमा डेढदेखि दुई सयसम्मले ट्रायल दिन्छन् ।

बायो मेट्रिक भएको चार दिनमा ट्रायल हुन्छ ।

एक दिन रिट्रायल गर्ने प्रबन्धसमेत गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित समय: आईतबार २८ माघ, २०८०, १८:३६:५४
बनेपामा टिपरको ठक्करबाट एकको मृत्यु, आक्रोशित भीडले टिपरमा आगजनी
बुधबार ६ फाल्गुण, २०८२
अधुरा काम सक्ने योजनासहित उम्मेदवार बनेकी चौधरी
बुधबार ६ फाल्गुण, २०८२
मापसे गरेका वडाध्यक्षले चलाएको गाडीमा मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु
बुधबार ६ फाल्गुण, २०८२
इटहरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
बुधबार ६ फाल्गुण, २०८२
दीपेन्द्रको आक्रमक अर्धशतक, टी-२० विश्वकपमा १२ वर्षपछि नेपालको जित
मङ्गलबार ५ फाल्गुण, २०८२
एभरेष्टमा दुईदिने शैक्षिक प्रदर्शनी सुरु
मङ्गलबार ५ फाल्गुण, २०८२
ग्रिनपिस सुपरलिगको उपाधि टाइटन्स्लाई
मङ्गलबार ५ फाल्गुण, २०८२
वृद्ध पैदलयात्रीलाई मुक्का हान्ने व्यक्ति पक्राउ
मङ्गलबार ५ फाल्गुण, २०८२
कांग्रेसका कार्कीले चुनावको मुखमा पार्टी प्रवेश गराए एमाले नेतृ मेहतासहित ५० जनालाई !
मङ्गलबार ५ फाल्गुण, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टीको माग : दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्
मङ्गलबार ५ फाल्गुण, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०