यी हुन् कतार विश्वकप फुटबलमा छनोट भएका २० देशहरू

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ चैत, २०७८
५ वर्षअघि
विश्वकप फुटबल

एसियाली मुलुक कतारमा आगामी नोभेम्बर महिनादेखि सुरु हुने फुटबलको महाकुम्भ विश्वकप फुटबलमा अहिलेसम्म २० वटा देशहरू छनोट भइसकेका छन् ।

सोमबार बिहान उत्तरी अमेरिकन राष्ट्र क्यानडा छनोट भएसँगै विश्वकप फुटबलमा छनोट हुने राष्ट्रको सङ्ख्या २० पुगेको हो ।

Advertisement

क्यानडा ३६ वर्षपछि विश्वकपमा छनोट भएको हो ।

आइतबार राति विश्वकप फुटबलको छनोटअन्तर्गत तेस्रो चरणको खेलमा जमैकालाई ४–० गोलले हराउँदै क्यानडाले कतार यात्रा सुनिश्चित गरेको हो ।

क्यानडाको टोरन्टोमा भएको खेलमा क्यानडालाई जिताउन केली लेरिन, टाजोन बुचानन र जुनियर होइलेटले एक–एक गोल गरे ।

क्यानडाले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । जमैकाका एड्रिएन मरिआप्पाले आफ्नै पोस्टमा गोल गरेका थिए ।

यसै समूहको अमेरिका भने विश्वकप छनोटको नजिक पुगेको छ । छनोट तेस्रो चरणको खेलमा पानामामाथि ५-१ गोलान्तरको सहज जित निकाल्दै अमेरिका विश्वकप छनोटनजिक पुगेको हो ।

सोमबार बिहान भएको खेलमा अमेरिकालाई जिताउन क्रिस्टियन पुलिसिकले ह्याट्रिक गोल गरे भने पल अरिओरा र जेसस फेरेइराले एक-एक गोल गरे ।

जितसँगै कोनकाफ क्षेत्रमा अमेरिकाले १३ खेलमा २५ अङ्क जोडेको छ । अमेरिका दोस्रो स्थानमा छ ।

यसपटकको विश्वकप २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म चल्ने छ ।

विश्वकपको इतिहासमै पहिलोपटक विश्वकपका खेलहरू समरमा नभई विन्टरमा हुन लागेको हो ।

यस विश्वकपमा स्थान बनाउनका लागि विभिन्न राष्ट्रहरूले छनोट खेल खेलिरहेका छन् । त्यसमध्ये २० वटा राष्ट्रले भने कतार विश्वकपको यात्रा तय गरिसकेका छन् ।

युरोपियन च्याम्पियन इटाली भने लगातार विश्वकपमा छनोट हुन असफल भयो ।

बिहीबार राति भएको युरोपियन छनोटको प्ले अफ खेलमा नर्थ म्याकाडोनियासँग १–० गोलले हारेसँगै इटालीको कतार यात्रा असम्भव भएको हो ।

यसअघि शुक्रबार बिहानमात्र इक्वाडर र उरुग्वेले विश्वकपमा आफ्नो स्थान बनाएका थिए ।

त्यसअघि आयोजकको हिसाबले कतारका साथै जर्मनी, डेनमार्क, ब्राजिल, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इङ्ग्ल्यान्ड, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स, अर्जेन्टिना, इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया विश्वकपमा छनोट भएका छन् ।

अब, केही राष्ट्र प्ले अफ खेलमार्फत छनोट हुने छन् ।

२९ मार्चमा युरोपका केही टिमले प्ले अफ खेल खेल्छेन् ।

ती खेलका विजेता टिमले विश्वकपमा स्थान बनाउँदा पराजित टिम बाहिरिने छ ।

अब, प्ले अफमा पोल्यान्ड र स्विडेनले खेल्ने छन् भने स्कटल्यान्डले युक्रेन र वेल्सको विजेता टिमसँग खेल्ने छ ।

इटालीलाई हराएको नर्थ म्याकाडोनियाले पोर्चुगलसँग विश्वकपमा स्थान बनाउनका लागि प्रतिस्पर्धा गर्ने छ ।

दक्षिण अमेरिकातर्फ पेरुले प्ले अफ खेलमार्फत विश्वकपमा स्थान बनाउने सम्भावना छ ।

यसैगरी, अस्ट्रेलिया र युएईले विश्वकपमा छनोट हुन प्ले अफ खेल खेल्ने छन् ।

पोर्चुगल कतार विश्वकप छनोट नजिक, वेल्स र स्विडेन पनि विजयी

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०