न्युयोर्कमा १० लाख अपार्टमेन्टको भाडा नबढाउने निर्णय अदालतबाट सदर

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ११ मङ्सिर, २०८३
२९ minutes

अमेरिकाको न्युयोर्क स्टेट सुप्रिम कोर्टले मेयर जोहरान ममदानीको भाडा नबढाउने निर्णयलाई कानुनी मान्यता दिएको छ। अदालतले उक्त निर्णयविरुद्ध घरधनीहरूको समूहले दायर गरेको निवेदन खारेज गरिदिएको समाचार संस्था रोयटर्सले जनाएको छ।

न्युयोर्क सहरका करिब १० लाख भाडा नियन्त्रित अपार्टमेन्टमा भाडा वृद्धि नगर्ने निर्णय रेन्ट गाइडलाइन्स बोर्डले गरेको थियो। सहरका कुल २३ लाख भाडाका आवास इकाइमध्ये यी अपार्टमेन्टले करिब आधा हिस्सा ओगट्छन्।

Advertisement

घरधनीहरूले बोर्डमा मेयर ममदानीप्रति वफादार व्यक्तिहरूको प्रभाव रहेको र निर्णय स्वतन्त्र रूपमा नभएको दाबी गर्दै अदालतमा उजुरी दिएका थिए। उनीहरूले बोर्डको प्रक्रियालाई देखावटी भन्दै निर्णय बदर गर्न माग गरेका थिए।

तर न्यायाधीश ब्रेन्डन ल्यान्ट्रीले भाडा नबढाउने निर्णय अनुचित वा स्वेच्छाचारी रहेको प्रमाणित गर्न घरधनीहरू असफल भएको ठहर गरे। साथै, आफ्नो राजनीतिक एजेन्डासँग सहमत व्यक्तिहरूलाई बोर्डमा नियुक्त गर्ने अधिकार मेयरसँग रहेको अदालतले स्पष्ट पारेको छ।

सस्तो र सुलभ आवासको मुद्दालाई चुनावी अभियानको प्रमुख एजेन्डा बनाएका मेयर ममदानीले अदालतको फैसलालाई स्वागत गरेका छन्। उनले यसलाई भाडामा बस्ने र कामकाजी न्युयोर्कवासीका लागि आफ्नो क्षमताअनुसारको आवासमा बस्न पाउने अधिकारको जित भएको बताएका छन्।

यो निर्णय सन् २०२६ अक्टोबर १ देखि २०२७ सेप्टेम्बर ३० सम्म नवीकरण हुने एकवर्षे तथा दुईवर्षे भाडा सम्झौतामा लागू हुनेछ।

मेयर ममदानीका अनुसार अदालतको फैसलाबाट २० लाखभन्दा बढी न्युयोर्कवासी प्रत्यक्ष लाभान्वित हुनेछन्। उनले आवास विलासिताको वस्तु नभई आधारभूत आवश्यकता भएको उल्लेख गर्दै फैसलाले सर्वसाधारणलाई आर्थिक राहत दिने बताएका छन्।

प्रकाशित समय: बिहिबार २० कार्तिक, २०८३, १४:१०:४७

सम्बन्धित खबर

भारतमा तीर्थयात्री सवार गाडी दुर्घटना, एउटै परिवारका नौ जनाको मृत्यु

आईतबार ७ मङ्सिर, २०८३
४ दिनअघि

ट्रम्प प्रशासनको आप्रवासन अभियान तीव्र, अमेरिकामा ६ हजारभन्दा बढी भारतीय पक्राउ

आईतबार ७ मङ्सिर, २०८३
४ दिनअघि

एआई क्षेत्रप्रति लगानीकर्ताको आशङ्का बढ्दा अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट

आईतबार ७ मङ्सिर, २०८३
४ दिनअघि

विद्युतीय व्यावसायिक विमान निर्माणमा चीनको ठूलो सफलता, पहिलो स्वदेशी विमानको सफल परीक्षण

सोमबार १ मङ्सिर, २०८३
१ हप्ताअघि

रोनाल्डोबिनाको पहिलो खेलमै पोर्चुगल डेनमार्कसँग ४–१ ले पराजित

आईतबार ३० कार्तिक, २०८३
२ हप्ताअघि

इजरायलमा सत्ता समीकरणको रस्साकस्सी, नेतान्याहूको एकता प्रस्ताव विपक्षीद्वारा अस्वीकार

आईतबार ३० कार्तिक, २०८३
२ हप्ताअघि
न्युयोर्कमा १० लाख अपार्टमेन्टको भाडा नबढाउने निर्णय अदालतबाट सदर
बिहिबार ११ मङ्सिर, २०८३
प्रसूति जटिलतामा परेकी डोल्पाकी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार
बिहिबार ११ मङ्सिर, २०८३
भोटेकोसी–त्रिशूली बाढीको ९३ दिन बित्दा पनि पीडितले पाएनन् सरकारी राहत
बिहिबार ११ मङ्सिर, २०८३
सुन प्रतितोला २ लाख ४२ हजार ८०० पुग्यो, चाँदी पनि महँगियो
बिहिबार ११ मङ्सिर, २०८३
विराटनगर जेसीजको अध्यक्षमा रञ्जन कुमार शाही
बुधबार १० मङ्सिर, २०८३
दुई महिनामा पोखरा–दुबई उडानबाट १३ हजारभन्दा बढी यात्रुले लिए सेवा
बुधबार १० मङ्सिर, २०८३
सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारको तयारी
बुधबार १० मङ्सिर, २०८३
महिला क्रिकेटमा बागमतीको विजयी सुरुवात, सुदूरपश्चिम सात विकेटले पराजित
बुधबार १० मङ्सिर, २०८३
भारत र चीनसँग सन्तुलित सम्बन्धबाट नेपालको आर्थिक समृद्धिको खोजी
बुधबार १० मङ्सिर, २०८३
चलचित्र क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न नयाँ कानुन ल्याइँदै
मङ्गलबार ९ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०