पूर्वकृषिमन्त्री मदनप्रसाद परियार अन्तर्राष्ट्रिय कृषि इन्जिनियरिङ क्षेत्रको फेलो अवार्डबाट सम्मानित भएका छन्।
इन्डोनेसियाको बालीमा जारी अन्तर्राष्ट्रिय कृषि इन्जिनियरिङ सम्मेलनका क्रममा उनलाई एसियन एसोसिएसन फर एग्रिकल्चरल इन्जिनियरिङ (एएएई) फेलो अवार्ड प्रदान गरिएको हो।
कृषि, खाद्यान्न तथा जैविक प्रविधिको प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै परियारलाई उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।
सम्मेलनमा उनले नेपालको जलवायु अनुकूल कृषिका लागि उपयुक्त प्रविधिको प्रवर्द्धनबारे धारणा राखेका थिए। साथै, नेपालमा हालै देखिएको जलवायु विपत्तिबारे पनि जानकारी गराएको उनको निजी सचिवालयले जनाएको छ।