राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उनीहरूबीच देशको पछिल्लो राजनीतिक तथा समसामयिक अवस्थाबारे छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार भेटवार्ताका क्रममा मुलुकका विभिन्न समसामयिक विषयमा विचार आदानप्रदान भएको थियो।