तस्बिरमा हेर्नुहाेस् नेपालविरुद्ध खेल्ने थाइल्यान्डकाे टाेली

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० चैत, २०७८
२ वर्षअघि
थाइल्यान्डकाे

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बिहीबार (आज) थाइल्यान्डको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

नेपालले चोनबरीमा घरेलु टोली थाइल्यान्डको सामना गर्ने छ ।

गाेलरक्षक किरन चेम्जाेङकाे कप्तानीमा नेपालकाे प्लेइङ ११ सार्वजनिक भइसकेकाे छ ।

यो खेल खेल नेपाली समयअनुसार साझ ५:४५ बजे सुरु हुने छ ।

थाइल्यान्डको बाङ प्ला साेईस्थित चोनुबारी स्टेडियममा हुने खेलमा नेपाल घरेलु टोलीमाथि जित निकाल्ने दाउमा हुने छ ।

तथापि, थाइल्यान्डमाथि जित निकाल्न त्यति सहज भने छैन ।

किनकि, यसअघिका दुई भेटमा नेपालमाथि थाइल्यान्डले जित निकालेको थियो ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्यान्डसँग खेल्न लागेको हो ।

यस्तै, नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ ।

उक्त खेल आइतबार चोनुबारीमै हुने छ ।

एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुने छ ।

छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुने छ ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्ने छ ।

दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्ने छ ।

नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्ने छ ।

यस खेलका लागि मुख्य प्रशिक्षका अबदुल्लाह अलमुताइरीले २५ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । ​​​​​​​

त्यसमा केही खेलाडीले भिसा नपाएका कारण परिवर्तन भएको छ ।

यस खेलमा एएफसी कप छनोटको तयारी गरिरहेका कारण मच्छिन्द्रका खेलाडीलाई भने प्रशिक्षक अलमुताइरीले बोलाएका छैनन् ।

नेपालविरुद्ध खेल्ने थाइल्यान्डकाे टाेली

प्रकाशित समय: बिहिबार १० चैत, २०७८, १७:५५:२८
सुनको भाउले बनायो नयाँ रेकर्ड
शुक्रबार १६ चैत, २०८०
एसइई : समातिए चिट चोराउने शिक्षक र नक्कली गार्ड
शुक्रबार १६ चैत, २०८०
जीवन विकासले विपन्न परिवारलाई बाँड्यो ९० जोडी परेवा
शुक्रबार १६ चैत, २०८०
एसइई : परीक्षा सुरु भएको १० मिनेटमै बाहिरियो नेपाली विषयको प्रश्नपत्र
शुक्रबार १६ चैत, २०८०
एसइई : भाइको जाँच दिन दाजु पुगेपछि….
शुक्रबार १६ चैत, २०८०
कानेपोखरीमा बसको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
शुक्रबार १६ चैत, २०८०
छिमेकीसँग झगडा परेपछि आत्महत्या, सुसाइड नोटमा लेखिन् : हरहर महादेव !
बिहिबार १५ चैत, २०८०
धनकुटामा लहरीसँग पिकअप ठोक्कियो, लहरीमा ग्यास लोड गर्दै गरेका ठकुरीको मृत्यु
बिहिबार १५ चैत, २०८०
महिला, बालबालिका मन्त्री चौधरी र फिनल्यान्डका राजदूत हेक्काबीच भेट
बिहिबार १५ चैत, २०८०
झापामा हात्तीले कुल्चिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
बिहिबार १५ चैत, २०८०
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०
तीव्र गतिको मोटरसाइकल दुर्घटनामा बिते रामधुनीका करण
बुधबार १६ फाल्गुण, २०८०