मैत्रीपूर्ण खेल : नेपालले आज थाइल्यान्डको सामना गर्दै, कसले मार्ला बाजी ?

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० चैत, २०७८
५ वर्षअघि
मैत्रीपूर्ण खेल

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बिहीबार (आज) थाइल्यान्डको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

नेपालले चोनबरीमा घरेलु टोली थाइल्यान्डको सामना गर्ने छ ।

Advertisement

यो खेल खेल नेपाली समयअनुसार साँझ ५:४५ बजे सुरु हुने छ ।

थाइल्यान्डको बाङ प्ला साेईस्थित चोनुबारी स्टेडियममा हुने खेलमा नेपाल घरेलु टोलीमाथि जित निकाल्ने दाउमा हुने छ ।

तथापि, थाइल्यान्डमाथि जित निकाल्न त्यति सहज भने छैन ।

किनकि, यसअघिका दुई भेटमा नेपालमाथि थाइल्यान्डले जित निकालेको थियो ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्यान्डसँग खेल्न लागेको हो ।

यस्तै, नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ ।

उक्त खेल आइतबार चोनुबारीमै हुने छ ।

एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुने छ ।

छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुने छ ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्ने छ ।

दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्ने छ ।

नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्ने छ ।

यस खेलका लागि मुख्य प्रशिक्षका अबदुल्लाह अलमुताइरीले २५ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । ​​​​​​​

त्यसमा केही खेलाडीले भिसा नपाएका कारण परिवर्तन भएको छ ।

यस खेलमा एएफसी कप छनोटको तयारी गरिरहेका कारण मच्छिन्द्रका खेलाडीलाई भने प्रशिक्षक अलमुताइरीले बोलाएका छैनन् ।

मच्छिन्द्रले एएफसी कप छनोटमा श्रीलङ्काको ब्लु स्टारविरुद्ध अप्रिल ५ मा प्रतिस्पर्धा गर्दै छ ।

ब्लु स्टारविरुद्धको खेलमा मच्छिन्द्रले सुखद नतिजा निकाले मच्छिन्द्रले अप्रिल १२ मा भारतको मोहन बगानविरुद्ध खेल्ने तालिका छ ।

समूह चरणमा स्थान बनाउन मच्छिन्द्रलाई मोहन बगानविरुद्धको खेल पनि जित्नुपर्ने हुन्छ ।

सहिद स्मारक ए डिभिजन लिगको सातौँ चरण सकिँदा अङ्क तालिकाको शीर्ष स्थानमा रहेपछि मच्छिन्द्रले एएफसी कप छनोटका लागि स्थान पक्का गरेको हो ।

जुन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लिगको दौरानमा यस्तो सूचना निकालेको थियो ।

यो पनि :

पुरुष फुटबल टाेलीले मैदानमा नै मनायाे हाेली

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०