मैत्रीपूर्ण खेल : नेपालले आज थाइल्यान्डको सामना गर्दै, कसले मार्ला बाजी ?

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० चैत, २०७८
४ वर्षअघि
मैत्रीपूर्ण खेल

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बिहीबार (आज) थाइल्यान्डको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

नेपालले चोनबरीमा घरेलु टोली थाइल्यान्डको सामना गर्ने छ ।

यो खेल खेल नेपाली समयअनुसार साँझ ५:४५ बजे सुरु हुने छ ।

थाइल्यान्डको बाङ प्ला साेईस्थित चोनुबारी स्टेडियममा हुने खेलमा नेपाल घरेलु टोलीमाथि जित निकाल्ने दाउमा हुने छ ।

तथापि, थाइल्यान्डमाथि जित निकाल्न त्यति सहज भने छैन ।

किनकि, यसअघिका दुई भेटमा नेपालमाथि थाइल्यान्डले जित निकालेको थियो ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्यान्डसँग खेल्न लागेको हो ।

यस्तै, नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ ।

उक्त खेल आइतबार चोनुबारीमै हुने छ ।

एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुने छ ।

छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुने छ ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्ने छ ।

दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्ने छ ।

नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्ने छ ।

यस खेलका लागि मुख्य प्रशिक्षका अबदुल्लाह अलमुताइरीले २५ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । ​​​​​​​

त्यसमा केही खेलाडीले भिसा नपाएका कारण परिवर्तन भएको छ ।

यस खेलमा एएफसी कप छनोटको तयारी गरिरहेका कारण मच्छिन्द्रका खेलाडीलाई भने प्रशिक्षक अलमुताइरीले बोलाएका छैनन् ।

मच्छिन्द्रले एएफसी कप छनोटमा श्रीलङ्काको ब्लु स्टारविरुद्ध अप्रिल ५ मा प्रतिस्पर्धा गर्दै छ ।

ब्लु स्टारविरुद्धको खेलमा मच्छिन्द्रले सुखद नतिजा निकाले मच्छिन्द्रले अप्रिल १२ मा भारतको मोहन बगानविरुद्ध खेल्ने तालिका छ ।

समूह चरणमा स्थान बनाउन मच्छिन्द्रलाई मोहन बगानविरुद्धको खेल पनि जित्नुपर्ने हुन्छ ।

सहिद स्मारक ए डिभिजन लिगको सातौँ चरण सकिँदा अङ्क तालिकाको शीर्ष स्थानमा रहेपछि मच्छिन्द्रले एएफसी कप छनोटका लागि स्थान पक्का गरेको हो ।

जुन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लिगको दौरानमा यस्तो सूचना निकालेको थियो ।

यो पनि :

पुरुष फुटबल टाेलीले मैदानमा नै मनायाे हाेली

प्रकाशित समय: बिहिबार १० चैत, २०७८, ०७:२९:५७
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०