ब्याटिङ गर्न बिर्सिएको नेपाल

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ४ चैत, २०७८
४ वर्षअघि
ब्याटिङ

घरेलु राष्ट्र संयुक्त अरब इमिरेट्सविरुद्ध ब्याटिङ चल्न नसकेपछि नेपालले आइसिसी पुरुष विश्वकप लिग २ को युएईविरुद्धको खेलमा ४८ रनको लज्जास्पद हार वेहोरेको छ ।

युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज सम्पन्न खेलमा नेपालले उत्कृष्ट बलिङ गरेपनि जवाफी ब्याटिङ गर्ने क्रममा खेलमा नियन्त्रण गुमाएको थियो ।

टस जित्दै पहिले ब्याटिङ रोजेको युएईलाई नेपालले ४६.३ ओभरमा एक सय ६८ रनमा रोकेको थियो ।

नेपालका लागि तीव्र गतिका बलर सोमपाल कामी र करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै सात विकेट लिए । कामी एक्लैले चार विकेट लिँदा केसीले तीन विकेट हात पारे ।

केसी र कामीबाहेक कप्तान सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान एक-एक विकेट लिए ।

१० अतिरिक्त रन पाएको युएईका लागि ६ ब्याटरले मात्र दोहोरो अङ्कको रन जोडे ।

२७ रनमा दुई विकेट गुमाएको युएईका लागि चुन्दाङपोयिल रिजवान र रोहन मुस्ताफाले समान ४० रनको योगदान दिए ।

मोहम्मद वासिमले २१, काशिफ दाउदले १८ र वसिल हमिदले १४ रन जोड्नुबाहेक अन्य चार व्याटरले युएईका लागि १२ रन मात्रै जोडे ।

निकै बलियो मानिएको युएईलाई सस्तैमा समेटेको नेपालले सुरुवात भने गतिलो गर्न सकेन ।

१९ रन जोड्दा आफ्ना दुई ओपनर पेभिलियनमा पाएको नेपालले त्यसपछि पनि क्रिजमा सशक्त प्रदर्शन गर्न सकेन ।

चौथो ओभरमा नै नेपालका ओपनर कुशल भुर्तेल पेभिलियन फर्किए । १५ बलको सामना गरेका भुर्तेल एक चौकाको मद्दतमा ११ रन जोड्दै सिद्दिकीको बलमा बोल्ड आउट भए ।

भुर्तेल आउट भएको तेस्रो बलमा नै नेपाललाई अर्को झट्का लाग्यो ।

नेपालका अर्का ओपनर आशिफ शेख क्याच आउट भए । १२ बलको सामना गरेका शेखलाई सात रनमा सिद्दिकीले नै सुरीमार्फत सजिलो क्याच गराए ।

एकै ओभरमा दुई ओपनरलाई गुमाएपछि दबाबमा देखिएको नेपालको इनिङलाई ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह ऐरीले सम्हाल्ने प्रयास गरे पनि सफल हुन सकेनन् ।
नवौं ओभरको पाँचौँ बलमा ऐरी रन आउट भएपछि नेपालमाथि दबाब झनै थपिएको थियो । सिद्दिकीको बलमा ऐरी युएईका विकेटकिपर अरविन्दबाट रन आउट भए ।

त्यसपछि क्रिजमा आएका रोहित पौडेलले ४६ र ज्ञानेन्द्र मल्लले २८ रन जोड्दै नेपालको समस्या हल गर्न खोजे पनि युएईका बलर बाधक बने ।

मल्ललाई रोहन मुस्ताफाले एलबीडब्ल्यू धरापमा पारे । २२औं ओभरको अन्तिम बलमा मल्ललाई गुमाएको नेपालले आरिफ शेखलाई शुन्य रनमा नै गुमायो ।

शेखलाई गुमाउँदा नेपाल पाँच विकेट गुमाएर २३औं ओभरमा ८५ रन बनाएर खेलिरहेको थियो ।

त्यसपछि क्रिजमा सेट भएका ब्याटर रोहित पौडेललाई २९औं ओभरमा गुमाएपछि भने नेपालमाथि युएई पूणर् रुपमा हाबी भयो ।

तल्लो क्रममा हार्ड हिटिङ ब्याटरको परिचय बनाएका करण केसी र सोमपाल कामीले बेन्चबाट क्रिजमा आएर १२ रन मात्रै बनाएपछि नेपालको हार निश्चित भयो ।

त्यसपछि आएका ब्याटरमध्ये कप्तान सन्दिप लामिछानेले सात रन बनाउनुबाहेक अन्य ब्याटरले रन जोड्न सकेनन् ।

नेपालका लागि सर्वाधिक रोहित पौडेलले ४६ रन बनाए । ज्ञानेन्द्र मल्लले २८ र कुशल भुर्तेलले ११ रनको योगदान दिनुबाहेक युएईविरुद्ध अन्य ब्याटरको प्रदर्शन बिर्सनलायक रह्यो ।

पाँच अतिरिक्त रन जोडेको नेपालका लागि दुई ब्याटर शुन्य रनमा पेभिलियन फर्किए । त्यसबाहेकका पाँच ब्याटरले मात्र ३० रनले जोडे ।

युएईका बसिल हमिदले सर्वाधिक चार विकेट लिए । जुनैद सिद्दिकीले तीन विकेट हात पार्दा रोहन मुस्ताफा र जाहुर खानले समान एक-एक विकेट लिए ।

१०औं ओभरमा तीन विकेट गुमाएको नेपालले ८२ रन हुँदा चौथो विकेट गुमायो । २२औं ओभरमा ८२ रन हुँदा चौथो विकेट गुमाएको नेपालले ३८ रन जोड्दा ६ विकेट गुमायो ।

सामान्य लक्ष्य पाउँदा पनि युएईविरुद्ध कमजोर ब्याटिङ गर्दै लज्जास्पद हार बेहारेपछि नेपाली खेलाडीको तीव्र आलोचना हुन थालेको छ ।

अघिल्लो खेलमा पपुवा न्युगिनीविरुद्ध पनि कमजोर ब्याटिङ गरेको नेपालले गत महिना सम्पन्न टी२० विश्वकप ग्लोबल क्वालिफायरमा पनि कमजोर ब्याटिङ गर्दै विश्वकप २०२२ खेल्ने सुनौलो अवसर गुमाएको थियो ।

बलिङमा निकै शक्तिशाली रहेको नेपालको ब्याटिङ अझै सुधार हुन सकिरहेको छैन ।

ब्याटिङको समस्या सुधार नभएकाले नेपाली क्रिकेट समर्थकहरुले नेपाली ब्याटरले ब्याटिङ नै बिर्सिएको भन्दैे ट्रोल गर्न थालेका छन् ।

लिगमा १६ खेल खेलेको युएई २० अङ्कका साथ दोस्रो स्थानमा छ । यता सबैभन्दा कम दश खेल खेलेको नेपाल युएईसँगको हारसँगै १० अङ्कसहित छैटौं स्थानमा यथावत् छ ।

नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक सिरिजअन्तर्गत पहिलो खेलमा युएई र पपुवा न्युगिनी (पिएनजी) आमनेसामने भएका थिए ।

१५ मार्चमा भएको सिरिजको पहिलो खेलमा पिएजनी युएईसँग सात विकेटले पराजित भएको थियो ।

लगत्तै नेपालसँग भिडेको पिएनजी दोस्रो खेलमा पनि दुई विकेटले पराजित भएको थियो । १४ खेल खेलिसकेको पिएनजी अङ्कविहीन रहँदै अङ्कतालिकाको पुछारमा छ ।

नेपालले आफ्नो तेस्रो खेल युएईसँग २१ मार्चमा र सिरिजको अन्तिम तथा चौथो खेलमा पिएजनीको २२ मार्चमा सामना गर्नेछ ।

तस्बिरमा हेर्नुहाेस् नेपाल भर्सेज युएई

प्रकाशित समय: शुक्रबार ४ चैत, २०७८, २१:०२:५३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०