युएईले नेपाललाई दियो एक सय ६९ रनको सामान्य लक्ष्य

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ४ चैत, २०७८
३ वर्षअघि
सामान्य

घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाली क्रिकेट टोलीलाई जितका लागि सामान्य रनको लक्ष्य दिएको छ ।

दुबईमा जारी आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को पाथवेज अन्तर्गत तीन राष्ट्र सम्मिलित सिरिज खेलिरहेका नेपाल र युएईमध्ये युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निधो गरेको थियो ।

तर नेपाली बलर युएईका ब्याटरविरुद्ध हावी भएसँगै युएईले जितका लागि नेपाललाई एक सय ६९ रनको सामान्य लक्ष्य दिएको छ ।

४६.३ ओभर मात्रै खेलेको युएईले सबै विकेट गुमाएर एक सय ६८ रन मात्रै बनाउन सफल भयो ।

युएईका लागि रोहन मुस्तफा र चुन्दनगापोइल रिजनले समान ४० रन बनाउनबाहेक अन्य ब्याटरको प्रदर्शन सन्तोषजनक रहेन ।

ओपनर मोहम्मद वसिमले २१, काशिफ दाउदले १८ र कप्तान अहमेद राजाले १३ रन बनाउनबाहेक युएईका अन्य ब्याटरले दोहोरो अङ्कको रन बनाउन नै सकेनन् ।

नेपालका लागि सर्वाधिक रन तीव्र गतिका बलर सोमपाल कामीले लिए ।

नौ ओभर बलिङ गरेका उनले मात्र ३९ रन खर्चेर सर्वाधिक चार विकेट लिए ।

कामीबाहेक करण केसीले तीन विकेट लिए । कप्तान सन्दिप लामिछाने, दिपेन्द्रसिंह ऐरी र सागर

ढकालले समान एक-एक विकेट लिएसँगै युएई सस्तैमा समेटियो ।

लिगमा १५ खेल खेलिसकेको युएई १८ अङ्कका साथ दोस्रो स्थानमा छ । यता सबैभन्दा कम नौ खेल खेलेको नेपाल १० अङ्कसहित छैटौं स्थानमा छ ।

नेपाल र युएईबाहेक सिरिजमा रहेको पपुवा न्युगिनी (पिएनजी) भने अङ्कतालिकाको पुछारमा छ ।

१४ खेल खेलिसकेको पिएनजी हालसम्म अङ्कविहीन रहेको एक मात्र टोली हो ।

प्रकाशित समय: शुक्रबार ४ चैत, २०७८, १४:५६:५२

सम्बन्धित खबर

सिंगापुर र मलेसियाविरुद्ध नेपालका तीन नयाँ अनुहार

मङ्गलबार ४ चैत, २०८१
३ दिनअघि

विश्वकप छनोट खेल्ने अर्जेन्टिनाको टोलीमा परेनन् मेस्सी

मङ्गलबार ४ चैत, २०८१
३ दिनअघि

लिभरपुललाई हराउँदै ७० वर्षपछि न्युक्यासलले जित्यो उपाधि !

सोमबार ३ चैत, २०८१
४ दिनअघि

पाँचौं मिल्स गोल्डकप : उद्घाटनमा फ्युजन फुटबल क्लबको विजयी सुरुवात

आईतबार २ चैत, २०८१
४ दिनअघि

रोहित र सन्दीपसहित पाँच खेलाडीले मासिक एक लाख तलब थाप्ने, करण र कुशलको भने घट्यो तलब

बिहिबार २९ फाल्गुण, २०८१
१ हप्ताअघि

चर्च ब्वाइजलाई हराउँदै थ्रीस्टारले जित्यो विराट गाेल्डकपकाे उपाधि

बुधबार २८ फाल्गुण, २०८१
१ हप्ताअघि
विराटनगरमा खुकुरी प्रहार गरी एक जना फरार, घटनास्थलमा भेटियो बन्दुक
बिहिबार ६ चैत, २०८१
विराटनगरको दुर्गा चोकमा खुकुरी प्रहार, एक जना घाइते
बिहिबार ६ चैत, २०८१
उपचार खर्च तिर्न नसक्दा गोल्डेन अस्पतालमा शव बन्धक !
बिहिबार ६ चैत, २०८१
लहानमा जातीय विभेदको चरम रूप : महायज्ञ सफल बनाउन दलितलाई उठिवास
बिहिबार ६ चैत, २०८१
सिरहामा अंग्रेजीको प्रश्नपत्र आउट, सिडिओ भन्छन् : मोबाइलको जमाना छ, जे पनि हुन सक्छ
बिहिबार ६ चैत, २०८१
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
बिहिबार ६ चैत, २०८१
कामधेनु डेरीका एक सय किसानलाई बिना धितो दुई लाखसम्मको ऋण प्रदान गरिँदै
बुधबार ५ चैत, २०८१
आगोबाट बच्नलाई भाग्दै थिए एक वृद्ध, बारीको डिलबाट लडेर मृत्यु
बुधबार ५ चैत, २०८१
राजतन्त्र फर्किने-नफर्कने विषयमा के भन्छन् बाबुराम भट्टराई ?
बुधबार ५ चैत, २०८१
चन्द्र ढकाललाई अर्को धक्का : पैदलयात्रीसँग रकम असुली गरेपछि चन्द्रागिरी हिल्सलाई यस्तो निर्देशन !
बुधबार ५ चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०