झापा गाेल्डकप फाइनलमा आयाेजक झापा–११ र आर्मी भिड्दै

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३० फाल्गुण, २०७८
५ वर्षअघि
झापा

माेफसलकाे चर्चित फुटबल प्रतियाेगिता झापा गाेल्डकपकाे पाँचाैँ संस्करणकाे उपाधि छिनाेफानाे आज हुँदैछ ।

विर्तामाेडस्थित डाेमालाल राजवंशी रङ्शालामा मध्यान्ह १२ बजे सुरु हुने फाइनल खेलमा ए डिभिजन क्लब त्रिभुवन आर्मी र आयाेजक झापा ११ आमनेसामने हुँदैछन् ।

Advertisement

फाइनलअघि हिजाे विर्तामाेडमा भएकाे प्रि–म्याच कन्फरेन्समा बाेल्दै दुवै टाेलीका प्रशिक्षकहरुले उपाधि आफूले जित्ने दाबी गरेका छन् ।

आयाेजक झापा–११ का प्रशिक्षक सन्ताेष गुरुङले आफ्नाे टाेली यसपटक उपविजेता नबन्ने तयारीमा रहेकाे स्पष्ट पारेका छन् । त्यसका लागि झापाले स्टार खेलाडी भित्र्याएकाे र उपाधि आफ्नाे  टाेलीकाे पक्का भएकाे उनले दाबी गरे ।

‘हामी चारपटकसम्म उपविजेतामा चित्त बुझाएका टाेली हाैँ’ प्रि–म्याच कन्फरेन्समा बाेल्दै उनले बताए, ‘यसपटक जित निकाल्छाैँ र ट्रफी घरमै राख्छाैँ ।’

यस्तै, त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक नविन न्याैपानेले भने झापाभन्दा आफ्नाे टाेली बढि नै सन्तुलित भएका कारण जित आफ्नाे हुने तर्क गरे ।

‘झापा क्लेक्टिभ टाेली हाे, अन्य खेलाडी ल्याइएर बनाइएकाे’ प्रशिक्षक न्याैपानेले भने, ‘हामीले लामाे समयदेखि खेल्दै आइरहेका छाैँ, दिन प्रतिदिन खेल सुधार भइरहेकाे त्यसैलै उपाधि हामीले जित्ने निश्चित छ ।’

सेमिफाइनलमा ए डिभिजन क्लब सातदाेबाटाे युथ क्लबलाई  हराउँदै आर्मी फाइनल प्रवेश गरेकाे हाे भने झापाले सेमिफाइनलमा सङ्कटालाई पाखा लगाएकाे थियाे ।

आयाेजक झापा प्रतियाेगिताकाे हरेक संस्करणकाे फाइनल पुग्ने एक मात्र टाेली हाे । पाँचाैँ संस्करणसम्म आइपुग्दा चार पटक फाइनल पुगे पनि झापाले उपाधि जित्न सकेकाे छैन ।

यता झापाकाे भाेलिकाे प्रतिद्वन्द्वी आर्मी भने प्रतियाेगिताकाे सर्वाधिक सफल टाेली हाे । हालसम्म तीन पटक गाेल्डकपकाे फाइनल पुगेकाे आर्मीले तीनै पटक गाेल्डकपकाे उपाधि उचालि सकेकाे छ ।

यस संस्करणको झापा गोल्डकपको उपाधि विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद पाउनेछन् ।

त्यसबाहेक व्यक्तिगत विधातर्फ उत्कृष्ट गाेलरक्षक, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

प्रतियाेगिता आयोजक समिति अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियाेगिताका सर्वाधिक गाेलकर्तालाई नगद २५ हजार दिइनेछ भने  प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् ।

भाेलि हुने फाइनल खेल हेर्न नेपाली पुरुष राष्ट्रिय फुटबल टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी समेत झापा आउने भएका छन् ।

अब्दुल्लाह आफैंले सामाजिक सञ्जालमा पाेस्ट गर्दै यसकाे पुष्टि गरिसकेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी
सोमबार २६ असोज, २०८३
मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध
सोमबार २६ असोज, २०८३
पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ
सोमबार २६ असोज, २०८३
सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो
सोमबार २६ असोज, २०८३
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी
सोमबार २६ असोज, २०८३
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान
सोमबार २६ असोज, २०८३
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता
सोमबार २६ असोज, २०८३
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
सोमबार २६ असोज, २०८३
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने
सोमबार २६ असोज, २०८३
महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने
सोमबार २६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०