बेन्जेमाको ह्याट्रिक गोल, पिएसजीविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै रियल क्वार्टरफाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २६ फाल्गुण, २०७८
५ वर्षअघि
बेन्जेमाको ह्याट्रिक

करिम बेन्जेमाको ह्याट्रिक गोलको मद्दतले स्पेनिस महारथी क्लब रियल मड्रिड युरोपको सबैभन्दा ठुलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ ।

करिम बेन्जेमाको ह्याट्रिक गोलको सहायतमा पिएसजीविरुद्धको अन्तिम १६ को दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै रियलले अन्तिम आठमा स्थान बनाएको हो ।

फ्रान्समा भएको पहिलो लेगको खेलमा रियल १-० गोलले पछि परेको थियो ।

लियोनल मेस्सीको पेनाल्टी मिस भए पनि किलियम एम्बाप्पेको गोलमा पिएसजीसँग हारेपछि निराश बनेर स्पेन फर्किएको रियलले दोस्रो लेगमा ३–१ गोलको जित निकाल्दै रियल अघिल्लो चरणमा स्थान बनाएको हो ।

गएराति सान्टियागो बर्नाबेउमा रियललाई जित दिलाउन बेन्जेमाले ह्याट्रिक गोल गरे भने पिएसजीका लागि एम्बाप्पेले गोल गरे ।

पिएसजीले बनाएको अग्रता उल्टाउँदै रियलले जित निकालेको हो । एम्बाप्पेले खेलको ३९औँ मिनेटमा गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

उनको गोलमा पिएसजीले समग्रमा दुई गोलको अग्रता बनायो ।

तर दोस्रो हाफमा गोलकिपर जियान लुइजी डोनारुमाले गरेको गल्ती रियलको पुनरागमनको कडी बन्यो ।

इटालियन गोलकिपरको गल्तीको फाइदा उठाउँदै बेन्जेमाले रियलका लागि गोल फर्काए ।

खेलको ७६ औँ मिनेटमा लुका मोड्रिचले बेन्जेजमाका लागि दोस्रो गोलको अवसर सिर्जना गर्दै समग्रमा खेल बराबरी गरे ।

लगत्तै ३४ वर्षीय खेलाडीले अर्को गोल गर्दै रियलको जित सुनिश्चित गरे ।

योसँगै च्याम्पियन्स लिगमा तीन वटा ह्याट्रिक गर्ने बेन्जेमा पहिलो फ्रान्सेली खेलाडी बनेका छन् ।

डोनारुम्माको त्रुटि नभएसम्म पिएसजी पूर्ण नियन्त्रणमा थियो ।

​मार्को भेराट्टी मिडफिल्डमा ​प्रभावशाली थिए भने नेयमार र लियोनेल मेस्सीले केही खतरनाक अवसर सिर्जना गरिरहेका थिए ।

रियलले धाराप्रवाह विपक्षीहरूलाई नियन्त्रण गर्न संघर्ष गरिररहेको थियो ।

यता, अघिल्लो लेगमा अग्रता बनाएको पिएसजी भने रियलसँग पराजित हुँदै बाहिरियो ।

यस पटक च्याम्पियन्स लिगको उपाधि जित्ने योजनाका साथ मेस्सी, सर्जियो रामोस, डाेनारुम्मालगायत स्टार अनुबन्ध गरेको पिएसजी प्रि- क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेन ।

प्रशिक्षक माैरिसियो पोचेटिन्होले अग्रपंक्तिमा मेस्सी, नेयमार र एम्बाप्पेलाई उतारेका थिए ।

रियलका दुई पूर्वखेलाडीले खेल्न पाएनन् ।

रियलका पूर्वकप्तान रामाेस चोटका कारण बाहिर रहँदा थिबाउ कोर्टुआले टोलीमा स्थान बनाउन सकेनन् ।

यो पनि :

च्याम्पियन्स लिग : लिभरपुल र बायर्न क्वार्टरफाइनलमा, जितका बाबजुत इन्टर बाहिरियो

प्रकाशित समय: बिहिबार २६ फाल्गुण, २०७८, ०६:५५:३१
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०