तस्बिरमा हेर्नुस् नेपाल भर्सेस क्यानडा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ फाल्गुण, २०७८
४ वर्षअघि

क्यानडालाई आठ विकेटले पाखा लगाउँदै नेपाल आईसिसी टी२० ग्लोबल क्वालिफायरअन्तर्गत समूह ‘ए’ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

ओमानस्थित अल अमेरत क्रिकेट रङ्गशालामा भएको खेलमा पहिले ब्याटिङ गरेकाे क्यानडाले नेपाललाई ८१ रनको झिनो विजयी लक्ष्य दिएको थियो ।

नेपालका लागि सर्वाधिक रन कुशल भुर्तेलले ३४ र दिपेन्द्रसिंह ऐरीले २७ रनको नट आउट पारी खेलको थिए ।

सामान्य लक्ष्य पछ्याएको नेपालले पाँच ओभरमा आफ्नो दुई विकेट गुमाएको थियो ।

पहिलो विकेटका रूपमा नेपालका ओपनर आशिफ शेख आउट भएका थिए । उनलाई सलमान नजारले एलबीडब्ल्यू धरापमा पारेका थिए ।

१६ बलको सामना गरेका शेखले एक छक्का र एक चौकाको मद्दतमा १७ रन बनाएका थिए ।

शेख पेभिलियन फर्किएको तेस्रो बलमा नै नेपालले कुशल मल्लाई दोस्रो विकेटका रुपमा गुमाएको थियो । मल्ल ‘गोल्डेन डक आउट’ भएका थिए ।

पहिलो बलको सामना गरेका मल्लाई कलिम सानाले क्लिन बोल्ड गरेका थिए ।

टस हारेर बलिङको निम्तो पाएको नेपालले निकै किफायती बलिङ गरेको थियो ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले तीन, कमलसिंह ऐरी र अविनाश बोहराले समान दुई र कुशल मल्ले एक एक विकेट लिएका थिए ।

क्यानडाका लागि सर्वाधिक रन डिलन हेलिगरले बनाए । २२ बलको सामना गर्दै उनले एक चौका र दुई छक्काको मद्दतमा २४ रनको योगदान दिए ।

क्यानडाविरुद्धको खेलमा विजयी भएसँगै नेपाल ग्लोबल क्वालिफायरको समूह ‘बी’ को विजेता बनेको छ ।

विजेता भएसँगै नेपालले फाइनल प्रवेशका लागि समूह ‘ए’ को उप–विजेता यूएईसँग खेल्नेछ ।

समूह चरणका तीनै खेलमा जित दर्ता गरेको नेपालले अपराजित रहँदै ६ अङ्कुसहित तालिकाको शीर्ष स्थान कब्जा गरेको हो ।

फिलिपिन्सविरुद्ध नौ विकेटको विशाल अन्तरको जित दर्ता गर्दै ओमानले पनि नेपालसँगै सेमिफाइनलमा स्थान बनाएको छ ।

फाइनल प्रवेशका लागि ओमानले समूह ‘ए’ को विजेता स्कटल्यान्डसँग खेल्नेछ ।

पहिलो सेमिफाइनलमा भोलि नेपालले दिउँसो ३ः४५ बजे यूएईको सामना गर्दा सोही समयमा सुरु हुने अर्काे सेमिफाइनलमा स्कटल्यान्डले ओमानको सामना गर्दैछ ।

नेपाल सम्मिलित ग्लोबल क्वालिफायरको समूह ‘ए’ को फाइनल पुग्ने दुवै टोलीले अस्ट्रेलियामा हुने आईसिसी टी२० विश्वकपमा सहभागिता जनाउनेछ ।

प्रकाशित समय: सोमबार ९ फाल्गुण, २०७८, २१:५९:१०

सम्बन्धित खबर

देवानगञ्जमा फेरि भिडन्त : दुवै पक्ष हातहतियार सहित निस्किए 
मङ्गलबार १२ साउन, २०८३
सुनसरीको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द
मङ्गलबार १२ साउन, २०८३
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०