टी२० विश्वकप नजिक नेपाल, क्यानडालाई पाखा लगाउँदै क्वालिफायरको सेमिफाइनलमा

फाइनल प्रवेशका लागि यूएईसँग खेल्ने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ फाल्गुण, २०७८
४ वर्षअघि
सेमिफाइनलमा

क्यानडालाई आठ विकेटले पाखा लगाउँदै नेपाल आईसिसी टी२० ग्लोबल क्वालिफायरअन्तर्गत समूह ‘ए’ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

ओमानस्थित अल अमेरत क्रिकेट रङ्गशालामा भएको खेलमा पहिले ब्याटिङ गरेकाे क्यानडाले नेपाललाई ८१ रनको झिनो विजयी लक्ष्य दिएको थियो ।

नेपालका लागि सर्वाधिक रन कुशल भुर्तेलले ३४  र दिपेन्द्रसिंह ऐरीले २७ रनको नट आउट पारी खेलको थिए ।

सामान्य लक्ष्य पछ्याएको नेपालले पाँच ओभरमा आफ्नो दुई विकेट गुमाएको थियो ।

पहिलो विकेटका रुपमा नेपालका ओपनर आशिफ शेख आउट भएका थिए । उनलाई सलमान नजारले एलबीडब्ल्यू धरापमा पारेका थिए ।

१६ बलको सामना गरेका शेखले एक छक्का र एक चौकाको मद्दतमा १७ रन बनाएका थिए ।

शेख पेभिलियन फर्किएको तेस्रो बलमा नै नेपालले कुशल मल्लाई दोस्रो विकेटका रुपमा गुमाएको थियो । मल्ल ‘गोल्डेन डक आउट’ भएका थिए ।

पहिलो बलको सामना गरेका मल्लाई कलिम सानाले क्लिन बोल्ड गरेका थिए ।

टस हारेर बलिङको निम्तो पाएको नेपालले निकै किफायती बलिङ गरेको थियो ।

नेपालका लागि कप्तान सन्दिप लामिछानेले तीन, कमलसिंह ऐरी र अविनाश बोहराले समान दुई र कुशल मल्ले एक एक विकेट लिएका थिए ।

क्यानडाका लागि सर्वाधिक रन डिलन हेलिगरले बनाए । २२ बलको सामना गर्दै उनले एक चौका र दुई छक्काको मद्दतमा २४ रनको योगदान दिए ।

नेपाललाई पहिलो सफलता कमलसिंह ऐरीले दिलाएका थिए ।

खेलको पहिलो ओभरको पाँचौँ बलमा ऐरीले म्याथ्यु स्पोर्सलाई कुशल भुर्तेलमार्फत क्याच गराएका थिए ।

नेपाललाई दोस्रो सफलता पनि ऐरीले नै दिलाएका थिए ।

खेलको चौथो ओभरको तेस्रो बलमा नवनीत धालीवाललाई १८ रनमा पेभिलियन फर्काएका थिए ।

पाँचौँ ओभरको दोस्रो बलमा नेपालले तेस्रो सफलता पाएको थियो ।

अविनाश बोहराले रायन पठानलाई १४ रनमा क्रिज छाड्न बाध्य बनाएका थिए ।

पठानलाई कमलसिंह ऐरीले रन आउट गरेका थिए ।

सोही ओभरको अन्तिम बलमा रविन्द्रपाल सिंहलाई विकेटकिपर आशिफ शेखमार्फत क्याच आउट गराउँदै बोहराले नै नेपाललाई चौथो सफलता दिलाएका थिए ।

सातौँ ओभरको अन्तिम बलमा नेपालका कप्तान सन्दिप लामिछानेले हाम्जा तारिकलाई एलबीडब्ल्यू धरापमा पारेका थिए ।

पाँच बलको सामना गरेका तारिकले एक रनमात्रै जोड्न सफल भएका थिए ।

नेपाललाई छैटौँ सफलता दिपेनद्रसिंह ऐरीले दिलाए ।

खेलको आठौँ ओभर बलिङ गर्न आएका उनले साद बिन जफरको विकेट लिएका थिए ।

उनलाई कमलसिंह ऐरी र विकेटकिपर आशिफ शेखले मिलेर रन आउट गराएका थिए ।

क्यानडाको सातौँ विकेटका रुपमा कलिम साना आउट भए । उनलाई कप्तान लामिछानेले कुशल मल्लमार्फत क्याच आउट गराए ।

नेपाललाई आठौँ सफलता कुशल मल्लले दिलाए । उनले हर्ष थाकेरलाई एलबीडब्ल्यू धरापमा पारेका थिए ।

आउट हुनुअघि थाकेरले चार बलको सामना गर्दै दुई रन मात्र जोडेका थिए ।

नवौं विकेटका रुपमा जुनैद सिद्धिकीलाई कप्तान लामिछानेले पेभिलियन फर्काए ।

सिद्धिकीलाई विकेट किपर आशिफ शेखले क्याच गर्दै क्रिज छाड्न बाध्य बनाए ।

नेपालविरुद्ध क्यानडाका ७ ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

ओपनर म्याथ्यु म्याथ्यु स्पोर्स शुन्य रनमा आउट हुँदा रविन्द्रपाल सिंह, हाम्जा तारिक र कलिम शाना एक रनमा पेभिलियन फर्किएका थिए ।

साद बिन जार, हार्स थाकेर र जुनैद सिद्धिकीले समान दुई–दुई रन बनाए ।

त्यसबाहेक, रायान पठानले १४ र कप्तान नवनीत धालीवालले १८ रनको योगदान दिएर पेभिलियन फर्किएका थिए ।

दसौँ नम्बरमा ब्याटिङ गर्न आएका डिलन हेलिगर र सलमान नजरले क्यानडाको इनिङ सम्हाल्ने प्रयास गरेका थिए ।

तर अविनाश बोहराले नजरलाई १० रनमा क्याच गराएपछि क्यानडा ८० रनमा अल आउट भएको थियो ।

क्यानडाविरुद्धको खेलमा विजयी भएसँगै नेपाल ग्लोबल क्वालिफायरको समूह ‘बी’ को विजेता बनेको छ ।

विजेता भएसँगै नेपालले फाइनल प्रवेशका लागि समूह ‘ए’ को उप–विजेता यूएईसँग खेल्नेछ ।

समूह चरणका तीनै खेलमा जित दर्ता गरेको नेपालले अपराजित रहँदै ६ अङ्कुसहित तालिकाको शीर्ष स्थान कब्जा गरेको हो ।

फिलिपिन्सविरुद्ध नौ विकेटको विशाल अन्तरको जित दर्ता गर्दै ओमानले पनि नेपालसँगै सेमिफाइनलमा स्थान बनाएको छ ।

फाइनल प्रवेशका लागि ओमानले समूह ‘ए’ को विजेता स्कटल्यान्डसँग खेल्नेछ ।

पहिलो सेमिफाइनलमा भोलि नेपालले दिउँसो ३ः४५ बजे यूएईको सामना गर्दा सोही समयमा सुरु हुने अर्काे सेमिफाइनलमा स्कटल्यान्डले ओमानको सामना गर्दैछ ।

नेपाल सम्मिलित ग्लोबल क्वालिफायरको समूह ‘ए’ को फाइनल पुग्ने दुवै टोलीले अस्ट्रेलियामा हुने आईसिसी टी२० विश्वकपमा सहभागिता जनाउनेछ ।

 

प्रकाशित समय: सोमबार ९ फाल्गुण, २०७८, १८:१३:३९

सम्बन्धित खबर

दीपेन्द्रको आक्रमक अर्धशतक, टी-२० विश्वकपमा १२ वर्षपछि नेपालको जित

मङ्गलबार ५ फाल्गुण, २०८२
१५ घण्टाअघि

विश्वकपको समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर आठमा

आईतबार ३ फाल्गुण, २०८२
३ दिनअघि

टी–२० विश्वकपमा आज नेपालको कडा परीक्षा, दुई पटकको च्याम्पियन वेस्ट इन्डिजसँग भिड्दै

आईतबार ३ फाल्गुण, २०८२
३ दिनअघि

टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल हुँदै

शुक्रबार १ फाल्गुण, २०८२
५ दिनअघि

टी–२० विश्वकप : कमजोर ब्याटिङका कारण इटालीसँग नेपाल लज्जासपद हार

बिहिबार ३० माघ, २०८२
६ दिनअघि

इटालीविरुद्ध पहिलो टी–२० आई भिडन्तमा नेपाल, १२ वर्षपछि विश्वकप जितको खोजी

बिहिबार ३० माघ, २०८२
६ दिनअघि
बनेपामा टिपरको ठक्करबाट एकको मृत्यु, आक्रोशित भीडले टिपरमा आगजनी
बुधबार ६ फाल्गुण, २०८२
अधुरा काम सक्ने योजनासहित उम्मेदवार बनेकी चौधरी
बुधबार ६ फाल्गुण, २०८२
मापसे गरेका वडाध्यक्षले चलाएको गाडीमा मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु
बुधबार ६ फाल्गुण, २०८२
इटहरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
बुधबार ६ फाल्गुण, २०८२
दीपेन्द्रको आक्रमक अर्धशतक, टी-२० विश्वकपमा १२ वर्षपछि नेपालको जित
मङ्गलबार ५ फाल्गुण, २०८२
एभरेष्टमा दुईदिने शैक्षिक प्रदर्शनी सुरु
मङ्गलबार ५ फाल्गुण, २०८२
ग्रिनपिस सुपरलिगको उपाधि टाइटन्स्लाई
मङ्गलबार ५ फाल्गुण, २०८२
वृद्ध पैदलयात्रीलाई मुक्का हान्ने व्यक्ति पक्राउ
मङ्गलबार ५ फाल्गुण, २०८२
कांग्रेसका कार्कीले चुनावको मुखमा पार्टी प्रवेश गराए एमाले नेतृ मेहतासहित ५० जनालाई !
मङ्गलबार ५ फाल्गुण, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टीको माग : दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्
मङ्गलबार ५ फाल्गुण, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०