नेपाली क्रिकेट टाेलीमा करण ‘आउट’ र गुल्शन ‘इन’ हुने सम्भावना

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३ फाल्गुण, २०७८
५ वर्षअघि
करण गुल्शन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीले आईसिसी टी२० विश्वकप ग्लोबल क्वालिफायर गुमाउने सम्भावना बढेको छ ।

छनोटका लागि ओमान पुगेको १७ सदस्यीय नेपाली टोलीका साथमा प्रतियोगिता स्थल पुगे पनि चोटग्रस्त रहेका केसीले खेल गुमाउने सम्भावना उच्च रहेको हो ।

Advertisement

ढाडमा समस्या देखिएका कारण अनफिट रहेका उनले ओमानमा चार राष्ट्र सम्मिलित टी२० सिरिजका नेपालले खेलेका तीनै खेल खेलेनन् ।

फेब्रुअरी १८ देखि ओमानमा आईसिसी टी२० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’ का खेल सुरू हुँदैछन् ।

टोलीमा भरपर्दा अर्का तीव्र गतिका बलर सोमपाल कामी समेत नहुँदा नेपाललाई बलिङमा समस्या देखिने भएको छ ।

चोटका कारण कामी र केसी टिमबाट आउट भएपछि नेपाली टोलीमा अब जितेन्द्र मुखिया, अविनाश बोहरा र कमलसिंह ऐरीमा गरी तीन तीव्र गतिका बलर मात्र रहेका छन् ।

नेदरल्यान्ड्सविरुद्ध खेल्दै सन् २०१५ मा नेपाली टोलीबाट टी२० मा डेब्यू गरेका ३० वर्षीय केसी ‘हार्ड हिटर’का रुपमा परिचित छन् ।

टी२० आईका ३३ खेलमा ४४ विकेट लिएका केसीले नेपालका लागि दुई सय २८ रन बनाएका छन् ।

लोअर अर्डरमा आएर खेल जिताउन सक्ने क्षमता राख्ने केसी टोलीमा नहुँदा नेपाललाई समस्या पर्ने निश्चित छ ।

तर उनको स्थानमा युवा खेलाडी गुल्शन झालाई ओमान पठाउने तयारी नेपाल क्रिकेट सङ्घ (क्यान)ले गरिरहेको छ ।

दायाँ हाते बलर र बाँया हाते ब्याटर झाले भने नेपालका लागि टी२० आईमा डेब्यू गर्न बाँकी छ ।

१५ वर्षीय झाले गत सेप्टेम्बरमा ओमानमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका क्रममा अमेरिकाविरुद्ध डेब्यू गरेका थिए ।

ओमान, क्यानडा र फिलिपिन्ससँगै समूह ‘ए’ मा रहेको नेपालको क्वालिफायर खेल्ने अन्तिम टोलीको घोषणा आज गरिँदैछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०