अर्धशतकपछि दिपेन्द्र सिंह ऐरीको ‘पोज’ (तस्बिरहरू)

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २८ माघ, २०७८
५ वर्षअघि

दिपेन्द्र सिंह ऐरीले अविजित अर्धशतकीय रन बनाएपछि नेपालले शुक्रबार घरेलु टिम ओमानलाई पराजित गरेको छ ।

चारदेशीय अन्तर्राष्ट्रिय टि-२० शृङ्खलाको पहिलो खेलमा शुक्रबार नेपालले ओमानलाई ६ विकेटले हराएको हो ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा घरेलु टिम ओमानले पहिले ब्याटिङ गरी निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३५ रनमात्र बनाएको थियो ।

नेपालले १९ दशमलव ३ ओभरमा चार विकेटको क्षतिमा एक सय ३७ रन बनायो ।

दिपेन्द्रले ५३ बलमा अविजित ७३ रन बनाए ।

उनले आठ चौका र एक छक्का प्रहार गरे ।

दिपेन्द्र म्यान अफ दि म्याच पनि बने ।

यस्तै, आरिफ शेखले २५ रन बनाए ।

आरिफले २० बलमा तीन चाैका प्रहार गरे ।

आसिफ शेखले ११ बलमा दुई चौका प्रहार गर्दै १४ रन बनाए भने पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १६६ बलमा १३ रन जोडे ।

यस्तै, प्रदीप ऐरीले १४ बलमा चार रन जोडे ।

बलिङतर्फ ओमानका कालिमुल्लाहले दुई तथा खबर अलीले एक विकेट लिए ।

त्यसअघि नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभर खेल्दा ६ विकेटको क्षतिमा एक सय ३५ रन बनाएको थियो ।

ओमानका कप्तान जीशन मक्सुदले अजिवित रहँदै सर्वाधिक धेरै ४३ रन जोडे ।

उनले ४१ बल खेल्दा चार चौका र एक छक्का प्रहार गरे ।

यस्तै, मोहम्मद नदीमले ३१ रन जोडे ।

उनले ३० बल खेल्दा दुई चौका प्रहार गरे ।

यसैगरी जतिन्दर सिंहले तीन चौका प्रहार गर्दै आठ बलमा १३ रन जोडे भने कश्यप प्रजापति ११ रनमा आउट भए ।

शोयब खान र आयन खानले समान ११–११ रन बनाए भने खुरान नवाजले अजिवित ६ रन बनाए ।

नदीम खुसी शून्य रनमै आउट भए ।

बलिङतर्फ नेपालका अविनाश बोहोराले सर्वाधिक तीन विकेट हात पारे ।

चार ओभर बलिङ गरेका उनले २६ रनमात्र खर्चिए ।

यस्तै, कमल ऐरीले चार ओभर बलिङ गर्दा २५ रन खर्चिएर एक विकेट लिए भने आरिफ शेखले एक ओभर बलिङ गर्दा दुई रन खर्चिएर एक विकेट लिए ।

नेपालका कप्तान सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो ।

उनले तीन ओभर बलिङ गर्दा रन खर्चिए ।

प्रकाशित समय: शुक्रबार २८ माघ, २०७८, २१:०२:४६
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०