अर्धशतकपछि दिपेन्द्र सिंह ऐरीको ‘पोज’ (तस्बिरहरू)

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २८ माघ, २०७८
२ वर्षअघि

दिपेन्द्र सिंह ऐरीले अविजित अर्धशतकीय रन बनाएपछि नेपालले शुक्रबार घरेलु टिम ओमानलाई पराजित गरेको छ ।

चारदेशीय अन्तर्राष्ट्रिय टि-२० शृङ्खलाको पहिलो खेलमा शुक्रबार नेपालले ओमानलाई ६ विकेटले हराएको हो ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा घरेलु टिम ओमानले पहिले ब्याटिङ गरी निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ३५ रनमात्र बनाएको थियो ।

नेपालले १९ दशमलव ३ ओभरमा चार विकेटको क्षतिमा एक सय ३७ रन बनायो ।

दिपेन्द्रले ५३ बलमा अविजित ७३ रन बनाए ।

उनले आठ चौका र एक छक्का प्रहार गरे ।

दिपेन्द्र म्यान अफ दि म्याच पनि बने ।

यस्तै, आरिफ शेखले २५ रन बनाए ।

आरिफले २० बलमा तीन चाैका प्रहार गरे ।

आसिफ शेखले ११ बलमा दुई चौका प्रहार गर्दै १४ रन बनाए भने पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १६६ बलमा १३ रन जोडे ।

यस्तै, प्रदीप ऐरीले १४ बलमा चार रन जोडे ।

बलिङतर्फ ओमानका कालिमुल्लाहले दुई तथा खबर अलीले एक विकेट लिए ।

त्यसअघि नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभर खेल्दा ६ विकेटको क्षतिमा एक सय ३५ रन बनाएको थियो ।

ओमानका कप्तान जीशन मक्सुदले अजिवित रहँदै सर्वाधिक धेरै ४३ रन जोडे ।

उनले ४१ बल खेल्दा चार चौका र एक छक्का प्रहार गरे ।

यस्तै, मोहम्मद नदीमले ३१ रन जोडे ।

उनले ३० बल खेल्दा दुई चौका प्रहार गरे ।

यसैगरी जतिन्दर सिंहले तीन चौका प्रहार गर्दै आठ बलमा १३ रन जोडे भने कश्यप प्रजापति ११ रनमा आउट भए ।

शोयब खान र आयन खानले समान ११–११ रन बनाए भने खुरान नवाजले अजिवित ६ रन बनाए ।

नदीम खुसी शून्य रनमै आउट भए ।

बलिङतर्फ नेपालका अविनाश बोहोराले सर्वाधिक तीन विकेट हात पारे ।

चार ओभर बलिङ गरेका उनले २६ रनमात्र खर्चिए ।

यस्तै, कमल ऐरीले चार ओभर बलिङ गर्दा २५ रन खर्चिएर एक विकेट लिए भने आरिफ शेखले एक ओभर बलिङ गर्दा दुई रन खर्चिएर एक विकेट लिए ।

नेपालका कप्तान सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो ।

उनले तीन ओभर बलिङ गर्दा रन खर्चिए ।

प्रकाशित समय: शुक्रबार २८ माघ, २०७८, २१:०२:४६
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८