विभिन्न किसिमका मेसेजिङ एपबाट फोटो तथा भिडियोहरु आदानप्रदान गर्ने गरिन्छ ।
त्यसरी फोटो भिडियोहरू पठाउँदा प्रापकको च्याट बक्समा पुग्ने बेलामा तस्बिर तथा भिडियो प्रायः गुणस्तरहिन हुन्छन् । तर ह्वाट्सएपमा उच्च गुणस्तरको फोटो तथा भिडियो पठाउन सकिन्छ जसका लागि यसो गर्नुहोस् ।
आफ्नो स्मार्टफोनमा ह्वाट्सएप खोल्नुहोस् ।
एप खोलेपछि त्यसको साइडमा तीनवटा थोप्ला भएको आइकनमा थिच्नुहोस् र सेटिंग्स अप्सनमा जानुहोस् ।
त्यसपछि स्टोरेज एन्ड डाटा अप्सनमा जानुहोस् ।
स्टोरेज एन्ड डाटा अप्सनमा फोटो अप्लोड क्वालिटीको अप्सन देखापर्छ, त्यसमा ट्याप गर्नुहोस् ।
त्यहाँ क्वालिटीमा विभिन्न तीनवटा अप्सन प्राप्त हुनछन् ।
पहिलो अटो, दोस्रो बेस्ट क्वालिटी र तेस्रो डाटा सेभर ।
उच्च गुणस्तरमा कुनै तस्बिर कसैलाई पठाउन चाहुनुहन्छ भने बेस्ट क्वालिटीको अप्सन छान्नुपर्ने हुन्छ ।
बेस्ट क्वालिटी अप्सन छनोट गरिसकेपछि तस्वीर उच्च क्वालिटीमा पठाउन सकिन्छ ।