डिजिटल हबतर्फको यात्रामा नेपाल

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २८ ब‌ैशाख, २०८३
३ हप्ताअघि

कुनै एक समय थियो, नेपाल केवल जलस्रोत र पर्यटनको देशका रूपमा चिनिन्थ्यो । हुन त अहिले पनि ऊर्जाका लागि प्रशस्त सम्भावना छन् नेपालमा । अनि विश्वभरिका पर्यटकलाई लोभ्याउन सक्ने खालका पर्यटकीय स्थलहरू पनि छन् । तर, ऊर्जा क्षेत्रमा लगानी नहुँदा भारतबाट बिजुली किन्नुपर्ने बाध्यता छ । पर्यटनमा पनि यथेष्ट रूपमा प्रमोट हुन नसक्दा टुरिस्टहरू अपेक्षाकृत ढंगले भित्रिएका छैनन् ।

ऊर्जा र पर्यटनबाहेक पनि नेपाल डिजिटल हबतर्फ अगाडि बढेको आभास गर्न सकिन्छ । आउनुस् आज हामी यतातर्फ कुरा गरौं । विश्व नै डिजिटल युगतर्फ तीव्र गतिमा अघि बढिरहँदा त्यसमा नेपाल पनि यसबाट अलग छैन । एआई अर्थात् कृत्रिम बुद्धिमत्ता, क्लाउड कम्प्युटिङ, डिजिटल बैंकिङ, सामाजिक सञ्जाल र अनलाइन सेवाको विस्तारसँगै नेपालसमेत डिजिटल हबतर्फको यात्रामा अगाडि बढिरहेको छ । यही परिदृश्यलाई मध्येनजर गरेर अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरूले नेपालमा लगानी गर्ने कुरामा चासो देखाइरहेका छन् ।

किनकि, नेपालमा अहिले इन्टरनेट प्रयोगकर्ता र सामाजिक सञ्जाल प्रयोग गर्ने जनसंख्या तीव्र रूपमा बढिरहेको छ । डिजिटल भुक्तानी, अनलाइन व्यापार, ई-शिक्षा र सामग्री निर्माणमा युवाहरू सक्रिय छन् । यही कारण Google र Meta जस्ता विश्वका ठूला प्रविधि कम्पनीहरूको नेपालप्रतिको चासो बढ्नु स्वाभाविक मानिन्छ । यदि यस्ता कम्पनीहरूले नेपालमा प्रत्यक्ष वा अप्रत्यक्ष लगानी गरे भने, त्यसले देशको डिजिटल अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सक्छ । सूचना प्रविधि क्षेत्रमा रोजगारी बढ्न सक्छ, नेपाली युवाले अन्तर्राष्ट्रिय स्तरका सीप सिक्ने अवसर पाउन सक्छन्, तथा स्टार्टअप र नवप्रवर्तनलाई नयाँ गति मिल्न सक्छ ।

यस्तो सम्भावनाको वास्तविक संकेत बनेर आएको छ बिचुटेन डाटा भल्टको महत्वाकांक्षी योजना, नेपालमै विश्वस्तरीय टियर-४ हाइपरस्केल डाटा सेन्टर निर्माण । काठमाडौँको चोभार र भारतसँगको सीमा नजिकैको वीरगञ्जमा निर्माण हुने भनिएको यो परियोजनाले केवल प्रविधि क्षेत्रलाई मात्र होइन, नेपालको समग्र अर्थतन्त्र, साइबर सुरक्षा, रोजगारी र डिजिटल आत्मनिर्भरतामा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

नेपालमा हालसम्म बैंक, दूरसञ्चार कम्पनी, अनलाइन सेवा प्रदायक र ठूला निजी संस्थाहरू आफ्ना डाटा सुरक्षित राख्न विदेशी सर्भर र डाटा सेन्टरमा निर्भर रहँदै आएका छन् । यसले डाटा सुरक्षादेखि राष्ट्रिय सुरक्षासम्मका संवेदनशील प्रश्न उठाउँदै आएको थियो । यही चुनौतीलाई अवसरमा बदल्ने लक्ष्यसहित नेपाली उद्यमीहरूको समूहले बिचुटेन डाटा भल्टमार्फत नेपालमै सुरक्षित र अत्याधुनिक डाटा भण्डारण पूर्वाधार निर्माणको योजना अघि सारेको हो ।

नवीन अग्रवाल, मिन अग्रवाल, अनुज केयल, विशाल कुमार जटिया र शरद गोयलको नेतृत्वमा अघि बढाइएको यो परियोजनाले नेपालको डिजिटल सार्वभौमिकता सुदृढ बनाउने दाबी गरेको छ । उल्लेखनीय छ कि बिचुटेन नाम भगवान विष्णुको जापानी बौद्ध नामबाट आएको हो, जसको अर्थ “रक्षक” हो ।

टियर-४ स्तरको डाटा सेन्टरले ९९.९९५ प्रतिशत अपटाइम सुनिश्चित गर्नेछ, जुन बैंकिङ, दूरसञ्चार, सरकारी सेवा र संवेदनशील डिजिटल कारोबारका लागि अत्यन्त विश्वसनीय मानिन्छ । यो परियोजना प्रारम्भिक चरणमा २४० किलोवाट क्षमताबाट सुरु हुनेछ भने सन् २०३० सम्ममा ५ मेगावाट क्षमतामा विस्तार गर्ने लक्ष्य राखिएको छ । विशेष कुरा के छ भने यो सम्पूर्ण संरचना नेपालको आफ्नै जलविद्युतबाट सञ्चालन गरिनेछ । जलविद्युत उत्पादन तीव्र रूपमा बढिरहेको अवस्थामा यस्तो परियोजनाले अतिरिक्त विद्युत् खपतको नयाँ बजार सिर्जना गर्नेछ, र साथसाथै नेपाललाई ग्रीन डाटा सेन्टरको रूपमा विश्वसामु स्थापित गर्न समेत मद्दत गर्न सक्छ ।

२.५ अर्ब रुपैयाँभन्दा बढी लगानी अनुमान गरिएको यो परियोजनाले सूचना प्रविधि र इन्जिनियरिङ क्षेत्रमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने सम्भावना बोकेको छ । दक्ष प्राविधिक, नेटवर्क इन्जिनियर, साइबर सुरक्षा विज्ञ, सफ्टवेयर विशेषज्ञ तथा पूर्वाधार व्यवस्थापन क्षेत्रमा नयाँ अवसर खुल्ने देखिन्छ । यसले विदेश पलायन भइरहेका नेपाली युवालाई देशभित्रै सम्भावना खोज्ने वातावरण बनाउन सहयोग पुग्न सक्छ ।

यसैबीचमा, Meta र वर्ल्डलिंकले टियर-३ डाटा सेन्टर निर्माण गर्ने सम्झौता पनि गरेका छन् । वर्ल्डलिंकको चन्द्रागिरीमा पनि डाटा सेन्टर सञ्चालनमा छ । परियोजनामा Google Cloud, AMD, Micron र VVDC जस्ता अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरूसँग सहकार्य गरिनु अर्को सकारात्मक पक्ष हो । यसले नेपालप्रति विश्व प्रविधि बजारको विश्वास बढ्दै गएको संकेत गर्छ । विदेशी प्रविधि साझेदारीले नेपालमा आधुनिक ज्ञान, प्रविधि र दक्षता हस्तान्तरण हुने अपेक्षा समेत गरिएको छ ।

बिचुटेनले केवल डाटा सेन्टरमै सीमित नरही नेपालमै सर्भर, क्यामेरा, ल्यापटप र ट्याब्लेट उत्पादन गर्ने योजना पनि सार्वजनिक गरेको छ । अहिलेसम्म अधिकांश डिजिटल उपकरण आयातमा निर्भर रहेको नेपालले उत्पादनतर्फ पाइला चाल्नु अर्थतन्त्रका लागि महत्वपूर्ण उपलब्धि मानिन्छ । स्वदेशमै पूर्वाधार निर्माण भएसँगै डाटा भण्डारणका लागि विदेशी कम्पनीलाई ठूलो रकम तिर्नुपर्ने अवस्था पनि अन्त्य हुने अपेक्षा गरिएको छ ।

तर अवसरसँगै चुनौती पनि छन् । नेपालमा अझै स्थिर नीति, भरपर्दो विद्युत् आपूर्ति, उच्चगतिको इन्टरनेट, डाटा सुरक्षा कानुन र दक्ष जनशक्तिको आवश्यकता रहेको देखिन्छ । विदेशी लगानी भित्र्याउन सरकारले पारदर्शी नीति र लगानीमैत्री वातावरण बनाउन आवश्यक छ । यदि यस्ता कम्पनीहरूले नेपालमा डाटा सेन्टर, क्लाउड सेवा, डिजिटल तालिम वा टेक्नोलोजी हब स्थापना गरे भने, नेपालको सूचना प्रविधि क्षेत्रले नयाँ उचाइ लिन सक्छ ।

अन्त्यमा, Google, Meta वा बिचुटेन जस्ता कम्पनीहरूको लगानी र पहलकदमी केवल आर्थिक विषय मात्र होइन, यो नेपालको डिजिटल भविष्यसँग जोडिएको विषय हो । उचित नीति, दक्ष जनशक्ति र दीर्घकालीन योजना भएमा नेपाल दक्षिण एशियाको उदाउँदो प्रविधि केन्द्र बन्न सक्ने सम्भावना पहिलेभन्दा कहीँ बढी बलियो देखिन्छ ।

प्रकाशित समय: सोमबार २८ ब‌ैशाख, २०८३, १०:२४:४२

सम्बन्धित खबर

एसइई नतिजा हेर्न सकिने माध्यम सार्वजनिक, बोर्डद्वारा तयारी तीव्र

आईतबार २७ ब‌ैशाख, २०८३
३ हप्ताअघि

शैक्षिक पात्रो सुधार्न त्रिविमा धमाधम परीक्षा, साउनदेखि नियमित तालिका लागू हुने

शनिवार १९ ब‌ैशाख, २०८३
४ हप्ताअघि

सामाजिक सञ्जाल: अवसर कि समयको बर्बादी?

आईतबार १३ ब‌ैशाख, २०८३
१ महिनाअघि

इरानमा ५७ दिनको इन्टरनेट अवरोध,अर्थतन्त्रमा अर्बौ नोक्सानी

आईतबार १३ ब‌ैशाख, २०८३
१ महिनाअघि

सरकारले ल्याउँदै निःशुल्क शिक्षा नीति, १८ बुँदे प्रतिबद्धतामा समावेश

मङ्गलबार १ ब‌ैशाख, २०८३
२ महिनाअघि

डिजेल र पेट्रोलका सवारीलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो खुल्यो

आईतबार २२ चैत, २०८२
२ महिनाअघि
प्रतिनिधिसभा तनावपूर्ण : कुर्सी तोडफोडदेखि सभामुखको वेलसम्म विपक्षीको हंगामा
आईतबार १७ जेठ, २०८३
वैदेशिक ठगीको नयाँ स्वरुपः कामदारको तलब एजेन्टको गोजीमा
आईतबार १७ जेठ, २०८३
राप्रपाका महामन्त्री राणाले छोडे राप्रपा, नयाँ ‘राष्ट्रवादी शक्ति’ निर्माणको आह्वान
आईतबार १७ जेठ, २०८३
राष्ट्रिय सभाबाट पारित भयो प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक
आईतबार १७ जेठ, २०८३
‘सुकुमबासी व्यवस्थापनबारे ३५ वर्षमा हुन नसकेको काम ३५ मिनेटमा नखोजौँ’
आईतबार १७ जेठ, २०८३
नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ : प्रधानमन्त्री
आईतबार १७ जेठ, २०८३
राष्ट्रिय सभाको बैठक स्थगित, दुई महत्त्वपूर्ण विधेयकमाथि सहमति खोजिँदै
आईतबार १७ जेठ, २०८३
एकैदिन साढे २० हजार बढ्यो सुनको मूल्य
आईतबार १७ जेठ, २०८३
टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ
आईतबार १७ जेठ, २०८३
बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप
शनिवार १६ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०