रास्कोटमै मालपोत र नापी सेवा सुरु, सदरमुकाम धाउनुपर्ने स्थानीयको बाध्यता हट्दै

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २१ कार्तिक, २०८३
३ हप्ताअघि

भूमि व्यवस्थापन, नापी र इलाका प्रशासनलगायत सरकारी सेवा स्थानीय तहमै विस्तार भएपछि कालीकोटको रास्कोट नगरपालिकाका बासिन्दालाई सहज भएको छ। सामान्य सरकारी कामका लागि समेत सदरमुकाम मान्म पुग्नुपर्ने बाध्यता हट्दै गएपछि स्थानीय क्षेत्रमा आर्थिक तथा प्रशासनिक गतिविधि बढ्न थालेका छन्।

सेवा विस्तारसँगै नगरपालिकाबाट पहिलोपटक जग्गा राजीनामाको कामसमेत सम्पन्न भएको छ। पहिलो सेवाग्राहीका रूपमा रास्कोट नगरपालिका–६ की ७६ वर्षीया मनपुरा फर्सालले सोही वडाका बरे सार्कीलाई जग्गा राजीनामा हस्तान्तरण गरेकी हुन्।

Advertisement

नगरपालिकाबाटै जग्गासम्बन्धी काम भएपछि मान्म पुग्न लाग्ने समय र खर्च जोगिएको फर्सालले बताइन्। यसअघि सामान्य कामका लागि पनि सदरमुकाम पुग्नुपर्ने अवस्थाले निकै सास्ती हुने गरेको उनको भनाइ छ।

नगरपालिकाका प्रमुख धर्मराज शाहीका अनुसार नागरिकलाई आफ्नै ठाउँबाट सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले भूमि व्यवस्थापन, नापी, करदाता र इलाका प्रशासनका सेवा विस्तार गरिएको हो। यी सेवा सञ्चालनमा आएपछि जग्गा पास, नागरिकता, राष्ट्रिय परिचयपत्र तथा अन्य प्रशासनिक कामका लागि सदरमुकाम धाउनुपर्ने अवस्था कम भएको उनले बताए।

भूमि व्यवस्थापन शाखा प्रमुख धनबहादुर फडेराका अनुसार सेवा सुरु भएपछि हालसम्म तीनवटा जग्गा राजीनामा, एउटा नामसारी र एउटा अंश भरपाईको काम सम्पन्न भएको छ। भूमि व्यवस्थापनका लागि तीन जना र नापी सेवाका लागि दुई जना कर्मचारी खटिएर नियमित सेवा दिइरहेका छन्।

रास्कोटमा इलाका प्रशासन सेवा भने सात महिनाअघिदेखि सञ्चालनमा छ। यस कार्यालयबाट रास्कोटसहित सान्नीत्रिवेणी, पचालझरना र पलाँता गाउँपालिकाका नागरिकले सेवा लिँदै आएका छन्।

इलाका प्रशासन कार्यालयका प्रमुख नमराज बमका अनुसार हालसम्म चार पालिकाका नागरिकमध्ये एक हजार ७९३ जनाले नयाँ नागरिकता र एक हजार ४०२ जनाले नागरिकताको प्रतिलिपि लिएका छन्। त्यस्तै, चार हजार २०० जनाले नयाँ राष्ट्रिय परिचयपत्र बनाएका छन् भने २०५ जनाले परिचयपत्र कार्ड प्राप्त गरेका छन्।

भौगोलिक विकटता र यातायातको कठिनाइका कारण सरकारी सेवा लिन सदरमुकाम पुग्नुपर्ने बाध्यता झेल्दै आएका स्थानीयलाई सेवा विस्तारले ठूलो राहत दिएको छ। स्थानीय तहमै सरकारी कार्यालयका सेवा उपलब्ध हुन थालेपछि नागरिकको समय, श्रम र खर्चसमेत बचत हुन थालेको छ।

प्रकाशित समय: बिहिबार २० कार्तिक, २०८३, १४:१०:४७

सम्बन्धित खबर

प्रसूति जटिलतामा परेकी डोल्पाकी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार

बिहिबार ११ मङ्सिर, २०८३
१० घण्टाअघि

भोटेकोसी–त्रिशूली बाढीको ९३ दिन बित्दा पनि पीडितले पाएनन् सरकारी राहत

बिहिबार ११ मङ्सिर, २०८३
१० घण्टाअघि

दुई महिनामा पोखरा–दुबई उडानबाट १३ हजारभन्दा बढी यात्रुले लिए सेवा

बुधबार १० मङ्सिर, २०८३
१ दिनअघि

काठमाडौं उपत्यकामा एकै दिन ७७४ चालक ट्राफिक कारबाहीमा

मङ्गलबार ९ मङ्सिर, २०८३
२ दिनअघि

मोबाइलमा आपत्कालीन सूचना पठाउने प्रणालीको परीक्षण हुँदै, सन्देश आए नआत्तिन सरकारको आग्रह

सोमबार ८ मङ्सिर, २०८३
३ दिनअघि

आईजीपीले म्याद नबुझ्दा दानबहादुर कार्कीको रिटमाथिको सुनुवाइ सर्‍यो

सोमबार ८ मङ्सिर, २०८३
३ दिनअघि
न्युयोर्कमा १० लाख अपार्टमेन्टको भाडा नबढाउने निर्णय अदालतबाट सदर
बिहिबार ११ मङ्सिर, २०८३
प्रसूति जटिलतामा परेकी डोल्पाकी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार
बिहिबार ११ मङ्सिर, २०८३
भोटेकोसी–त्रिशूली बाढीको ९३ दिन बित्दा पनि पीडितले पाएनन् सरकारी राहत
बिहिबार ११ मङ्सिर, २०८३
सुन प्रतितोला २ लाख ४२ हजार ८०० पुग्यो, चाँदी पनि महँगियो
बिहिबार ११ मङ्सिर, २०८३
विराटनगर जेसीजको अध्यक्षमा रञ्जन कुमार शाही
बुधबार १० मङ्सिर, २०८३
दुई महिनामा पोखरा–दुबई उडानबाट १३ हजारभन्दा बढी यात्रुले लिए सेवा
बुधबार १० मङ्सिर, २०८३
सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारको तयारी
बुधबार १० मङ्सिर, २०८३
महिला क्रिकेटमा बागमतीको विजयी सुरुवात, सुदूरपश्चिम सात विकेटले पराजित
बुधबार १० मङ्सिर, २०८३
भारत र चीनसँग सन्तुलित सम्बन्धबाट नेपालको आर्थिक समृद्धिको खोजी
बुधबार १० मङ्सिर, २०८३
चलचित्र क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न नयाँ कानुन ल्याइँदै
मङ्गलबार ९ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०