सरकारले ल्याउँदै निःशुल्क शिक्षा नीति, १८ बुँदे प्रतिबद्धतामा समावेश

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १ ब‌ैशाख, २०८३
४ महिनाअघि

काठमाडौं । सरकारले निःशुल्क शिक्षा नीति ल्याउने तयारी गरेको छ। १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गर्दै सरकारले समावेशी शिक्षा प्रणालीलाई थप सुदृढ गर्ने लक्ष्य अघि सारेको हो।

प्रतिबद्धतापत्रमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको रोजगारी, स्वास्थ्य उपचार, निःशुल्क शिक्षा र सामाजिक समावेशीकरण सुनिश्चित गर्ने नीति ल्याइने उल्लेख गरिएको छ। नेपालको संविधान २०७२ को धारा ३१ अनुसार प्रत्येक नागरिकलाई आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने हक सुनिश्चित गरिएको छ।

त्यसैगरी, अपाङ्गता भएका र आर्थिक रूपमा विपन्न नागरिकलाई निःशुल्क उच्च शिक्षा पाउने व्यवस्था संविधानमै उल्लेख छ। दृष्टिविहीनका लागि ब्रेललिपि र बहिरा नागरिकका लागि सांकेतिक भाषामार्फत शिक्षा प्रदान गर्ने अधिकार पनि सुनिश्चित गरिएको छ।

यसअघि जारी भएको ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५’ पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको अवस्थामा सरकारले पुनः नीतिगत प्रतिबद्धता जनाएको हो।

प्रतिबद्धतापत्रको सामाजिक न्यायसम्बन्धी बुँदामा ऐतिहासिक रूपमा पछाडि पारिएका समुदायप्रति राज्यले औपचारिक रूपमा जिम्मेवारी लिने र संरचनात्मक विभेद अन्त्य गर्न कानुनी तथा नीतिगत सुधार गर्ने उल्लेख छ। साथै, दलित, मधेशी, थारु, मुस्लिम, आदिवासी जनजाति लगायत समुदायको समावेशी सहभागिता सुनिश्चित गर्ने, महिलालाई समान कामको समान ज्याला दिने तथा अपाङ्गता भएका व्यक्तिका लागि विशेष व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ।

प्रकाशित समय: मङ्गलबार १ ब‌ैशाख, २०८३, १७:२६:४८
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०