शीर्ष चारमा पर्न बार्सिलोना र एट्लेटिको भिड्दै

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २३ माघ, २०७८
२ वर्षअघि
बार्सिलाेना भर्सेज एट्लेटिकाे

स्पेनिस फुटबल लिग ला लिगाको शीर्ष चारभित्र पर्न एट्लेटिको मड्रिड र बार्सिलोना आज भिड्दैछन् ।

बार्सिलोनाको घरेलु मैदान क्याम्पनोउमा हुन लागेको खेल नेपाली समय अनुसार राती ९ बजे सुरू हुँदैछ ।

ला लिगा अङ्क तालिकाको अघिपछि रहेका यी दुवै क्लबमध्ये आज खेलमा विजयी हुने क्लबले ला लिगाको चौथो स्थानमा आफूलाई सुरक्षित गर्नेछ ।

२१ खेल खेलेको एट्लेटिको ३६ अङ्कका साथ तालिकाको चौथो स्थानमा रहँदा समान खेलबाट ३५ अङ्क बटुलेको बार्सिलोना भने पाँचौ स्थानमा छ ।

यसअघिको लिगको पहिलो भेटमा बार्सिलोना एट्लेटिकोसँग २–० ले पराजित भएको थियो । वान्डा मेट्रोपोलिटानोमा भएको उक्त खेलमा एट्लेटिको जिताउन बार्सिलोनाका पूर्व खेलाडी लुइस स्वारेज र लेमारले गोल गरेका थिए ।

आजको खेलमा विजयी हुँदै बार्सिलोनालाई अघिल्लो भेटको बदला लिने मौका छ । सँगै एट्लेटिकोलाई पछि पार्दै अङ्क तालिकामा अघि बढ्ने सुवर्ण अवसर छ ।

सिजनको सुरुवातमा लोभलाग्दो प्रदर्शन गरे पनि पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेको एट्लेटिको बार्सिलोनालाई हराउँदै लिगमा आफूलाई साबित गर्न चाहन्छ ।

तर नयाँ खेलाडी र प्रशिक्षकको साथ पाएको बार्सिलोना डिएगो सिमिओनेलाई रोक्न तयार देखिएको छ ।

सिजनको सुरुवात खराब फर्मबाट सुरू गरेको बार्सिलोनामा पूर्व खेलाडी जाभी हर्नान्डेजको आगमन भएसँगै केही सुधार देखिएको छ ।

तर ढलपलिदै अघि बढिरहेको बार्सिलोनाले आजको खेलमा कस्तो नतिजा आत्मसाथ गर्ने हो ? त्यसको लागि आजको खेलको अन्तिम समयसम्म पर्खनुको विकल्प छैन ।

२२ खेलबाट ५० अङ्क बटुलेको रियल मड्रिड तालिकाको शीर्ष स्थानमा छ ।

रियलभन्दा एक खेल बढि खेलेको सेभिल्ला ४७ अङ्कका साथ दोस्रो स्थानमा रहँदा २२ खेल खेलेको रियल बेटिस ४० अङ्कका साथ ला लिगाको तेस्रो स्थानमा छ ।

प्रकाशित समय: आईतबार २३ माघ, २०७८, १९:४२:०५
सुनको भाउले बनायो नयाँ रेकर्ड
शुक्रबार १६ चैत, २०८०
एसइई : समातिए चिट चोराउने शिक्षक र नक्कली गार्ड
शुक्रबार १६ चैत, २०८०
जीवन विकासले विपन्न परिवारलाई बाँड्यो ९० जोडी परेवा
शुक्रबार १६ चैत, २०८०
एसइई : परीक्षा सुरु भएको १० मिनेटमै बाहिरियो नेपाली विषयको प्रश्नपत्र
शुक्रबार १६ चैत, २०८०
एसइई : भाइको जाँच दिन दाजु पुगेपछि….
शुक्रबार १६ चैत, २०८०
कानेपोखरीमा बसको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
शुक्रबार १६ चैत, २०८०
छिमेकीसँग झगडा परेपछि आत्महत्या, सुसाइड नोटमा लेखिन् : हरहर महादेव !
बिहिबार १५ चैत, २०८०
धनकुटामा लहरीसँग पिकअप ठोक्कियो, लहरीमा ग्यास लोड गर्दै गरेका ठकुरीको मृत्यु
बिहिबार १५ चैत, २०८०
महिला, बालबालिका मन्त्री चौधरी र फिनल्यान्डका राजदूत हेक्काबीच भेट
बिहिबार १५ चैत, २०८०
झापामा हात्तीले कुल्चिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
बिहिबार १५ चैत, २०८०
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०
तीव्र गतिको मोटरसाइकल दुर्घटनामा बिते रामधुनीका करण
बुधबार १६ फाल्गुण, २०८०