शीर्ष चारमा पर्न बार्सिलोना र एट्लेटिको भिड्दै

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २३ माघ, २०७८
४ वर्षअघि
बार्सिलाेना भर्सेज एट्लेटिकाे

स्पेनिस फुटबल लिग ला लिगाको शीर्ष चारभित्र पर्न एट्लेटिको मड्रिड र बार्सिलोना आज भिड्दैछन् ।

बार्सिलोनाको घरेलु मैदान क्याम्पनोउमा हुन लागेको खेल नेपाली समय अनुसार राती ९ बजे सुरू हुँदैछ ।

ला लिगा अङ्क तालिकाको अघिपछि रहेका यी दुवै क्लबमध्ये आज खेलमा विजयी हुने क्लबले ला लिगाको चौथो स्थानमा आफूलाई सुरक्षित गर्नेछ ।

२१ खेल खेलेको एट्लेटिको ३६ अङ्कका साथ तालिकाको चौथो स्थानमा रहँदा समान खेलबाट ३५ अङ्क बटुलेको बार्सिलोना भने पाँचौ स्थानमा छ ।

यसअघिको लिगको पहिलो भेटमा बार्सिलोना एट्लेटिकोसँग २–० ले पराजित भएको थियो । वान्डा मेट्रोपोलिटानोमा भएको उक्त खेलमा एट्लेटिको जिताउन बार्सिलोनाका पूर्व खेलाडी लुइस स्वारेज र लेमारले गोल गरेका थिए ।

आजको खेलमा विजयी हुँदै बार्सिलोनालाई अघिल्लो भेटको बदला लिने मौका छ । सँगै एट्लेटिकोलाई पछि पार्दै अङ्क तालिकामा अघि बढ्ने सुवर्ण अवसर छ ।

सिजनको सुरुवातमा लोभलाग्दो प्रदर्शन गरे पनि पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेको एट्लेटिको बार्सिलोनालाई हराउँदै लिगमा आफूलाई साबित गर्न चाहन्छ ।

तर नयाँ खेलाडी र प्रशिक्षकको साथ पाएको बार्सिलोना डिएगो सिमिओनेलाई रोक्न तयार देखिएको छ ।

सिजनको सुरुवात खराब फर्मबाट सुरू गरेको बार्सिलोनामा पूर्व खेलाडी जाभी हर्नान्डेजको आगमन भएसँगै केही सुधार देखिएको छ ।

तर ढलपलिदै अघि बढिरहेको बार्सिलोनाले आजको खेलमा कस्तो नतिजा आत्मसाथ गर्ने हो ? त्यसको लागि आजको खेलको अन्तिम समयसम्म पर्खनुको विकल्प छैन ।

२२ खेलबाट ५० अङ्क बटुलेको रियल मड्रिड तालिकाको शीर्ष स्थानमा छ ।

रियलभन्दा एक खेल बढि खेलेको सेभिल्ला ४७ अङ्कका साथ दोस्रो स्थानमा रहँदा २२ खेल खेलेको रियल बेटिस ४० अङ्कका साथ ला लिगाको तेस्रो स्थानमा छ ।

प्रकाशित समय: आईतबार २३ माघ, २०७८, १९:४२:०५

सम्बन्धित खबर

विश्वकपः समूह ‘सी’ मा स्कटल्यान्डले खाता खोल्यो, ब्राजिल पर्‍यो अफ्ठेरोमा

आईतबार ३१ जेठ, २०८३
२ दिनअघि

विश्वकपमा जर्मनीको नयाँ परीक्षा, इतिहास रच्न तयार कुराकाओ

आईतबार ३१ जेठ, २०८३
२ दिनअघि

विश्वकपअघि इंग्ल्यान्ड टोलीको प्रशिक्षण सामग्री चोरी

शनिवार ३० जेठ, २०८३
३ दिनअघि

विश्वकपमा आज कतार–स्विट्जरल्यान्ड भिड्दै, भोलि बिहान ब्राजिल–मोरक्कोसहित तीन रोचक खेल

शनिवार ३० जेठ, २०८३
३ दिनअघि

विश्वकपमा क्यानडा र बोस्नियाको बराबरी, लारिनले जोगाए घरेलु टोलीलाई

शनिवार ३० जेठ, २०८३
३ दिनअघि

विश्वकपको उद्घाटन खेलमा मेक्सिकोको शानदार जित, तीन रातो कार्डले खेल बन्यो रोमाञ्चक

शुक्रबार २९ जेठ, २०८३
४ दिनअघि
कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै
सोमबार १ असार, २०८३
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
नेपाल–भारत सीमा समस्याबारे कञ्चनपुरमा उच्चस्तरीय बैठक
सोमबार १ असार, २०८३
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०