नेपालसँग दुवै खेलमा पराजित मोरिसस स्वदेश फर्कियो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २० माघ, २०७८
५ वर्षअघि
नेपाल भर्सेज माेरिसस

पूर्वी अफ्रिकन मुलुक मोरिससको फुटबल टोली स्वदेश फर्किएको छ ।

माघ १५ र १८ गते नेपालसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेलेर आएको मोरिससको टिम बिहीबार साँझ स्वदेश फर्किएको हो ।

Advertisement

मोरिसस फुटबल महासङ्घले करिब दुई साताको नेपाल बसाइपछि टोली आज स्वदेश फर्किएको जनाएको छ ।

महासङ्घका अनुसार टोली काठमाडौँबाट टर्कीका लागि प्रस्थान गरेको ।

त्यहाँबाट शनिबार बिहान टोली मोरिससका लागि हिँड्ने छ ।

शनिबार दिउँसोतिर टोली स्वदेश पुग्ने अनुमान गरिएको छ ।

मोरिसस नेपालसँग दुईवटा मैत्रीपूर्ण फुटबल खेल्न १० माघमा काठमाडौँ आइपुगेको थियो ।

मोरिससले नेपालसँगका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलेको थियो ।

मोरिससको यो दोस्रो दक्षिण एसियाको भ्रमण हो ।

यसअघि उसले सन् २०१७ मा भारतको भ्रमण गरेको थियो ।

भारतको मुम्बईमा भएको सो मैत्रीपूर्ण खेलमा पनि उसले जित निकाल्न सकेन । मोरिसस सो खेलमा २-१ गोलले पराजित भएको थियो ।

दोस्रो पटक मैत्रीपूर्ण खेलकै लागि नेपालको भ्रमण गरेकाे मोरिसस यस पटक पनि अभागी ठहरियो ।

उसले दुवै मैत्रीपूर्ण खेलमा १-० गोलान्तरकाे हार बेहोरेको थियो ।

शनिबार पहिलो मैत्रीपूर्ण खेलमा मोरिसस नेपालसँग १-० गोलले पराजित हुन पुग्यो ।

नेपालकाे जितका लागि फरवार्ड विमल घर्तीमगरकाे गोल निर्णायक साबित भएको थियो ।

मङ्गलबार दोस्रो मैत्रीपूर्ण खेलमा नेपालका सुजल श्रेष्ठले गरेको एकमात्र गोलले मोरिसस पराजित बन्यो ।

समग्रमा हेर्दा दक्षिण एसियाली राष्ट्रमा गरेका दुवै भ्रमणमा मोरिसस अभागी सावित भएको छ ।

कारण, दुवैमा ऊ पराजित भएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०