नेपालसँग दुवै खेलमा पराजित मोरिसस स्वदेश फर्कियो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २० माघ, २०७८
५ वर्षअघि
नेपाल भर्सेज माेरिसस

पूर्वी अफ्रिकन मुलुक मोरिससको फुटबल टोली स्वदेश फर्किएको छ ।

माघ १५ र १८ गते नेपालसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेलेर आएको मोरिससको टिम बिहीबार साँझ स्वदेश फर्किएको हो ।

मोरिसस फुटबल महासङ्घले करिब दुई साताको नेपाल बसाइपछि टोली आज स्वदेश फर्किएको जनाएको छ ।

महासङ्घका अनुसार टोली काठमाडौँबाट टर्कीका लागि प्रस्थान गरेको ।

त्यहाँबाट शनिबार बिहान टोली मोरिससका लागि हिँड्ने छ ।

शनिबार दिउँसोतिर टोली स्वदेश पुग्ने अनुमान गरिएको छ ।

मोरिसस नेपालसँग दुईवटा मैत्रीपूर्ण फुटबल खेल्न १० माघमा काठमाडौँ आइपुगेको थियो ।

मोरिससले नेपालसँगका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलेको थियो ।

मोरिससको यो दोस्रो दक्षिण एसियाको भ्रमण हो ।

यसअघि उसले सन् २०१७ मा भारतको भ्रमण गरेको थियो ।

भारतको मुम्बईमा भएको सो मैत्रीपूर्ण खेलमा पनि उसले जित निकाल्न सकेन । मोरिसस सो खेलमा २-१ गोलले पराजित भएको थियो ।

दोस्रो पटक मैत्रीपूर्ण खेलकै लागि नेपालको भ्रमण गरेकाे मोरिसस यस पटक पनि अभागी ठहरियो ।

उसले दुवै मैत्रीपूर्ण खेलमा १-० गोलान्तरकाे हार बेहोरेको थियो ।

शनिबार पहिलो मैत्रीपूर्ण खेलमा मोरिसस नेपालसँग १-० गोलले पराजित हुन पुग्यो ।

नेपालकाे जितका लागि फरवार्ड विमल घर्तीमगरकाे गोल निर्णायक साबित भएको थियो ।

मङ्गलबार दोस्रो मैत्रीपूर्ण खेलमा नेपालका सुजल श्रेष्ठले गरेको एकमात्र गोलले मोरिसस पराजित बन्यो ।

समग्रमा हेर्दा दक्षिण एसियाली राष्ट्रमा गरेका दुवै भ्रमणमा मोरिसस अभागी सावित भएको छ ।

कारण, दुवैमा ऊ पराजित भएको छ ।

प्रकाशित समय: बिहिबार २० माघ, २०७८, २१:०२:२८
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०