नेपाल र मोरिससबीचको खेलमा फिफाको नियमविपरीत ‘ड्रोन’ उडाइयो

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १६ माघ, २०७८
५ वर्षअघि

नेपाली राष्ट्रिय फुटबल टोली र अफ्रिकी मुलुक मोरिससबीचको मैत्रीपूर्ण खेलमा फुटबलको सर्वोच्च निकाय फिफाको नियमविपरीत ‘ड्रोन’ उडाइएको पाइएको छ ।

शनिबार साँझ अफ्रिकी देश मोरिससविरुद्ध पहिलो मैत्रीपूर्ण खेलमा नेपालले १-० गोलको जित निकालेको थियो ।

Advertisement

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाललाई जिताउन विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५५औँ मिनेटमा उनले गोल गर्दै नेपाललाई  जिताएका हुन् ।

सो खेलको प्रत्यक्ष प्रशारणका क्रममा फिफाको नियमविपरित ड्रोन उडाइएको थियो छ ।

उक्त खेलको प्रत्यक्ष प्रशारणका क्रममा ब्रोडकास्टरले म्याच कमिसनरको अनुमतिविपरीत ड्रोन उडाएको खुलेको हो ।

फिफा डिसिप्लिनरी कोडको १६औँ आर्टिकलअनुसार खेल भइरहेको समयमा ड्रोन उडाउन प्रतिबन्धित छ ।

हालैमात्र विश्व फुटबलमा पनि फुटबल खेलका दौरान ड्रोन उडाएको विषयलाई लिएर कारबाही भएको छ ।

२०२१ नोभेम्बर ११ मा भएको इक्वेडर र भेनेजुएलाबीचको खेलमा ड्रोन उडाएपछि आयोजक इक्वेडर फुटबल सङ्घ कारबाहीमा परेको थियो ।

यद्यपि, नेपाल र मोरिससबीचको खेलमा भने ब्रोडकास्टरले म्याच कमिसनर तथा एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले रोक्दा पनि अटेर गरेर उडाएको पाइएको छ ।

यसबारे म्याच कमिसनर सिंहले आफूले सुरुमा नपाइने भएकाले रोकेको तर पछि अटेर गरेर फेरि उडाएको बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०