नेपाल र मोरिससबीचको खेलमा फिफाको नियमविपरीत ‘ड्रोन’ उडाइयो

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १६ माघ, २०७८
५ वर्षअघि

नेपाली राष्ट्रिय फुटबल टोली र अफ्रिकी मुलुक मोरिससबीचको मैत्रीपूर्ण खेलमा फुटबलको सर्वोच्च निकाय फिफाको नियमविपरीत ‘ड्रोन’ उडाइएको पाइएको छ ।

शनिबार साँझ अफ्रिकी देश मोरिससविरुद्ध पहिलो मैत्रीपूर्ण खेलमा नेपालले १-० गोलको जित निकालेको थियो ।

Advertisement

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाललाई जिताउन विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५५औँ मिनेटमा उनले गोल गर्दै नेपाललाई  जिताएका हुन् ।

सो खेलको प्रत्यक्ष प्रशारणका क्रममा फिफाको नियमविपरित ड्रोन उडाइएको थियो छ ।

उक्त खेलको प्रत्यक्ष प्रशारणका क्रममा ब्रोडकास्टरले म्याच कमिसनरको अनुमतिविपरीत ड्रोन उडाएको खुलेको हो ।

फिफा डिसिप्लिनरी कोडको १६औँ आर्टिकलअनुसार खेल भइरहेको समयमा ड्रोन उडाउन प्रतिबन्धित छ ।

हालैमात्र विश्व फुटबलमा पनि फुटबल खेलका दौरान ड्रोन उडाएको विषयलाई लिएर कारबाही भएको छ ।

२०२१ नोभेम्बर ११ मा भएको इक्वेडर र भेनेजुएलाबीचको खेलमा ड्रोन उडाएपछि आयोजक इक्वेडर फुटबल सङ्घ कारबाहीमा परेको थियो ।

यद्यपि, नेपाल र मोरिससबीचको खेलमा भने ब्रोडकास्टरले म्याच कमिसनर तथा एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले रोक्दा पनि अटेर गरेर उडाएको पाइएको छ ।

यसबारे म्याच कमिसनर सिंहले आफूले सुरुमा नपाइने भएकाले रोकेको तर पछि अटेर गरेर फेरि उडाएको बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०