नेपालले तोड्यो जितको खडेरी, विमलको निर्णायक गोलमा मोरिससलाई हरायो !

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १५ माघ, २०७८
४ वर्षअघि

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले १० वर्षयता अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पहिलो जित दर्ता गरेको छ ।

शनिबार साँझ भएको अफ्रिकी देश मोरिससविरुद्ध पहिलो मैत्रीपूर्ण खेलमा १-० गोलको जित निकाल्दै नेपालले जितको खडेरी तोडेको हो ।

नेपालले फिफाबाट मान्यताप्राप्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हात नपारेको ११ वर्ष पूरा हुन लागेको थियो ।

नेपालले सन् २०११ को मार्चमा १९ मा भुटानविरुद्धको मैत्रीपूर्ण खेलमा जित हात पारेको थियो ।

भुटानलाई घरेलु मैदानमा २-१ ले हराएयता नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकाल्न सकेको थिएन ।

सोही वर्षको अक्टोबरमा फिलिपिन्ससँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेलेको थियो ।

सो खेलमा नेपाल ४-० ले पराजित भएको थियो ।

तर मोरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेसँगै नेपालले जितको खडेरी अन्त्य गरेको हो ।

नेपालको जितमा तीन वर्षपछि राष्ट्रिय टिममा फर्किएका विमल घर्तीमगरले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५५औँ मिनेटमा स्ट्राइकर विमल घर्तीमगरले गोल गर्दै नेपाललाई  जिताएका हुन् ।

विमलको यो राष्ट्रिय टिमका लागि नवाैँ गोल हो ।

खेलमा विमल घर्तीमगर म्यान अफ द म्याच घोषित भए । उनले ७५ हजार पुरस्कार हात पारे ।

विमल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको टिममा पहिलो पटक परेका हुन् ।

२३ वर्षीय विमलले सन् २०१९ यता पहिलो पटक राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् ।

उनले पछिल्लो पटक ७ नोभेक्बर २०१९ मा म्यानमारविरुद्ध खेलेका थिए ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ३–० गोलले पराजित भएको थियो ।

त्यसपछि चोट बोकेका विमल लामो समय मैदानबाहिर थिए ।

फेरि अनुशासन उल्लङ्घनको कारवाहीमा परेपछि उनले राष्ट्रिय टिममा खेल्न पाएका थिएनन् ।

दुई वर्षपछि उनी यसै वर्ष सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबविरुद्ध खेल्दै मैदान फर्किएका थिए ।

पुनरागमनको पहिलो खेलमै गोल गरेपछि दर्शकले उभिएर उनलाई साथ दिएका थिए ।

पछिल्लो पटक उनले ब्रिगेड ब्वाइजविरुद्ध दुई गोल र एक असिस्ट गरेका थिए, उनले ।

अब, मोरिसससँगको दोस्रो खेल मङ्गलबार हुनेछ ।

मोरिसस नेपालका लागि आधिकारिक पहिलो अफ्रिकन प्रतिद्वन्द्वी हो ।

नेपालले आफ्नो फुटबल इतिहासमा पहिलो पटक औपचारिक मान्यताप्राप्त आधिकारिक खेलमा कुनै अफ्रिकी देशको सामना गरेको ।

यसअघि नेपालले अफ्रिकी राष्ट्रसँग फुटबल खेलेको थिएन ।

यसअघि नेपालले दुई पटक अफ्रिकी देशसँग खेलेको भएपनि ती दुवै खेल औपचारिक मान्यताप्राप्त भने थिएनन् ।

सन् १९८३ मा नेपालले मलेसियामा भएको मर्डेका कप खेलेको थियो, जसमा उसले अल्जेरिया ११ सँग खेलेको थियो ।

सो खेलमा नेपाल २–० गोलले पराजित भएको थियो ।

यस्तै, सन् २००८ को मर्डेका कपमै नेपालले सिरालियोन यु–२० सँग खेलेको थियो ।

जसमा नेपाल ३–१ ले पराजित भएको थियो । मोरिससले एक पटक अफ्रिका कप अफ नेसन्समा सहभागिता जनाइसकेको छ ।

सन् १९७४ मा उक्त प्रतियोगिता खेलेको माेरिससका लागि यो नै ठुलो उपलब्धि हो ।

मोरिससको भने यो दोस्रो दक्षिण एसियाको भ्रमण हो ।

यसअघि उसले सन् २०१७ मा भारतको भ्रमण गरेको थियो, जसमा मोरिसस २-१ गोलले पराजित भएको थियो ।

प्रकाशित समय: शनिवार १५ माघ, २०७८, १८:३५:४९

सम्बन्धित खबर

किन स्थगित भयो गगन थापाको भारत भ्रमण?
आईतबार १० साउन, २०८३
इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन
आईतबार १० साउन, २०८३
गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा
शनिवार ९ साउन, २०८३
प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने
शनिवार ९ साउन, २०८३
इरानलाई हतियार नबेच्न रूस र चीनलाई ट्रम्पको चेतावनी
शनिवार ९ साउन, २०८३
सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड
शनिवार ९ साउन, २०८३
तीन सन्तान जन्माउने परिवारलाई मासिक ४ हजार रुपैयाँ
शनिवार ९ साउन, २०८३
घुस लिएको आरोपमा सिँचाइ डिभिजनका प्रमुखसहित दुई जना पक्राउ
शनिवार ९ साउन, २०८३
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा भर्ना गर्न चिकित्सकको सुझाव
शनिवार ९ साउन, २०८३
किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा
शुक्रबार ८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०