नेपालले तोड्यो जितको खडेरी, विमलको निर्णायक गोलमा मोरिससलाई हरायो !

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १५ माघ, २०७८
२ वर्षअघि

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले १० वर्षयता अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पहिलो जित दर्ता गरेको छ ।

शनिबार साँझ भएको अफ्रिकी देश मोरिससविरुद्ध पहिलो मैत्रीपूर्ण खेलमा १-० गोलको जित निकाल्दै नेपालले जितको खडेरी तोडेको हो ।

नेपालले फिफाबाट मान्यताप्राप्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हात नपारेको ११ वर्ष पूरा हुन लागेको थियो ।

नेपालले सन् २०११ को मार्चमा १९ मा भुटानविरुद्धको मैत्रीपूर्ण खेलमा जित हात पारेको थियो ।

भुटानलाई घरेलु मैदानमा २-१ ले हराएयता नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित निकाल्न सकेको थिएन ।

सोही वर्षको अक्टोबरमा फिलिपिन्ससँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेलेको थियो ।

सो खेलमा नेपाल ४-० ले पराजित भएको थियो ।

तर मोरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेसँगै नेपालले जितको खडेरी अन्त्य गरेको हो ।

नेपालको जितमा तीन वर्षपछि राष्ट्रिय टिममा फर्किएका विमल घर्तीमगरले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५५औँ मिनेटमा स्ट्राइकर विमल घर्तीमगरले गोल गर्दै नेपाललाई  जिताएका हुन् ।

विमलको यो राष्ट्रिय टिमका लागि नवाैँ गोल हो ।

खेलमा विमल घर्तीमगर म्यान अफ द म्याच घोषित भए । उनले ७५ हजार पुरस्कार हात पारे ।

विमल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको टिममा पहिलो पटक परेका हुन् ।

२३ वर्षीय विमलले सन् २०१९ यता पहिलो पटक राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् ।

उनले पछिल्लो पटक ७ नोभेक्बर २०१९ मा म्यानमारविरुद्ध खेलेका थिए ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ३–० गोलले पराजित भएको थियो ।

त्यसपछि चोट बोकेका विमल लामो समय मैदानबाहिर थिए ।

फेरि अनुशासन उल्लङ्घनको कारवाहीमा परेपछि उनले राष्ट्रिय टिममा खेल्न पाएका थिएनन् ।

दुई वर्षपछि उनी यसै वर्ष सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबविरुद्ध खेल्दै मैदान फर्किएका थिए ।

पुनरागमनको पहिलो खेलमै गोल गरेपछि दर्शकले उभिएर उनलाई साथ दिएका थिए ।

पछिल्लो पटक उनले ब्रिगेड ब्वाइजविरुद्ध दुई गोल र एक असिस्ट गरेका थिए, उनले ।

अब, मोरिसससँगको दोस्रो खेल मङ्गलबार हुनेछ ।

मोरिसस नेपालका लागि आधिकारिक पहिलो अफ्रिकन प्रतिद्वन्द्वी हो ।

नेपालले आफ्नो फुटबल इतिहासमा पहिलो पटक औपचारिक मान्यताप्राप्त आधिकारिक खेलमा कुनै अफ्रिकी देशको सामना गरेको ।

यसअघि नेपालले अफ्रिकी राष्ट्रसँग फुटबल खेलेको थिएन ।

यसअघि नेपालले दुई पटक अफ्रिकी देशसँग खेलेको भएपनि ती दुवै खेल औपचारिक मान्यताप्राप्त भने थिएनन् ।

सन् १९८३ मा नेपालले मलेसियामा भएको मर्डेका कप खेलेको थियो, जसमा उसले अल्जेरिया ११ सँग खेलेको थियो ।

सो खेलमा नेपाल २–० गोलले पराजित भएको थियो ।

यस्तै, सन् २००८ को मर्डेका कपमै नेपालले सिरालियोन यु–२० सँग खेलेको थियो ।

जसमा नेपाल ३–१ ले पराजित भएको थियो । मोरिससले एक पटक अफ्रिका कप अफ नेसन्समा सहभागिता जनाइसकेको छ ।

सन् १९७४ मा उक्त प्रतियोगिता खेलेको माेरिससका लागि यो नै ठुलो उपलब्धि हो ।

मोरिससको भने यो दोस्रो दक्षिण एसियाको भ्रमण हो ।

यसअघि उसले सन् २०१७ मा भारतको भ्रमण गरेको थियो, जसमा मोरिसस २-१ गोलले पराजित भएको थियो ।

प्रकाशित समय: शनिवार १५ माघ, २०७८, १८:३५:४९
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८