गोठमा रमाउने रकस्टार अमृत गुरुङ !

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ११ माघ, २०७८
५ वर्षअघि
नेपाली रकस्टार अमृत गुरूङ

पछिल्लो पुस्ता ‘भाइरल’ हुन रुचाउँछ । आफ्नो प्रतिभा लोकप्रिय भइहालेमा अनेकौँ सोक राख्छ ।

सहरमा बसेर गाडी, बङ्गला र गुणस्तरीय लाइफस्टाइल खोज्छ । तर नब्बेको दशकमा जन्मेको पोखरेली ब्यान्ड ‘नेपथ्य’का रकस्टार अमृत गुरुङ भने देखावटीमा रमाउने पछिल्लो पुस्तामाझ प्रेरणाका स्रोत बन्न सक्छन् ।

Advertisement

पोखरामा ५३ वर्षअघि जन्मिएका गुरुङ गुणस्तरीय जीवनशैली खोज्दैनन्, बरु गोठमा बस्न रुचाउँछन् । अहिले पनि उनी गाउँमै बस्छन्, सादा जीवन बिताउँछन् । हलो जोत्छन्, मकै गोड्छन्, घाँस–दाउरा गर्छन्, गाउँघर घुम्न रुचाउँछन् अनि गोठालो गर्दै केटाकेटी जम्मा पारेर उनीहरूसँग गफिन्छन् । उनको यो सादा जिन्दगी देखेर सबै छक्क पर्छन्, प्रशंसा गर्छन् । तर कमैले मात्र उनको अनुसरण गर्न सक्छ ।

उनलाई नजिकबाट चिन्नेहरूबाहेक अरूलाई अचम्म लाग्न सक्छ । किनकि, विश्वका ठुल्ठुला रकस्टार उभिएकै मञ्चमा आफूलाई प्रस्तुत गर्ने यी नेपाली ‘स्टार’ यो अनकन्टार गोठमा अति साधारण कृषकका रूपमा भेटिन्छन् ।

झुक्किएर गायक बनेका थिए अमृत

नेपथ्यका मुख्य गायक अमृत गुरुङ संगीत पारखीका मनमुटुमा नमेटिने गरी खोपिएर बसेका छन् । ‘छेक्योछेक्यो छेउराली डाँडाँ’, ‘जीवन हो घाम छाँया’, ‘रेशम’, ‘तालको पानी माछीले खाने’ लगायत एकपछि अर्का दर्शनौँ गीत दिएको नेपथ्यले युवापुस्तामा एकछत्र राज गरेको थियो र अहिले पनि गरिरहेकै छ ।

ती गीतमा आवाज दिएका गायक गुरुङ आफूलाई झुक्किएर गायक बनेको बताउँछन् । खासमा उनी गायक नभई चित्रकार बन्न चाहन्थे । गाउँमै लोकगीत सुनेर हुर्किएँका उनी गायक बनेका हुन् । उनी भन्छन्, ‘म सानोमा गीत गाउँथिन, पेन्टिङ गर्थेँ । चित्रकलामा रुचि थियो । स्कुलका नाटकमा भाग लिन्थेँ । गीत गाउने कुरामा साथी–भाइसँग सम्मिलित त हुन्थेँ तर आफैँ गाउन सक्दिनथेँ । रमाइलोका लागि खाली ठाउँ भर जस्तो थिएँ म । कसैबाट भएन भनेमात्रै उभिन्थेँ । लहैलहैमा जिस्किएर गीत गाउथेँ ।’

उनी भन्छन्, ‘मेरो जिन्दगीमा पहिलोपटक साथी वीर पुनले स्टेजमा लगे । उनी राम्रो ड्रमर थिए । गीत गाउनुपर्छ भनेर डाँफे कला मन्दिरमा पहिलोपटक गीत गाएको थिएँ । यसरी नै सुरु भएको थियो सङ्गीतमा मेरो यात्रा ।’

सादा जीन्दगीमै खुसी

चाहे हलो जोत्ने मामिलामा होस् वा भारी बोक्ने, अमृत खप्पिस छन् । महिनौँ गोठमा बस्छन् । अमृत अहिले पनि एउटा अनकन्टार पहाडी गोठमा छन् । उनको गोठ कास्की र स्याङ्जाको सीमावर्ती भेगमा पर्छ । यो गोठ अमृतले एक दशकयता सम्हाल्दै आएको दिवंगत हजुरआमाको नासो हो । पछिल्लो समय सङ्गीतबाट बचेको उनको सम्पूर्ण समय यही गोठमा बित्छ ।

यदाकदा साथीहरू पोखरा पुग्दा उनी यही गोठमा स्वागत गर्छन् र ढुङ्गा छापेको सिँढी उक्लँदा–उक्लँदै छेउको लहराबाट केही पात टिप्छन् । त्यसरी टिपिएको पात ढोगेर छेवैको विशाल ढुङ्गामा राख्दै भन्छन्, ‘यी यस गोठका भूमे देउता हुन् ।’

गायक गुरुङ कन्सर्ट हुँदा देश–विदेश भ्रमण गर्छन्, आफ्ना स्रोतालाई गीतमा झुमाउँछन् । कन्सर्ट नहुँदा फेरि पनि त्यै गोठमा हुन्छन् । अहिले कोरोना महामारीका कारण साङ्गीतिक कार्यक्रम भएका छैनन्, अन्य क्षेत्रझैँ सो क्षेत्र पनि रोकिएको छ । यस्तो बेलामा उनी गाउँमै बसेर सादा जिन्दगी व्यतित गरिरहेका छन् । र, यसमा आफू खुसी रहेको उनी बताउँछन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह

आईतबार १७ साउन, २०८३
२ महिनाअघि

किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि

चलचित्र छायांकनको आकर्षक गन्तव्य बन्दै कोशी : पर्यटन प्रवर्द्धनदेखि आर्थिक गतिविधिसम्म नयाँ सम्भावना

बुधबार १० असार, २०८३
३ महिनाअघि

महेश बस्नेत अतिथि बनेपछि होन्डाले कमेडी च्याम्पियन्सबाट फिर्ता लियो प्रायोजन

बुधबार १३ फाल्गुण, २०८२
७ महिनाअघि

अरिजित सिंहले चलचित्र गायनबाट सन्यास घोषणा

बिहिबार १६ माघ, २०८२
८ महिनाअघि

पब्जी ई-स्पोर्ट्सको फिनाले सम्पन्न

बुधबार ८ असोज, २०८२
१ वर्षअघि
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०