विराटनगर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई ८ लाख २१ हजार ११५ घुससहित पक्राउ गरेको छ।
आयोगका अनुसार सेवाग्राहीसँग बोरिङ तथा मोटर जडानको कामको भुक्तानी गराइदिने भन्दै ७ लाख ५० हजार घुस लिइएको थियो।
बागमती नगरपालिका–१२ स्थित डिभिजन प्रमुखको सरकारी क्वाटरमा गरिएको खानतलासीका क्रममा उक्त रकमसहित स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ बरामद भएको जनाएको छ।
घटनापछि दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको आयोगले जनाएको छ।