किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि

विराटनगर । ग्रामीण नेपालको बदलिँदो सामाजिक परिवेश, वैदेशिक रोजगारीको प्रभाव र किसानले दैनिक भोगिरहेका समस्यालाई केन्द्रमा राखेर ‘फिल्म अस्त्र’ले निर्माण गरेको सर्ट फिल्म ‘कर्न बारी’ सार्वजनिक भएको छ। पूर्वी भित्री मधेशका वास्तविक परिवेश र घटनाबाट प्रेरित फिल्मको छायांकन सुनसरीको चतरा र चक्रघट्टी आसपासका क्षेत्रमा गरिएको हो।

फिल्मले रोजगारीका लागि युवाहरू विदेशिएपछि गाउँमा देखिएको जनशक्ति अभाव, खेतीपातीमा परेको असर तथा मकैबारीमा बाँदर र सुगाले पुर्‍याउने क्षतिबाट किसानले भोग्नुपरेको संघर्षलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ। विकासका आधारभूत सुविधा गाउँसम्म प्रभावकारी रूपमा नपुग्दा कृषिमा आश्रित परिवारले सामना गरिरहेका चुनौतीलाई पनि फिल्मले उजागर गरेको छ।

कृषकको पीडासँगै नयाँ पुस्ताको सोच, प्रेम, सम्बन्ध र विद्यार्थी जीवनका अनुभूतिलाई समेत कथामा समेटिएको छ। विशेषगरी मकैबालीमा हुने क्षतिलाई प्रेमकथासँग प्रतीकात्मक रूपमा जोडेर दर्शकलाई सामाजिक यथार्थबारे सोच्न बाध्य बनाउने प्रयास गरिएको निर्माण टिमले जनाएको छ।

फिल्मको लेखन चक्र ए. चेत र अनमोल क्षेत्री अधिकारीले गरेका हुन् भने निर्देशन चक्र ए. चेतको रहेको छ। फिल्मको निर्माता सृजन ओझा हुन्।

फिल्ममा अनमोल क्षेत्री अधिकारी, रस्मी उप्रेती, रमेशचन्द्र न्यौपाने, कौशल बुढाथोकी, सायोरी थापा र सुनिला थापा खड्काको अभिनय रहेको छ। अंकित काफ्ले मुख्य सहायक निर्देशक रहेका फिल्मको छायांकन तथा सम्पादन भुपाल सिंह देवानले गरेका छन्। ध्वनि डिजाइन चक्र ए. चेत र शालिग्राम रेग्मीको रहेको छ।

निर्माण टिमका अनुसार ‘अस्त्र’ मनोरञ्जनका लागि मात्र नभई गाउँ, किसान र समाजले भोगिरहेका यथार्थलाई दर्शकमाझ पुर्‍याउने उद्देश्यले निर्माण गरिएको हो।

प्रकाशित समय: शुक्रबार ८ साउन, २०८३, १९:३३:४८

सम्बन्धित खबर

बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०