विराटनगर । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई दुई वर्षसम्म मासिक ४ हजार रुपैयाँ आर्थिक सहायता दिने कार्यक्रम सञ्चालन गरिरहेको छ।
घट्दो जन्मदरलाई सन्तुलनमा ल्याउने उद्देश्यले लागू गरिएको यस कार्यक्रमबाट चालु आर्थिक वर्षमा १७ परिवार लाभान्वित भएका छन्।
गाउँपालिकाले आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
स्थानीय तहका अनुसार आर्थिक सहयोगले तेस्रो सन्तान हुर्काउन परिवारलाई केही राहत पुग्ने विश्वास गरिएको छ।
पछिल्लो समय देशभर जन्मदर घट्दै गइरहेका बेला कालीगण्डकी गाउँपालिकाको यो पहललाई जनसंख्या सन्तुलनतर्फको एक फरक प्रयासका रूपमा हेरिएको छ।