बाल हिंसा अन्त्य गर्न नेपालका सात प्रतिबद्धता अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३ मङ्सिर, २०८३
१७ घण्टाअघि

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले बालबालिकाविरुद्ध हुने हिंसा अन्त्य गर्न नेपालले अघि सारेका सातवटा राष्ट्रिय प्रतिबद्धता अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरेकी छन्।

फिलिपिन्सको मनिलामा आयोजित बालबालिकाविरुद्ध हुने हिंसा अन्त्यसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बादीले नेपालको तर्फबाट ती प्रतिबद्धता सार्वजनिक गरेकी हुन्। उनले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न नेपालले कानुनी, नीतिगत र संस्थागत सुधारका कामलाई प्राथमिकता दिँदै आएको बताइन्।

Advertisement

मन्त्री बादीले प्रस्तुत गरेका सात प्रतिबद्धतामध्ये तीनवटा अद्यावधिक, तीनवटा नयाँ र एउटा पुरानो प्रतिबद्धताको पुनः पुष्टि गरिएको छ। उनका अनुसार सन् २०२८ सम्म अनलाइन दुर्व्यवहारसहित बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसाबाट संरक्षण गर्न कानुन, नीति तथा राष्ट्रिय मापदण्डलाई थप सुदृढ बनाइनेछ।

त्यस्तै, सन् २०३० सम्म देशका सबै ७५३ स्थानीय तहमा सक्रिय बाल संरक्षण संयन्त्र स्थापना गर्ने नेपालको लक्ष्य छ। यसमार्फत जोखिममा रहेका बालबालिकालाई समयमै सहज र एकीकृत सेवा उपलब्ध गराउने योजना रहेको मन्त्री बादीले बताइन्।

बाल संरक्षणसम्बन्धी नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न समूहअनुसार छुट्याइएको तथ्याङ्कसहितको एकीकृत सूचना प्रणाली सुदृढ गर्ने प्रतिबद्धता पनि नेपालले जनाएको छ। यसबाट आवश्यकताअनुसार स्रोत विनियोजन र सम्बन्धित निकायको जवाफदेहिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।

बालबालिकाविरुद्ध हुने हिंसा रोकथाम तथा सम्बोधनका लागि सरकारका तीनै तह र सम्बन्धित क्षेत्रबीच समन्वय बढाउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ। साथै, बाल हेरचाह प्रणालीमा सुधार गर्दै संस्थागत हेरचाहभन्दा परिवारमा आधारित हेरचाहलाई प्राथमिकता दिने र जोखिममा रहेका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने योजना प्रस्तुत गरिएको छ।

मन्त्री बादीले बालविवाह रोकथामका लागि बहुक्षेत्रीय प्रयासलाई तीव्र बनाउने तथा बालविवाहबाट प्रभावित व्यक्तिहरूलाई आवश्यक समग्र सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरिन्।

विद्यालयलाई सुरक्षित र बालमैत्री वातावरणका रूपमा विकास गर्ने लक्ष्यसमेत नेपालले अघि सारेको छ। सन् २०३० सम्म प्रत्येक विद्यालयमा बाल संरक्षणसम्बन्धी मापदण्ड लागू गर्ने, बालमैत्री उजुरी तथा सूचना प्रणाली स्थापना गर्ने र विद्यालयभित्र तथा वरपर हुने हिंसा कम्तीमा ५० प्रतिशतले घटाउने लक्ष्य सम्मेलनमा प्रस्तुत गरिएको छ।

नेपालका यी सात प्रतिबद्धताले बाल संरक्षणलाई कानुनी सुधारमा मात्र सीमित नराखी स्थानीय तहको सेवा प्रवाह, पारिवारिक हेरचाह, बालविवाह नियन्त्रण, विद्यालयको सुरक्षा, तथ्याङ्क व्यवस्थापन र अन्तरसरकारी समन्वयसँग जोडेको छ। सम्मेलनमार्फत नेपालले प्रत्येक बालबालिकाले हिंसामुक्त, सुरक्षित र सम्मानजनक वातावरणमा हुर्कन पाउने अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता अन्तर्राष्ट्रिय समुदायसमक्ष दोहोर्‍याएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दानबहादुर कार्कीलाई तत्काल आईजीपीमा पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार, सरकारसँग मागियो कारण
बुधबार ३ मङ्सिर, २०८३
नेपाल–न्युजिल्यान्ड व्यापारिक साझेदारी बलियो बनाउने नयाँ पहल, दुई संस्थाबीच समझदारी
बुधबार ३ मङ्सिर, २०८३
एक वर्षमै ७ खर्ब ६५ अर्बका नोट नष्ट गर्‍यो राष्ट्र बैंकले
बुधबार ३ मङ्सिर, २०८३
बाल हिंसा अन्त्य गर्न नेपालका सात प्रतिबद्धता अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत
बुधबार ३ मङ्सिर, २०८३
भोटेकोशी बाढीपीडितका लागि सहयोग जुट्दै, राहत कोषमा १८ अर्बभन्दा बढी मौज्दात
बुधबार ३ मङ्सिर, २०८३
हिरासतमा राखिएको भन्दै ओलीको आक्रोश– ‘हामी किरा–फट्याङ्ग्रा हौँ?’
बुधबार ३ मङ्सिर, २०८३
कर्णालीमा पुल निर्माण अलपत्र पार्ने ठेकेदारमाथि कारबाही, दुई आयोजनाको सम्झौता रद्द
बुधबार ३ मङ्सिर, २०८३
एकैदिन सुनको भाउ ६ हजार ३ सय रुपैयाँले सस्तियो
बुधबार ३ मङ्सिर, २०८३
पढाइ र रोजगारीको प्रलोभनमा मानव बेचबिखन, नियन्त्रणका लागि कानुन समयसापेक्ष बनाउन सांसद विकको माग
मङ्गलबार २ मङ्सिर, २०८३
दूधको मूल्य बढाउन चितवनका किसानको एक साताको अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी
मङ्गलबार २ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०