दूधको मूल्य बढाउन चितवनका किसानको एक साताको अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २ मङ्सिर, २०८३
११ घण्टाअघि

चितवनका दुग्ध उत्पादक किसानले दूधको मूल्य पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन्। उत्पादन लागत निरन्तर बढ्दै गए पनि किसानले पाउने दूधको मूल्य लामो समयदेखि स्थिर रहेको भन्दै उनीहरूले प्रतिलिटर ७५ रुपैयाँ कायम गर्न माग गरेका हुन्। माग सम्बोधनका लागि एक साताको समयसीमा दिँदै किसानले त्यस अवधिमा सुनुवाइ नभए सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

खैरहनी नगरपालिका–६ का श्याम रैलाको फार्ममा अहिले १० वटा गाई र चार वटा भैंसी छन्। उनको फार्मबाट दैनिक करिब ६५ लिटर दूध उत्पादन हुन्छ। तर पशु आहारलगायत सामग्रीको मूल्य बढ्दा दूध बिक्रीबाट लागत उठाउनसमेत कठिन भएको उनी बताउँछन्।

Advertisement

रैलाका अनुसार दुई वर्षअघि प्रतिकिलो ३० रुपैयाँ पर्ने ढुटोको मूल्य अहिले ४५ रुपैयाँ पुगेको छ। तीन दिनमै करिब ५० किलो दाना र चोकर खपत हुने भएकाले बढ्दो मूल्यले किसानलाई थप आर्थिक भार परेको छ।

रत्ननगर नगरपालिका–१६ का युवराज थापाको फार्ममा २० वटा गाई छन्। त्यहाँबाट दैनिक करिब ३०० लिटर दूध उत्पादन हुने गरेको छ। तर दाना र चोकरको मूल्य बढ्दा व्यवसाय सञ्चालन गर्न समस्या भइरहेको उनको भनाइ छ। तीन महिनाअघि एक हजार ८०० रुपैयाँ पर्ने दाना चोकरको मूल्य अहिले दुई हजार २०० रुपैयाँ पुगेको उनले बताए। हाल उनले प्रतिलिटर ६० देखि ६३ रुपैयाँसम्ममा दूध बिक्री गरिरहेका छन्। उत्पादन लागत धान्न प्रतिलिटर कम्तीमा ७५ रुपैयाँ हुनुपर्ने उनको माग छ।

यही समस्या समाधानका लागि चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले सोमबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै सरकारको ध्यानाकर्षण गराएको हो। संघका अनुसार किसानले पाउने दूधको मूल्य २०७९ सालदेखि पुनरावलोकन भएको छैन। राष्ट्रिय दुग्ध विकास नीति, २०७८ मा प्रत्येक दुई वर्षमा दूधको मूल्य पुनरावलोकन गर्ने व्यवस्था भए पनि त्यसको कार्यान्वयन हुन नसकेको संघको गुनासो छ।

संघका सचिव कल्याण अधिकारीले दूधको मूल्य बढाउन दसैंअघि नै कृषि तथा पशुपन्छी विकास मन्त्रालय र संघीय संसद्को कृषि समितिमा मागपत्र बुझाइएको जानकारी दिए। तर अहिलेसम्म माग सम्बोधन नभएको उनको भनाइ छ। किसानको समस्या बेवास्ता गरिए सडक आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिएका छन्।

संघका अध्यक्ष किशोर बगालेका अनुसार चार वर्षअघि चिल्लो पदार्थ (फ्याट) ४ प्रतिशत र एसएनएफ ८ प्रतिशत भएको दूधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ निर्धारण गरिएको थियो। यही मूल्य किसानले पाउने अधिकतम मूल्य हो। दूधमा फ्याट र एसएनएफको मात्रा कम भए किसानले त्योभन्दा कम मूल्य पाउने गरेका छन्।

बगालेका अनुसार अहिले दूध उत्पादनको लागत प्रतिलिटर ६० रुपैयाँभन्दा बढी पुगेको छ। चार वर्षअघि प्रतिकिलो २५ रुपैयाँ पर्ने मकैको मूल्य अहिले ५५ रुपैयाँ पुगेको छ भने ३० रुपैयाँ पर्ने ढुटोको मूल्य ४५ रुपैयाँ पुगेको छ। पशु आहारको मूल्य बढिरहँदा दूधको मूल्य भने नबढेको किसानको गुनासो छ।

दूधको मूल्य पुनरावलोकनका लागि राष्ट्रिय दुग्ध विकास बोर्डले तत्काल प्रक्रिया अघि बढाउनुपर्ने किसानको माग छ। बोर्डको अध्ययनका आधारमा सरकारले मूल्य निर्धारण गर्न सक्ने भए पनि सिफारिस प्रक्रियामा ढिलाइ भइरहेको बगालेको आरोप छ।

चितवनमा दैनिक करिब तीन लाख ५५ हजार लिटर दूध उत्पादन हुने गरेको छ। जिल्लामा रहेका ११७ वटा दुग्ध उत्पादक सहकारीमार्फत करिब ४० हजार किसान यस व्यवसायमा संलग्न छन्। यहाँ उत्पादित दूधमध्ये करिब ५५ प्रतिशत काठमाडौं उपत्यकासहित मकवानपुर र कास्कीमा खपत हुने गरेको छ।

बजारमा दूध बिक्री र भुक्तानीको समस्या पहिलेको तुलनामा कम भए पनि उचित मूल्य नपाउँदा किसान निराश छन्। सरकारले एक साताभित्र माग सम्बोधन नगरे दूध सडकमा पोख्ने र गोबर मल सडकमा फाल्नेसम्मका विरोध कार्यक्रम गर्ने किसानले चेतावनी दिएका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पढाइ र रोजगारीको प्रलोभनमा मानव बेचबिखन, नियन्त्रणका लागि कानुन समयसापेक्ष बनाउन सांसद विकको माग

मङ्गलबार २ मङ्सिर, २०८३
१० घण्टाअघि

काठमाडौं उपत्यकामा आजदेखि मासु जाँच ऐन लागू, छाप लागेको मासु मात्र बिक्री गर्न पाइने

मङ्गलबार २ मङ्सिर, २०८३
१२ घण्टाअघि

१२ घण्टासम्म चल्ने दोस्रो शल्यक्रियाको तयारीमा शन्तनु, उपचारमा सरकारी सहयोग नपाएको भुसालको गुनासो

मङ्गलबार २ मङ्सिर, २०८३
१२ घण्टाअघि

डेटिङ एपमा जोडिएको सम्बन्ध विवाहसम्म नपुगेपछि भारत पुगिन् क्यानडाकी ६१ वर्षीया महिला

सोमबार १ मङ्सिर, २०८३
२ दिनअघि

भारत र चीनसँग समानान्तर सम्बन्ध विस्तारमा रास्वपा, पार्टी र सरकारका छुट्टाछुट्टै कूटनीतिक सक्रियता

सोमबार १ मङ्सिर, २०८३
२ दिनअघि

रास्वपाको चीन भ्रमणमा सरकारी खर्च नहुने महामन्त्री आचार्यको दाबी

आईतबार ३० कार्तिक, २०८३
३ दिनअघि
पढाइ र रोजगारीको प्रलोभनमा मानव बेचबिखन, नियन्त्रणका लागि कानुन समयसापेक्ष बनाउन सांसद विकको माग
मङ्गलबार २ मङ्सिर, २०८३
दूधको मूल्य बढाउन चितवनका किसानको एक साताको अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी
मङ्गलबार २ मङ्सिर, २०८३
काठमाडौं उपत्यकामा आजदेखि मासु जाँच ऐन लागू, छाप लागेको मासु मात्र बिक्री गर्न पाइने
मङ्गलबार २ मङ्सिर, २०८३
१२ घण्टासम्म चल्ने दोस्रो शल्यक्रियाको तयारीमा शन्तनु, उपचारमा सरकारी सहयोग नपाएको भुसालको गुनासो
मङ्गलबार २ मङ्सिर, २०८३
विद्युतीय व्यावसायिक विमान निर्माणमा चीनको ठूलो सफलता, पहिलो स्वदेशी विमानको सफल परीक्षण
सोमबार १ मङ्सिर, २०८३
नवलपुरमा यात्रुवाहक बस दुर्घटना, ३३ जना घाइते
सोमबार १ मङ्सिर, २०८३
मुगु भ्यान दुर्घटना : गम्भीर घाइते दुई जनालाई हेलिकप्टरबाट उद्धार गर्ने तयारी
सोमबार १ मङ्सिर, २०८३
कर्णालीमा संरचना, खेलकुद प्रतियोगिता लुम्बिनीमा
सोमबार १ मङ्सिर, २०८३
डेटिङ एपमा जोडिएको सम्बन्ध विवाहसम्म नपुगेपछि भारत पुगिन् क्यानडाकी ६१ वर्षीया महिला
सोमबार १ मङ्सिर, २०८३
भारत र चीनसँग समानान्तर सम्बन्ध विस्तारमा रास्वपा, पार्टी र सरकारका छुट्टाछुट्टै कूटनीतिक सक्रियता
सोमबार १ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०