एक वर्षमै ७ खर्ब ६५ अर्बका नोट नष्ट गर्‍यो राष्ट्र बैंकले

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३ मङ्सिर, २०८३
१७ घण्टाअघि

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका पुराना नोट नष्ट गरेको छ। झुत्रा, मैला, च्यातिएका तथा पुनः चलनचल्तीमा पठाउन नमिल्ने विभिन्न दरका नोट धुल्याएर ब्रिकेट बनाइएको केन्द्रीय बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले सट्टाभर्ना तथा जम्मा गर्न ल्याएका प्रयोग गर्न अयोग्य नोटहरू २०८३ असार मसान्तसम्म नष्ट गरिएको राष्ट्र बैंकले जनाएको हो।

Advertisement

यस अवधिमा बजारमा चलनचल्तीमा रहेको नोटको परिमाण भने बढेको छ। राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तसम्म ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेकामा २०८३ असार मसान्तसम्म ६.०८ प्रतिशतले वृद्धि भएर ८ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ।

केन्द्रीय बैंकले बैंकनोटको सुरक्षण विशेषता र प्राविधिक गुणस्तरलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिमार्जन गर्दै लगेको जनाएको छ। नोटको डिजाइन, छपाइ तथा आपूर्तिका लागि ६ वटा अन्तर्राष्ट्रिय सेक्युरिटी प्रिन्टर्स कम्पनीलाई पूर्वयोग्यता सूचीमा समेत समावेश गरिएको छ।

गत आर्थिक वर्षमा विभिन्न दरका नयाँ नोट छपाइ तथा आपूर्तिको प्रक्रिया पनि अघि बढाइएको थियो। पाँच रुपैयाँ दरका ३५ करोड थान नोट करारअनुसार आपूर्ति भई ढुकुटीमा राखिएका छन्। त्यस्तै, १० रुपैयाँ दरका ३४ करोड थान नोटमध्ये २३ करोड थान आपूर्ति भइसकेका छन्।

त्यसैगरी, १०० रुपैयाँ दरका ३० करोड थान नोटमध्ये २१ करोड थान र ५०० रुपैयाँ दरका २३ करोड थान नोटमध्ये १२ करोड थान आपूर्ति भई राष्ट्र बैंकको ढुकुटीमा सुरक्षित राखिएको छ।

यसका अतिरिक्त ५० रुपैयाँ दरका ४२ करोड थान र एक हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाइ तथा आपूर्तिका लागि करार सम्झौता गरिएको केन्द्रीय बैंकले जनाएको छ।

राष्ट्र बैंकसँग २०८३ असार मसान्तसम्म विभिन्न दरका ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार रुपैयाँ बराबरका नयाँ नोट मौज्दात रहेका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो मौज्दात ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रुपैयाँ बराबर थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

दानबहादुर कार्कीलाई तत्काल आईजीपीमा पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार, सरकारसँग मागियो कारण

बुधबार ३ मङ्सिर, २०८३
१६ घण्टाअघि

नेपाल–न्युजिल्यान्ड व्यापारिक साझेदारी बलियो बनाउने नयाँ पहल, दुई संस्थाबीच समझदारी

बुधबार ३ मङ्सिर, २०८३
१६ घण्टाअघि

भोटेकोशी बाढीपीडितका लागि सहयोग जुट्दै, राहत कोषमा १८ अर्बभन्दा बढी मौज्दात

बुधबार ३ मङ्सिर, २०८३
१७ घण्टाअघि

कर्णालीमा पुल निर्माण अलपत्र पार्ने ठेकेदारमाथि कारबाही, दुई आयोजनाको सम्झौता रद्द

बुधबार ३ मङ्सिर, २०८३
२० घण्टाअघि

एकैदिन सुनको भाउ ६ हजार ३ सय रुपैयाँले सस्तियो

बुधबार ३ मङ्सिर, २०८३
२० घण्टाअघि

पढाइ र रोजगारीको प्रलोभनमा मानव बेचबिखन, नियन्त्रणका लागि कानुन समयसापेक्ष बनाउन सांसद विकको माग

मङ्गलबार २ मङ्सिर, २०८३
२ दिनअघि
दानबहादुर कार्कीलाई तत्काल आईजीपीमा पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार, सरकारसँग मागियो कारण
बुधबार ३ मङ्सिर, २०८३
नेपाल–न्युजिल्यान्ड व्यापारिक साझेदारी बलियो बनाउने नयाँ पहल, दुई संस्थाबीच समझदारी
बुधबार ३ मङ्सिर, २०८३
एक वर्षमै ७ खर्ब ६५ अर्बका नोट नष्ट गर्‍यो राष्ट्र बैंकले
बुधबार ३ मङ्सिर, २०८३
बाल हिंसा अन्त्य गर्न नेपालका सात प्रतिबद्धता अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत
बुधबार ३ मङ्सिर, २०८३
भोटेकोशी बाढीपीडितका लागि सहयोग जुट्दै, राहत कोषमा १८ अर्बभन्दा बढी मौज्दात
बुधबार ३ मङ्सिर, २०८३
हिरासतमा राखिएको भन्दै ओलीको आक्रोश– ‘हामी किरा–फट्याङ्ग्रा हौँ?’
बुधबार ३ मङ्सिर, २०८३
कर्णालीमा पुल निर्माण अलपत्र पार्ने ठेकेदारमाथि कारबाही, दुई आयोजनाको सम्झौता रद्द
बुधबार ३ मङ्सिर, २०८३
एकैदिन सुनको भाउ ६ हजार ३ सय रुपैयाँले सस्तियो
बुधबार ३ मङ्सिर, २०८३
पढाइ र रोजगारीको प्रलोभनमा मानव बेचबिखन, नियन्त्रणका लागि कानुन समयसापेक्ष बनाउन सांसद विकको माग
मङ्गलबार २ मङ्सिर, २०८३
दूधको मूल्य बढाउन चितवनका किसानको एक साताको अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने चेतावनी
मङ्गलबार २ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०