काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरण सकिएसँगै अन्तिम १६ मा पुग्ने टोलीहरूको टुंगो लागेको छ। समूह चरणका अन्तिम खेलमा इंग्ल्यान्ड, बेल्जियम, अमेरिका, स्पेन, पोर्चुगल, स्विट्जरल्यान्ड, इजिप्ट, अर्जेन्टिना र कोलम्बियाले जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्।
इंग्ल्यान्डले कङ्गोलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश गर्दा बेल्जियमले सेनेगलमाथि जित दर्ता गर्यो। अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई हराउँदै उसको चुनौती समाप्त पार्यो।
त्यसैगरी स्पेनले अस्ट्रियालाई, पोर्चुगलले क्रोएसियालाई तथा स्विट्जरल्यान्डले अल्जेरियालाई हराएर अन्तिम १६ मा स्थान बनाए। इजिप्टले अस्ट्रेलियालाई टाइब्रेकरमा पराजित गर्दै नकआउट चरणमा प्रवेश गर्दा अर्जेन्टिनाले केप भर्डेलाई र कोलम्बियाले घानालाई हराउँदै आफ्नो यात्रा अघि बढाएका हुन्।
अब प्रतियोगिताको अन्तिम १६ अन्तर्गत पहिलो खेल आज राति क्यानडा र मोरक्कोबीच हुनेछ। उक्त खेल नेपाली समयअनुसार राति १०:४५ बजे सुरु हुनेछ।
यस्तै, पाराग्वे र फ्रान्सबीचको खेल भोलि बिहान २:४५ बजे हुनेछ।
सोमबार बिहान ब्राजिल र नर्वे तथा मेक्सिको र इंग्ल्यान्ड आमनेसामने हुनेछन्।
मंगलबार बिहान विश्व फुटबलका दुई शक्तिशाली टोली पोर्चुगल र स्पेन भिड्नेछन् भने सोही दिन अमेरिका र बेल्जियम बीच प्रतिस्पर्धा हुनेछ।
त्यसपछि मंगलबार राति अर्जेन्टिना र इजिप्ट तथा बुधबार बिहान स्विट्जरल्यान्ड र कोलम्बिया बीच अन्तिम १६ को अन्तिम खेलहरू हुनेछन्।