काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ। सरकारले राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो।
२०६२/०६३ देखि ०८२/०८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण तथा छानबिन गर्न उक्त आयोग गठन गरिएको जनाइएको छ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आयोगका अन्य सदस्यहरूमा पुरुषोत्तम पराजुली, चण्डिराज ढकाल, गणेश केसीतथा प्रकाश लम्साल रहेका छन्।
आयोगले निर्दिष्ट अवधिभित्र सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरी प्रतिवेदन सरकारलाई बुझाउनेछ।