चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १३ असोज, २०८३
१ घण्टाअघि

काठमाडौं । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जेनजी समूहबाट नभई अपरिचित समूहबाट सुरक्षा थ्रेट आएको स्पष्टीकरण दिएको छ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जबरालाई फोन तथा टेक्स्टमार्फत अपरिचित समूहबाट धम्की आएको बताए।

Advertisement

उनका अनुसार सुरक्षा थ्रेट आएपछि सरकारले जबरालाई सुरक्षित स्थानमा राखेको हो।

‘कहिँबाट पनि सरकारबाट वा प्रहरीबाट जेनजीबाट सुरक्षा थ्रेट भएको भनिएको छैन। त्यो मिडियामा आएको कुरा हो,’ प्रवक्ता पोखरेलले भने, ‘जेनजीबाट त्यो थ्रेट आएको होइन, अपरिचित समूहबाट आएको कुरा उहाँलाई फोनमा टेक्स्टमार्फत नै आइसकेपछि सुरक्षित स्थानमा लगिएको हो।’

जबरालाई सुरक्षित स्थानमा लगिसकेपछि पनि थप सुरक्षा थ्रेट आएको जानकारी परिवारबाट प्राप्त भएको पोखरेलले बताए।

‘सुरुमै थ्रेटहरू आइसकेको थियो। थ्रेट आएपछि उहाँलाई सुरक्षित स्थानतर्फ लगियो। त्यसपछि पनि अझै सुरक्षा थ्रेट भएको छ भन्ने कुरा परिवारबाट आएको हो,’ उनले भने।

सरकारले जबरालाई जेनजी समूहबाट सुरक्षा खतरा रहेको भन्दै सुरक्षित स्थानमा लगिएको भन्ने सार्वजनिक चर्चाको खण्डन गर्दै थ्रेटको स्रोत अपरिचित समूह रहेको स्पष्ट पारेको हो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०