संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १० असोज, २०८३
३ हप्ताअघि

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर शनिबार स्वदेश फर्किएका छन्।

१४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार उनी असोज १० गते स्वदेश फर्किने तालिका थियो।

Advertisement

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका थिए। महासभामा सम्बोधन गर्नुअघि भएको भेटमा नेपालको पछिल्लो विपद्, जलवायु परिवर्तन तथा नेपालका प्राथमिकताका विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री शाहले असोज ९ गते शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रलाई नेपालको तर्फबाट सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले नेपालले भोगिरहेको जलवायुजन्य विपद्, भोटेकोशी–त्रिशूली बाढीबाट भएको क्षति तथा जलवायु न्यायको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाएका थिए।

प्रधानमन्त्री शाहले जलवायु संकट सिर्जना गर्न नेपालको योगदान न्यून भए पनि त्यसको असर नेपालले ठूलो रूपमा भोगिरहेको उल्लेख गर्दै हिमाली क्षेत्रमा बढ्दो जोखिमप्रति विश्व समुदायको ध्यानाकर्षण गराएका थिए। उनले बाढी, पहिरो र हिमनदी पग्लिने क्रमले नेपालसँगै हिमाली क्षेत्रका अन्य मुलुकमा समेत जोखिम बढाइरहेको बताएका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री शाह न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक कार्यक्रममा समेत सहभागी भएका थिए। महासभामा सहभागी भएपछि उनी न्युयोर्कबाट दोहा हुँदै काठमाडौं फर्किएका हुन्।

प्रधानमन्त्रीको भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालसहित उच्च सरकारी अधिकारीहरू पनि संयुक्त राष्ट्रसंघको महासभाका विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागी भएका थिए।

प्रधानमन्त्री शाहको भ्रमणबारे परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङमार्फत थप जानकारी दिने तयारी गरेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०