विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा ईस्टर्न क्रिटिकल केयर कन्क्लेभ (2.0)” हुँदै

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २१ कार्तिक, २०८२
१२ महिनाअघि

विराटनगर । मोरङको बुढीगंगा–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल, विराट नर्सिङ होम र विराट मेडिकल सेमुलेसन फाउन्डेसनको संयुक्त आयोजनामा ईस्टर्न क्रिटिकल केयर कन्क्लेभ (E3C)2.0″ हुने भएको छ।

इटहरीको सोल्टी होटलमा कात्तिक २१ र २२ गते आयोजना हुने उक्त कन्क्लेभको औपचारिक उद्घाटन कात्तिक २१ गते बेलुका विराटनगरको ड्रिम गार्डेनमा हुनेछ। विराट मेडिकल कलेज टिचिङ हस्पिटलका अध्यक्ष प्रो.डा. ज्ञानेन्द्रमानसिंह कार्कीले उद्घाटन गर्ने छन् ।

Advertisement

आईसीयू भविष्यलाई आकार दिँदैः नयाँ पुस्तालाई सशक्तिकरण गर्दै भन्ने मूल नारासहित आयोजना हुन लागेको यस कार्यक्रमको मुख्य उद्देश्य पूर्वाञ्चलमा क्रिटिकल केयर सम्बन्धी उपचार क्षेत्रमा कार्यरत चिकित्सक, नर्स र पाराटेडिक्सको कार्य दक्षता बढाउनुका साथै नवीनतम ज्ञान र सीप प्रदान गर्नु रहेको आयोजकले जनाएको छ।

दुई दिने सम्मेलन सुरु हुनुभन्दा एक दिनअघि अर्थात् कात्तिक २० गते विराट मेडिकलको सभा हलमा तीनवटा कार्यगोष्ठी आयोजना गरिनेछ। पोइन्ट अफ केयर अल्ट्रासाउन्ड, होमो फर फ्युजन र मेकानिकल भेन्टिलेसन फर नर्सेज विषयमा कार्यगोष्ठी सञ्चालन हुने बताइएको छ।

कार्यक्रममा नेपालभित्रका मात्र नभई छिमेकी राष्ट्र भारत, बंगलादेश र श्रीलंकाका क्रिटिकल केयर क्षेत्रका विशेषज्ञ चिकित्सक र नर्सिङ क्षेत्रका विशेषज्ञहरूले प्रशिक्षण गर्नुहुनेछ।

कन्क्लेभमा विभिन्न कार्यशाला, अन्तर्राष्ट्रिय र राष्ट्रिय विशेषज्ञहरूबाट मुख्य व्याख्यान,आफ्नो अनुभव,सोधपत्र प्रस्तुत, प्यानल छलफल तथा आईसीयूका चुनौतीपूर्ण विषयमा बहस सत्र आयोजना गरिने आयोजकले जानकारी दिएको छ।

युवा अनुसन्धानकर्ताहरूले आफ्ना शोधपत्र र पोस्टर प्रस्तुत गर्न सक्नेछन्। यस्तै, प्रायोगिक सीप विकासका लागि कार्यशाला र नयाँ पुस्ताका आईसीयू प्रविधि प्रदर्शन गर्ने प्रदर्शनी पनि आयोजना गरिनेछ।

यस कन्क्लेभमा गहन उपचार विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट, क्रिटिकल केयरमा संलग्न चिकित्सक, नर्स र पाराटेडिक्स क्षेत्रका ४०० जनाभन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। कार्यक्रमको अध्यक्षता प्रो.डा. ज्ञानेन्द्रमानसिंह कार्कीले गर्ने छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
६ दिनअघि

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा जोड्न सरकारको तयारी

बुधबार २८ असोज, २०८३
१ हप्ताअघि

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
२ हप्ताअघि

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
४ हप्ताअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ महिनाअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
१ महिनाअघि
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०