विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा ईस्टर्न क्रिटिकल केयर कन्क्लेभ (2.0)” हुँदै

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २१ कार्तिक, २०८२
१० महिनाअघि

विराटनगर । मोरङको बुढीगंगा–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल, विराट नर्सिङ होम र विराट मेडिकल सेमुलेसन फाउन्डेसनको संयुक्त आयोजनामा ईस्टर्न क्रिटिकल केयर कन्क्लेभ (E3C)2.0″ हुने भएको छ।

इटहरीको सोल्टी होटलमा कात्तिक २१ र २२ गते आयोजना हुने उक्त कन्क्लेभको औपचारिक उद्घाटन कात्तिक २१ गते बेलुका विराटनगरको ड्रिम गार्डेनमा हुनेछ। विराट मेडिकल कलेज टिचिङ हस्पिटलका अध्यक्ष प्रो.डा. ज्ञानेन्द्रमानसिंह कार्कीले उद्घाटन गर्ने छन् ।

आईसीयू भविष्यलाई आकार दिँदैः नयाँ पुस्तालाई सशक्तिकरण गर्दै भन्ने मूल नारासहित आयोजना हुन लागेको यस कार्यक्रमको मुख्य उद्देश्य पूर्वाञ्चलमा क्रिटिकल केयर सम्बन्धी उपचार क्षेत्रमा कार्यरत चिकित्सक, नर्स र पाराटेडिक्सको कार्य दक्षता बढाउनुका साथै नवीनतम ज्ञान र सीप प्रदान गर्नु रहेको आयोजकले जनाएको छ।

दुई दिने सम्मेलन सुरु हुनुभन्दा एक दिनअघि अर्थात् कात्तिक २० गते विराट मेडिकलको सभा हलमा तीनवटा कार्यगोष्ठी आयोजना गरिनेछ। पोइन्ट अफ केयर अल्ट्रासाउन्ड, होमो फर फ्युजन र मेकानिकल भेन्टिलेसन फर नर्सेज विषयमा कार्यगोष्ठी सञ्चालन हुने बताइएको छ।

कार्यक्रममा नेपालभित्रका मात्र नभई छिमेकी राष्ट्र भारत, बंगलादेश र श्रीलंकाका क्रिटिकल केयर क्षेत्रका विशेषज्ञ चिकित्सक र नर्सिङ क्षेत्रका विशेषज्ञहरूले प्रशिक्षण गर्नुहुनेछ।

कन्क्लेभमा विभिन्न कार्यशाला, अन्तर्राष्ट्रिय र राष्ट्रिय विशेषज्ञहरूबाट मुख्य व्याख्यान,आफ्नो अनुभव,सोधपत्र प्रस्तुत, प्यानल छलफल तथा आईसीयूका चुनौतीपूर्ण विषयमा बहस सत्र आयोजना गरिने आयोजकले जानकारी दिएको छ।

युवा अनुसन्धानकर्ताहरूले आफ्ना शोधपत्र र पोस्टर प्रस्तुत गर्न सक्नेछन्। यस्तै, प्रायोगिक सीप विकासका लागि कार्यशाला र नयाँ पुस्ताका आईसीयू प्रविधि प्रदर्शन गर्ने प्रदर्शनी पनि आयोजना गरिनेछ।

यस कन्क्लेभमा गहन उपचार विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट, क्रिटिकल केयरमा संलग्न चिकित्सक, नर्स र पाराटेडिक्स क्षेत्रका ४०० जनाभन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। कार्यक्रमको अध्यक्षता प्रो.डा. ज्ञानेन्द्रमानसिंह कार्कीले गर्ने छन् ।

प्रकाशित समय: बिहिबार २१ कार्तिक, २०८२, ११:४१:५८

सम्बन्धित खबर

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
२ हप्ताअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि

गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय

मङ्गलबार २३ असार, २०८३
२ महिनाअघि

गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक

सोमबार २२ असार, २०८३
२ महिनाअघि
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०