मन्त्रीलाई अगाडि राखेर सदस्य सचिवले असन्तुष्टि प्रकट गरे

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २० असार, २०८२
१ वर्षअघि

विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत(पर्शुराम)ले कोशी प्रदेश सरकारको आर्थिक वर्ष ०८२/८३ मा सामाजिक विकास मन्त्रालयले खेलकुद बोर्डलाई न्यून बजेट विनियोजन गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

विराटनगरमा शुक्रबार बोर्डले आयोजना गरेको खेलकुद सरोकारवाला, निजी क्षेत्र र स्थानीय तहसँग अन्तरक्रिया र छलफल कार्यक्रममा बोल्दै बस्नेतले सङ्घीय सरकारले आफ्नो बजेट मार्फत खेलकुद क्षेत्रलाई उत्साहित बनाउने प्रयास गरे पनि सामाजिक विकास मन्त्रालयको तर्फबाट उक्त लय बिथोल्ने प्रयास भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

Advertisement

बस्नेतले खेलकुद क्षेत्रमा बजेट अपर्याप्त भएको बेला मन्त्रालयले बजेट कम गर्ने निर्णयले सम्पूर्ण खेलक्षेत्र र खेलकुदकर्मीहरू निराश भएको धारणा राख्नु भएको थियो ।

बस्नेतले अन्तरक्रियामा उपस्थित सामाजिक विकास मन्त्री पाँचकर्ण राई र आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरलाई हाल बोर्डलाई विनियोजित अपर्याप्त राखेकोले मिल्ने हदसम्म पहल गरेर रकम थप गर्दिन अनुरोध गरे ।

उनले अन्तरक्रिया कार्यक्रममा निजी क्षेत्रलाई खेलकुद क्षेत्रको साझेदारको रूपमा बोर्डले ग्रहण गरेको भन्दै निजी क्षेत्रलाई प्रदेश मातहतको जिल्ला खेलकुद विकास समितिमा दर्ता भएका, आर्थिक विवरण अद्यावधिक र नवीकरण गरेका खेलकुद संस्था मार्फत मात्रै खेल क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरले कोशी प्रदेशमा साहसिक खेलकुद पर्यटनको आधार निर्माण गर्न गरि कार्य गर्नु पर्ने बताउनु भएको थियो। मन्त्री मगरले प्रदेशमा खेलको प्राथिमिकताकरण गरेर अघि बढ्ने योजना रहेको जानकारी दिए ।

त्यस्तै, बोर्डका अध्यक्ष तथा सामाजिक विकास मन्त्री पाँचकर्ण राईले आफूले खेलकुद क्षेत्रको बजेट बढाउन मुख्यमन्त्री तथा आर्थिक मामिला मन्त्रीलाई आग्रह गर्दा समेत स्रोतको सीमितताको कारण खेलकुद क्षेत्रको बजेटमा न्यून बजेट परेको बताए ।

मन्त्री राईले मन्त्रालयको बजेटको सिलिङ्ग प्रदेशका केही पालिकाको बजेट भन्दा थोरै रहेको र कार्यक्षेत्र धेरै भएकोले बजेट कम भएको धारणा राखेका थिए ।

उनले खेलकुद क्षेत्रलाई गतिशील बनाउन सङ्घीय, प्रदेश र स्थानीय तहबिच समन्वय र सहकार्य गरेर अघि बढ्ने जानकारी दिए ।

दुई दिन सम्म चल्ने अन्तरक्रिया कार्यक्रममा पहिलो दिन निजी क्षेत्रका अगुवाहरूले खेलकुद क्षेत्र र निजी क्षेत्रको मिलनबिन्दुको चर्चा गर्नु भएको थियो भने पालिका प्रमुख र केही खेल संघका प्रमुखहरू विषय सम्बन्धित धारणा राख्नु भएको बोर्डका कार्यालय प्रमुख कालिदास भट्टराईले जानकारी दिए ।

छलफल तथा अन्तरक्रिया कार्यक्रम भोलि सम्पन्न हुनेछ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

आईतबार २१ असार, २०८३
१७ घण्टाअघि

विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन टिमको प्रतिस्पर्धा को सँग ?

शनिवार २० असार, २०८३
२ दिनअघि

रोनाल्डो र रामोसको गोलमा पोर्चुगल अन्तिम १६ मा, अब स्पेनसँग भिड्ने

शुक्रबार १९ असार, २०८३
३ दिनअघि

एम्बाप्पेको कीर्तिमानी दुई गोलमा फ्रान्सको जित, प्रि–क्वार्टरफाइनलमा पाराग्वेसँग भिड्ने

बुधबार १७ असार, २०८३
५ दिनअघि

अन्तिम १६ मा नर्वेको भेट ब्राजिलसँग

बुधबार १७ असार, २०८३
५ दिनअघि

पेनाल्टीमा अभागी बन्यो चार पटकको वर्ल्ड च्याम्पियन जर्मनी, पराग्वे अन्तिम १६ मा

मङ्गलबार १६ असार, २०८३
६ दिनअघि
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ४२ कामको सूची
आईतबार २१ असार, २०८३
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
आईतबार २१ असार, २०८३
प्रधानमन्त्री मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै
आईतबार २१ असार, २०८३
मापसे नियन्त्रण अभियान प्रभावकारी, तर सडक सुरक्षामा अझै चुनौती
आईतबार २१ असार, २०८३
आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
आईतबार २१ असार, २०८३
‘प्रणाली सुधार्ने खालको मौद्रिक नीति ल्याउन आवश्यक छ’
आईतबार २१ असार, २०८३
इजरायली प्रधानमन्त्री नेतन्याहु अमेरिका भ्रमणमा जाने
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०