सीप उत्सवको अडिसन आजदेखि, विराटनगरमा हुने छ फाइनल स्पर्धा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २२ ब‌ैशाख, २०८२
१२ महिनाअघि

विराटनगर । कोशी प्रदेशका प्राविधिक शिक्षालयहरूबीच सीप प्रदर्शनी र प्रतिस्पर्धाको आयोजना हुँदै छ ।

“सीप उत्सव २०८२” नामक यस आयोजनामा विद्यार्थीहरूले आफ्ना सीप प्रदर्शन गर्नुका साथै क्यारियर परामर्श पाउने अवसर समेत रहनेछ ।

यस कार्यक्रमको आयोजकको रूपमा कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, उद्योग संगठन मोरङ, इन्सोर-हेल्वेटास रहेको छ ।

यस उत्सवमा हाल सात शिक्षालयका विद्यार्थीहरूले आन्तरिक प्रतिस्पर्धा गर्ने छन् भने विजेता-उपविजेताहरूले अन्तिम चरणको प्रतिस्पर्धा भने विराटनगरस्थित उद्योग संगठन मोरङको सभाहलमा हुनेछ ।

प्रतिस्पर्धाहरू २०८१ बैशाख २२ देखि ३० गतेसम्म विभिन्न शिक्षालयहरूमा आयोजना हुनेछन् ।

होटल व्यवस्थापन तर्फ प्रतिस्पर्धा भने नरबहादुर बहुप्राविधिक शिक्षालय, इटहरीमा सोमबार (आज) हुनेछ ।

यसैगरी, सूचना प्रविधि र अटो मोबाइल इन्जिनियरिङ मनमोहन स्मृति पोलिटेक्निक, बुढीगंगामा वैशाख २३ गते हुने छ भने सूचना प्रविधितर्फ शैलजा आचार्य पोलिटेक्निक, जहदामा २४ गते हुने छ ।

सूचना प्रविधितर्फ कन्काई पोलिटेक्निक, कन्काईमा २५ गते, सूचना प्रविधिमै वैशाख २६ मा पुष्प धिरेन्द्र प्रतिष्ठान, दमकमा, सूचना प्रविधिमै वैशाख २८ गते आदर्श माध्यमिक विद्यालय, विराटनगरमा र होटल व्यवस्थापनमा वैशाख ३० गते नरबहादुर कर्माचार्य स्मृति प्रतिस्ठान, बिर्तामोडमा हुने छ ।

विद्यालयस्तरीय प्रतिस्पर्धाबाट छानिएका दुई-दुई विजेता विद्यार्थीहरूले प्रदेशस्तरीय फाइनल प्रतिस्पर्धामा भाग लिनेछन् ।

सीप उत्सवमा विभिन्न क्षेत्रका विशेषज्ञहरूले प्रत्यक्ष तालिम प्रदान गर्नेछन् । कार्यक्रममा १००० भन्दा बढी युवाहरूले वृत्ति परामर्श, सीप अवलोकन तथा सीप अनुभव गर्ने अवसर पाउनेछन् ।

कार्यक्रममा आई.टी., इसिडिएफ र इलेक्ट्रिकल विषयमा प्रत्यक्ष तालिम, शिक्षालयस्तरीय सीप प्रतिस्पर्धाको फाइनल, वृत्ति परामर्श र सफलताको कथाहरू समेटिएका छन् ।

यस कार्यक्रमलाई सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, क्यान महासंघ मोरङ, हान र नाडाले सहयोग गर्दैछन् ।

विद्यार्थीहरूलाई प्राविधिक ज्ञान र सीप प्रदर्शन गर्ने अवसरका साथै करिअर निर्माणमा सहयोग पुग्ने यस कार्यक्रमले कोशी प्रदेशको प्राविधिक शिक्षामा नयाँ आयाम थप्ने विश्वास आयोजकको छ ।

प्रकाशित समय: सोमबार २२ ब‌ैशाख, २०८२, ०६:०५:५४
डोजर अभियानको असर पोखरामा: सुकुम्वासी सडकमा, ‘विकल्प बिना हट्दैनौं’
सोमबार २१ ब‌ैशाख, २०८३
भारतले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने यात्रा खुला गरेको विरोधमा काठमाडौंमा प्रदर्शन
सोमबार २१ ब‌ैशाख, २०८३
दलित संघका अध्यक्ष विश्वकर्माको राजीनामा, स्वास्थ्य र पारिवारिक कारण देखाए
सोमबार २१ ब‌ैशाख, २०८३
मुख्यमन्त्री बानियाँको घर–कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
सोमबार २१ ब‌ैशाख, २०८३
फिलिपिन्सको समर टापुमा ६.० म्याग्निच्युडको भूकम्प, स्थानीयमा त्रास
सोमबार २१ ब‌ैशाख, २०८३
सरकारले भारतसँग जिटुजीमार्फत रासायनिक मल किन्ने
सोमबार २१ ब‌ैशाख, २०८३
राष्ट्रपतिबाट फिर्ता अध्यादेश फेरि जस्ताको तस्तै शीतल निवास पठाईयो
सोमबार २१ ब‌ैशाख, २०८३
होल्डिङ सेन्टरमा सुकुमवासीको अवस्था अनुगमन गर्न संसदीय समितिमा माग
सोमबार २१ ब‌ैशाख, २०८३
चाबहिलको साततले क्षेत्रमा पनि डोजर, अनधिकृत संरचना भत्काइँदै
सोमबार २१ ब‌ैशाख, २०८३
दलका प्रमुख सचेतकहरूसँग सभामुख अर्यालको छलफल आज
सोमबार २१ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०