लघुकथा : घराना

-ऋषि तिवारी
बुधबार १२ चैत, २०८१
२ वर्षअघि

‘बाबा रमिताको घरमा ट्युसन पढाउने सर आउनुहुन्छ, म पनि उतै पढ्न जान्छु है ।’

छोरोले भनेको थियो यसरी मलाई, छोरीले पनि उसरी नै भाइको साथ-साथ भनिन्, ‘हो बाबा । हामी रमिताको घरमा दिदी-भाइ पढ्न जाने । सरसँग कुरो गर्नु है ।’

Advertisement

छोराछोरीको पढ्ने-लेख्ने चाहानामा किन खुट्टा अल्झाइदिनु भन्दै रमिताको घर पुग्ने विचार लिँदै थिएँ ।

रमिताको बाबा-ममी अलिक घमण्ड-स्वार्थझैं लाग्दथ्यो मलाई । तर मेरो मन मष्तिकले सोचेको थियो ।

सोचेभन्दा फरक थियो । उनीहरूकी एउटी छोरी । चनचले छोरी । बाटामा जे आएपनि किनेर खाने स्वाभावकी थिइन् ।

उनी बाटोमा किन्न निस्किँदा उनीजस्तै छिमेकी साथीहरू पनि निस्किन्थें ।

कोही किन्थे, कोही टुलुटुलु हेर्थे । ती छिमेकी केटाकेटीहरू पैसावालका छोराछोरी थिएनन् ।

उनीहरू विवश अभिभावका अन्जान छोराछोरी थिए ।

रमिताको घर पुगें । मास्टर पनि पढाउन आइसकेका रहेछन् ।

उनको ममी-बाबालाई देखेर नमस्कार फर्काएँ । साथमा मास्टरलाई पनि नमस्काररूपी अभिवादन गरें ।

छिमेकी दाइ-भाउजु हुन् । म पहिलोपल्ट रमिताको घर प्रवेश गरेको थिएँ ।

भाउजुले भन्नु भएको थियो, ‘बाबु के कामले आउनु भएको थियो कुन्नि ?’

मैंले जवाफ दिएको थिएँ, मेरो छोरो विकास र छोरी रन्जु पनि ट्युसन पढ्छु भन्छन्, के गर्नु पढाउनु पर्‍यो, लेख्न सिकाउनु पर्‍यो ।’

भाउजु भन्नुहुन्थ्यो, ‘हुन्छ नि बाबु पठाइदिनू, भोलिदेखि । हजुरको छोराछोरीसँग मेरो छोरी पनि सँगै पढ्छे । म मास्टरसँग कुरो गर्दिन्छु ।’

यति भनेपछि मन ढुक्क भो । मैंले सोचेको भन्दा फरक पाएँ रमिताका बाबा ममी । अलिक इज्जत गर्ने खालको हुनुहुँदो रहेछ ।

‘बाबु चिया खाएर जानुस् हैं ।’ म भन्थें- ‘हवस भाउजु भो । ऊ हेर्नुस त मेरी पत्नीले चिया पकाइसकेर छतमा हातमा चियाको गिलास लिएर मलाई पर्खिरहेकी छे ।’

म घरको बाटो सोझिएँ ।

छोराछोरी भन्न थालें- ‘बाबा कुरो गरिस्यो ?’ मैंले भनें- ‘बाबु कुरो त गरे, तर हामी उनीहरूभन्दा जे कुरोमा पनि कमी छौं । ठुला घरानाका हुन् । ठुलो बाबा, ठुलो ममी र रमितालाई बहिनी भन्नु है । तिमीहरूले पढ्दै-लेख्तै गर्दा इज्जत कसरी गर्नुपर्छ त्यो पनि सिके वेश हुन्छ नि !’

बीचमै छोरोले कुरो काट्यो, ‘बाबा घराना भनेको के हो ?’

● ●
विराटनगर-६, ममता-मार्ग ।
मितिः २०७६|१२|२९

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु
आईतबार १६ कार्तिक, २०८३
अर्नब चक्रवातको प्रभाव हट्दै, अब मौसम घमाइलो हुने
आईतबार १६ कार्तिक, २०८३
सामान्य प्रशासन मन्त्री रावल झापा जाँदै
आईतबार १६ कार्तिक, २०८३
देशमा अस्थिरता थेग्ने अवस्था नरहेको बाबुराम भट्टराईको टिप्पणी
आईतबार १६ कार्तिक, २०८३
उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा
आईतबार १६ कार्तिक, २०८३
इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा
आईतबार १६ कार्तिक, २०८३
रोशीको बाढीले बीपी राजमार्गमा ठूलो क्षति, सञ्चालनमा आउन अझै समय लाग्ने
आईतबार १६ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
शनिवार १५ कार्तिक, २०८३
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०